Christian Testimony Video | प्रभुको पुनरागमनको रहस्य

25 फेब्रुअरी 2021

मुख्य चरित्र आफ्‍नो मण्डलीमा सहकर्मीको रूपमा काम गर्दै आएकी व्यक्ति हुन् जसले वर्षौंदेखि प्रभुमा विश्‍वास गरेकी छिन् र प्रभुको आगमनको उत्सुकता साथ प्रतीक्षा गर्दै आएकी छिन्। उनका पाष्टरले प्रायजसो के भन्छन् भने जब प्रभु फर्कनुहुन्छ, उहाँ आफ्नो आत्मिक स्वरूपमा बादलको सवारीमा देखा पर्नुहुनेछ, र प्रभु देहमा आउनुभएको कुनै पनि समाचार झूटो हो। उनी कुनै शङ्का नगरी त्यस कुरामा विश्‍वास गर्छिन्। तर एक दिन, एक बाइबल अध्ययन समूहमा, कसैले प्रभु देहमा फर्कनुभएको, उहाँले सत्यता प्रकट गरिरहनुभएको र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको गवाही दिएको सुन्छिन्। उनी सतर्क हुन्छिन् र त्यसलाई अनुसन्धान गर्ने आँट गर्दिनन्, तर उनी प्रभुको आगमनलाई स्वागत गर्ने मौका गुमाउने डरमा हुन्छिन्। यसबारे मनन गरेपछि उनले आखिरी दिनहरूमा प्रभु देखा पर्नुभएको घटना र कामको रहस्य बुझ्न थालिन्। उनी बिस्तारै ढुक्क हुन थालिन् र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा परमेश्‍वरको आवाज चिन्न थाल्छिन्। उनले सर्वशक्तिमान्‌ परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ र उहाँले थुमाको पाइला पछ्याउनुहुन्छ भनी बुझ्छिन्। आखिरी दिनहरूको प्रभुको आगमनसँग सम्‍बन्धित कुन-कुन रहस्यहरू छन्? तपाईंका लागि यस भिडियोमा उत्तरहरू छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्