Nepali Christian Song | परमेश्वरले साँच्चै उहाँको तृष्णा गर्नेहरूलाई त्याग्नुहुनेछैन
23 मार्च 2026
१
यदि मानिसहरू आफ्ना विलासी चाहनाहरू साँच्चै त्याग्न र परमेश्वरतिर फर्कन सक्छन् भने, तिनीहरूसँग अझै पनि मुक्ति प्राप्त गर्ने मौका हुन्छ; यदि मानिससँग साँच्चै परमेश्वरको तृष्णा गर्ने हृदय छ भने, ऊ परमेश्वरद्वारा त्यागिनेछैन। परमेश्वरसँग दैहिक भावना भएकाले, वा परमेश्वर मानिसद्वारा प्राप्त गरिन इच्छुक नहुनुभएकाले, मानिस परमेश्वरलाई प्राप्त गर्न असफल हुने होइन, बरु मानिसले नै परमेश्वरलाई प्राप्त गर्न नचाहेकाले, र ऊसँग परमेश्वरलाई आतुरीसाथ खोजी गर्ने हृदय नभएका कारण त्यस्तो हुन्छ। परमेश्वरको साँच्चै खोजी गर्नेहरूमध्येको व्यक्तिलाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? स्वस्थ समझ र संवेदनशील विवेक भएकोमध्ये कसैलाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? परमेश्वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिन सक्छ? परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति कसरी परमेश्वरको घरबाट निकालिन सक्छ? परमेश्वरलाई कहिल्यै पर्याप्त प्रेम गर्न सक्दिनँ भनी महसुस गर्ने व्यक्ति कसरी परमेश्वरको दण्डमा जिउन सक्छ? परमेश्वरका निम्ति सबै थोक त्याग्न इच्छुक व्यक्तिसँग कसरी अन्तमा केही पनि नहुन सक्छ?
२
मानिस परमेश्वरलाई पछ्याउन वा परमेश्वरलाई आफ्नो जीवनभरको मेहन अर्पण गर्न अनिच्छुक छ, बरु, ऊ के भन्छ भने, परमेश्वरले अति गर्नुभएको छ, परमेश्वरबारे धेरै कुरा मानिसका धारणाअनुरूप छैनन्। यस्तो मानवताका साथ, तिमीहरूले आफ्नो सारा मेहनत लगाए पनि, तिमीहरूले परमेश्वरको स्वीकृति प्राप्त गर्न सक्नेथिएनौ, तिमीहरूले परमेश्वरको खोजी नगर्ने तथ्यबारे त कुरै नगरौँ। म तिमीहरूले गरे जस्तो, व्यक्तिगत प्राप्तिका खातिर तिमीहरूमा काम गर्दिनँ, बरु कामको खाँचोका कारण गर्छु। यदि तिमीहरू यसरी विद्रोही हुन जारी राख्छौ भने, म आफ्नो काम रोक्नेछु, र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैनँ; यस विपरीत, मलाई मन पर्ने समूहमाथि म मेरो काम सार्नेछु, र यसरी तिमीहरूलाई सदाका लागि छोडिदिनेछु, किनकि मप्रति शत्रुता राख्नेहरूलाई हेर्न म अनिच्छुक छु। त्यसैले, के तिमीहरू मसँग मिल्ने हुन चाहन्छौ, कि मप्रति शत्रुता राख्न चाहन्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू