2021 Christian Song | परमेश्‍वरको देखा पर्ने घटना सीमांकन गर्न आफ्ना कल्पनामा भर नपर्

6 अगस्ट 2021

परमेश्‍वर देखा पर्नुको उद्देश्य भनेको कुनै स्वरूप वा राष्ट्रको अवरोधहरूबाट स्वतन्त्र भई

उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो।

यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो:

उहाँको उद्देश्य सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो।

तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्‍वास गर्थे,

र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने।

तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बन्यो,

र अन्ततः यसले इस्राएललाई विनाशतर्फ डोर्यायो।

आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्।

तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्,

तैपनि फेरि उही समयमा परमेश्‍वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्;

तिनीहरूको “असम्भव” विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुहुने कुरालाई

तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ।

जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ,

र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ।

केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ,

र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछ।

धेरैले परमेश्वरको वचनहरू फेला पार्दा हाँसे।

तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्‍वरनिन्दा भन्दा फरक छ र?

तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं,

तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्।

तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो।

यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ?

के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ?

यदि तँले परमेश्‍वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने,

कुन तरिकामा तँ परमेश्‍वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्?

जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ,

र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ।

केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ,

र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्