Nepali Christian Movie Trailer | घरको भित्र र बाहिर

22 जुन 2024

ली मिङ्ग्वीको सम्पूर्ण परिवारले परमेश्‍वरमा विश्‍वास गर्छ, र तिनी र तिनकी बहिनी ली लानले परमेश्‍वरको लागि उत्साहित भएर मेहनत गर्छन्। ली मिङ्ग्वीले अर्को सहरमा गएर दुई वर्ष आफ्‍नो कर्तव्य पूरा गर्छन्, तर आफ्‍नो गृहनगरमा फर्केपछि, तिनले तिनकी बहिनीले प्रायजसो धर्मसिद्धान्तको कुरा बोल्‍ने, र नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा आफ्‍नो पदको आडमा अरूलाई हप्काउने गर्छिन् भन्‍ने थाहा पाउँछन्। ली मिङ्ग्वीले ली लानलाई धेरैपटक साथ र सहयोग दिन्छन्, र तिनले सत्यता खोजी गरी आफ्‍ना समस्याहरू समाधान गर्नेछिन् भन्‍ने आशा गर्छन्। तर केही समयपछि नै, ली मिङ्ग्वी र उनका सहकर्मीहरूले ली लानले उनलाई सल्‍लाह दिने ब्रदर-सिस्टरहरूलाई दमन गर्ने र बदला लिने गरेको थाहा पाउँछन्, त्यसैले तिनीहरूले तिनलाई सहयोग गर्न तिनका समस्याहरू औँल्याइदिन्छन्, तर तिनले फिटिक्‍कै स्वीकार गर्दिनन्। ब्रदर-सिस्टरहरूले ली लानको वास्तविक रूप चिनेर एकपछि अर्को गर्दै उनका समस्याहरूको बारेमा रिपोर्ट गर्छन्, त्यसकारण ली मिङ्ग्वी र तिनका सहकर्मीहरूले तिनलाई सिद्धान्तहरूअनुरूप तिनको कर्तव्यबाट बर्खास्त गर्छन्। तर ली लान यस कुराप्रति असन्तुष्ट हुन्छिन्, भेलाहरूमा अगुवा र डिकनहरूलाई आक्रमण र आलोचना गर्ने गर्छिन्, तिनीहरूले उनलाई दमन गरिरहेका छन् भनेर भन्छिन्, ब्रदर-सिस्टरहरूलाई बहकाउँछिन्, मानिसहरूलाई आफ्‍नो पक्षमा ल्याउँछिन्, र भेलाहरूमा ब्रदर-सिस्टरहरूलाई परमेश्‍वरको वचन पढ्नमा बाधा दिन्छिन्। ली मिङ्ग्वीले आफ्‍नी बहिनी दुष्कर्मी हुन् र निष्कासन गरिनुपर्छ भन्‍ने थाहा पाउँछन्, तर तिनले आफ्‍नो मुक्ति पाउने मौका गुमाउनेछिन् भन्‍ने डरले दोधारमा पर्छन्। उनले भावनाहरूमा बगेर आफ्‍नी बहिनीलाई रक्षा गर्छन् कि सत्यताका सिद्धान्तहरू पालना गरेर तिनलाई निष्कासन गर्छन् र मण्डलीको कामलाई कायम राख्छन्? कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्