परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७२

2 जुलाई 2021

आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरले भन्नुभएको थियो भनेर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, फिलाडेल्फिया, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह अनुसरण गरून् र प्रभु येशूको पश्चात्तापको मार्गमा हिँडून्। पावलले चाहे तिनीहरू त्यो समयका मण्डलीहरू हुन् वा भविष्यका, तिनीहरू सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर कुनै पनि हिसाबले भनेनन्, न त तिनले आफ्ना सबै शब्दहरू परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। त्यस बेलाको मण्डलीको परिस्थितिअनुसार, उनले केवल दाजुभाइ तथा दिदीबहिनीहरूसँग कुराकानी गरे र तिनीहरूलाई हौसला दिए र तिनीहरूमा विश्‍वासको प्रेरणा दिए र उनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि उपदेश दिए। तिनका शब्दहरू आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग भएका कामदार थिए, र यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनुपर्थ्यो, र मण्डलीहरूको काम गर्नुपर्थ्यो, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा थाहा पाउनुपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पत्रहरू लेखे। तिनले मानिसहरूका लागि भनेका सबै सुधारात्मक र सकारात्मक कुराहरू सही थिए, तर यसले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैन, र यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। एकजना मानिसको अनुभवहरूका अभिलेखहरू र एकजना मानिसको पत्रहरूलाई मानिसहरूले मण्डलीहरूको लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको रूपमा लिनु एक अत्यन्तै गलत बुझाइ, र एक ठूलो ईश्‍वरनिन्दा हो! यो कुरा विशेषगरी पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरूको प्रसङ्गमा सत्य हुन आउँछ, किनकि उनका पत्रहरू त्यस बेलाका प्रत्येक मण्डलीको परिस्थितिहरू र स्थितिहरूको आधारमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रोत्साहन दिनको लागि थिए ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यसबेलाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगाउनको लागि थियो। यो भन्न सकिन्छ कि यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले उनलाई दिनुभएको बोझ पनि थियो; जे भए पनि, तिनी त्यस समयका मण्डलीहरूको नेतृत्व गर्ने एक प्रेरित थिए जसले मण्डलीहरूको लागि पत्रहरू लेखे र तिनीहरूलाई प्रोत्साहित गरे—यो तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल एक कामदार प्रेरितको मात्र थियो, र तिनी परमेश्‍वरले पठाउनुभएको एक प्रेरित थिए; तिनी अगमवक्ता थिएनन्, न त तिनी भविष्यवक्ता नै थिए। तिनको लागि, तिनको आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण थियो। तसर्थ, तिनी पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे। तिनका शब्दहरू पवित्र आत्माका वचनहरू थिएनन्, तिनलाई परमेश्‍वरको वचन भन्न मिल्ने कुरा त परै जाओस्, किनकि पावल परमेश्‍वरको सृष्टिबाहेक अरू केही थिएनन्, र तिनी अवश्य पनि परमेश्‍वरको देहधारण थिएनन्। तिनको परिचय येशूको जस्तो थिएन। येशूका शब्दहरू पवित्र आत्माका वचनहरू थिए, ति परमेश्‍वरका वचनहरू थिए, किनकि उहाँको परिचय परमेश्‍वरको पुत्र—ख्रीष्टको थियो। कसरी पावल उहाँको बराबर हुन सक्छन् र? यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्‍वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्‍वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्‍वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्‍वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसो भए, तँ के भन्छस्—तिनले मण्डलीहरूको लागि लेखेका पत्रहरूमा तिनको आफ्नै विचारको दाग मिसिएको हुन सक्दैन र? कसरी तिनमा मानव विचारहरूको दाग नलागेको हुन सक्छ र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानको आधारमा मण्डलीहरूको लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातिका मण्डलीहरूलाई एउटा पत्र लेखे जसमा एउटा निश्चित धारणा थियो, र पत्रुसले अर्को पत्र लेखेका थिए, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुनचाहिँ पवित्र आत्माबाट आयो र? निश्चित रूपमा कसैले पनि भन्न सक्दैन। तसर्थ, यो मात्र भन्न सकिन्छ कि तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बहन गरेका थिए, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कद प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रावधन र सहयोग अनि मण्डलीहरूमाथिको तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्दछन् र तिनले मानव कार्यलाई मात्र प्रतिनिधित्व गर्दछन—ती सम्पुर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तैँले तिनका पत्रहरूलाई पवित्र आत्माका वचनहरू हुन् भनेर भन्छस् भने, तँ हास्यास्पद छस्, र तैँले ईश्‍वरनिन्दा गर्दैछस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालसालैका आत्मिक व्यक्तिहरूका संस्मरण जस्तै हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरूसँग मिल्दाजुल्दा छन्। कुरा यति मात्र हो कि हालसालैका आत्मिक व्यक्तित्वका पुस्तकहरूलाई नयाँ करारमा संकलित गरिएको छैन, तैपनि यी मानिसहरूको सार चाहिँ एउटै थियो: तिनीहरू एक निश्चित अवधिमा पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिहरू थिए, र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्