Christian Dance | राज्यमा नयाँ जीवन | Praise Song

27 सेप्टेम्बर 2024

परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र नयाँ युग सुरु गर्नुहुन्छ अनि हामीसँग नयाँ जीवन हुन्छ।

हामी परमेश्‍वरको वचन खान्छौँ, पिउँछौँ, र त्यसको स्वाद लिन्छौँ,

र हामी भोजमा त्यसको प्रचुरताका साथ सहभागी हुन्छौँ।

नयाँ मानिसहरू, नयाँ मार्ग, नयाँ घटनाहरू, नयाँ कामकुराहरू र नयाँ जीवन!

म प्रभुलाई स्वागत गर्न पाउँदा कति सौभाग्यशाली छु!

परमेस्श्‍वरको आवाज सुन्न पाउँदा म साँच्चै आशिषित छु,

र मैले व्यावहारिक परमेश्‍वरलाई देखेको छु।

मेरो हृदय हर्षले भरिन्छ र मेरो मुखबाट गीत बग्छ।

म परमेश्‍वरसामु उठाइएको छु, र म कृतज्ञताका आँसु झार्छु।

परमेश्‍वरले व्यक्तिगत रूपमा हामीलाई मलजल, आपूर्ति र मार्गदर्शन गर्दै गर्दा,

हामी राज्यको नयाँ जीवनमा प्रवेश गर्छौँ।

हामी पत्रुसलाई अनुसरण गर्छौँ, परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा हिँड्छौँ,

अनि हाम्रो जीवन हर्षले भरिएको छ।

परमेश्‍वरका चुनिएका मानिसहरू सँगै भेला हुन्छन्,

उहाँको वचन एउटै परिवारका रूपमा खान्छन् र पिउँछन्।

हामी तगारोहरूबिना एक अर्कालाई प्रेम गर्छौँ,

परमेश्‍वरको घरमा जिउनु साँच्चै कति हर्षको कुरा हो!

त्यहाँ हामी कुराकानी गर्छौँ, हाँस्छौँ, गाउँछौँ, नाच्छौँ र साँच्चै स्वतन्त्र छौँ!

परमेश्‍वरको उपस्थितिमा जिउनु निकै हर्षको कुरा हो!

परमेश्‍वरको वचनद्वारा सँगै जोडिएर, हामी एक-अर्कालाई

परिक्षा र सङ्कष्टमा सहयोग गर्छौँ।

न्याय गरिएपछि र मुक्ति दिइएपछि, हाम्रो हृदय उत्प्रेरित र तरङ्गित भएका छन्;

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई मुक्ति र नयाँ जीवन दिनुभएको छ।

तिमी परमेश्‍वरको प्रशंसामा नाच्दै गर्दा, म सँगै छेउमा ताली बजाउँदै उभिन्छु।

हामी आफ्नो भ्रष्टता फाल्छौँ र समन्वयसाथ सेवा गर्छौँ,

त्यसैले परमेश्‍वर र मानिस दुवै रमाउँछन्।

हामी सत्यतामा सङ्गति गर्छौँ र आफ्ना अनुभवबारे बोल्छौँ

परमेश्‍वरको गवाही दिनहेतु पहिलो हुन लागिपर्छौँ।

नयाँ मानिसहरूको जीवन निकै उल्लासपूर्ण छ, सत्यता प्राप्त गरेर आशिषित छन्।

परमेश्‍वरका मानिसहरूले साँच्चै हर्ष महसुस गर्छन्,

र परमेश्‍वरको प्रशंसा गर्न उहाँको सिंहासन घेर्छन्।

राज्यको उज्ज्वल भविष्य असीम छ,

र अझै हर्षपूर्ण दृश्यहरू आउन बाँकी नै छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्