Christian Dance | राज्यमा नयाँ जीवन | Praise Song
27 सेप्टेम्बर 2024
१
परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र नयाँ युग सुरु गर्नुहुन्छ अनि हामीसँग नयाँ जीवन हुन्छ।
हामी परमेश्वरको वचन खान्छौँ, पिउँछौँ, र त्यसको स्वाद लिन्छौँ,
र हामी भोजमा त्यसको प्रचुरताका साथ सहभागी हुन्छौँ।
नयाँ मानिसहरू, नयाँ मार्ग, नयाँ घटनाहरू, नयाँ कामकुराहरू र नयाँ जीवन!
म प्रभुलाई स्वागत गर्न पाउँदा कति सौभाग्यशाली छु!
परमेस्श्वरको आवाज सुन्न पाउँदा म साँच्चै आशिषित छु,
र मैले व्यावहारिक परमेश्वरलाई देखेको छु।
मेरो हृदय हर्षले भरिन्छ र मेरो मुखबाट गीत बग्छ।
म परमेश्वरसामु उठाइएको छु, र म कृतज्ञताका आँसु झार्छु।
परमेश्वरले व्यक्तिगत रूपमा हामीलाई मलजल, आपूर्ति र मार्गदर्शन गर्दै गर्दा,
हामी राज्यको नयाँ जीवनमा प्रवेश गर्छौँ।
हामी पत्रुसलाई अनुसरण गर्छौँ, परमेश्वरलाई प्रेम गर्ने मार्गमा हिँड्छौँ,
अनि हाम्रो जीवन हर्षले भरिएको छ।
२
परमेश्वरका चुनिएका मानिसहरू सँगै भेला हुन्छन्,
उहाँको वचन एउटै परिवारका रूपमा खान्छन् र पिउँछन्।
हामी तगारोहरूबिना एक अर्कालाई प्रेम गर्छौँ,
परमेश्वरको घरमा जिउनु साँच्चै कति हर्षको कुरा हो!
त्यहाँ हामी कुराकानी गर्छौँ, हाँस्छौँ, गाउँछौँ, नाच्छौँ र साँच्चै स्वतन्त्र छौँ!
परमेश्वरको उपस्थितिमा जिउनु निकै हर्षको कुरा हो!
परमेश्वरको वचनद्वारा सँगै जोडिएर, हामी एक-अर्कालाई
परिक्षा र सङ्कष्टमा सहयोग गर्छौँ।
न्याय गरिएपछि र मुक्ति दिइएपछि, हाम्रो हृदय उत्प्रेरित र तरङ्गित भएका छन्;
सर्वशक्तिमान् परमेश्वरले हामीलाई मुक्ति र नयाँ जीवन दिनुभएको छ।
तिमी परमेश्वरको प्रशंसामा नाच्दै गर्दा, म सँगै छेउमा ताली बजाउँदै उभिन्छु।
हामी आफ्नो भ्रष्टता फाल्छौँ र समन्वयसाथ सेवा गर्छौँ,
त्यसैले परमेश्वर र मानिस दुवै रमाउँछन्।
हामी सत्यतामा सङ्गति गर्छौँ र आफ्ना अनुभवबारे बोल्छौँ
परमेश्वरको गवाही दिनहेतु पहिलो हुन लागिपर्छौँ।
नयाँ मानिसहरूको जीवन निकै उल्लासपूर्ण छ, सत्यता प्राप्त गरेर आशिषित छन्।
परमेश्वरका मानिसहरूले साँच्चै हर्ष महसुस गर्छन्,
र परमेश्वरको प्रशंसा गर्न उहाँको सिंहासन घेर्छन्।
राज्यको उज्ज्वल भविष्य असीम छ,
र अझै हर्षपूर्ण दृश्यहरू आउन बाँकी नै छन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू