Christian Dance | मेरो हृदयले सदैव परमेश्वरलाई प्रेम गर्नेछ | Praise Song
13 जनवरी 2025
१
आजको दिनसम्म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँदा,
हामीले अत्यन्तै धेरै सत्यताहरू बुझ्न पुगेका र अत्यन्तै धेरै प्राप्त गरेका छौँ।
परमेश्वरको वचन खाँदा र पिउँदा, मेरो हृदय उज्यालो भएको छ।
म यो संसारको अन्धकारको जड स्पष्ट रूपमा देख्न पुगेको छु।
दुष्ट प्रचलनहरूको प्रलोभन र परीक्षाहरू तोड्दा,
म आफ्नो कर्तव्य निर्वाह गर्छु र जीवनमा दिशा भेट्टाउँछु।
परमेश्वरका वचनहरू मेरो आचरणका सिद्धान्त हुँदा,
म उप्रान्त अन्योल वा हराएको महसुस गर्दिनँ, र म अत्यन्तै खुसी छु।
हरदिन बोल्नुभई, सर्वशक्तिमान् परमेश्वरले मलाई पानी हाल्नुहुन्छ र खुवाउनुहुन्छ,
र मेरो जीवन दिन-प्रति-दिन बढ्छ।
आज म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याएको र उहाँको गवाही दिएकोमा साँच्चै भाग्यमानी छु,
र यसमा उहाँले मलाई अत्यन्तै अनुग्रह र आशिष् दिनुभएको छ।
म आफ्नो बफादारी अर्पण गर्न, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न,
परमेश्वरको वचन फैलाउन, र परमेश्वरको मुक्तिको अनुग्रहको गवाही दिन इच्छुक छु।
मलाई पखाल्नुहुने र मुक्ति दिनुहुने सर्वशक्तिमान् परमेश्वर नै हुनुहुन्छ।
म उहाँलाई सदैव प्रेम गर्नेछु र उहाँको प्रेम तिर्नेछु।
२
सर्वशक्तिमान् परमेश्वरका वचनहरूको न्याय र खुलासा अनुभव गरेर,
मैले आफ्नो भ्रष्टता देखेको छु र पछुतो अनि लज्जित महसुस गर्छु।
म परमेश्वरको न्याय, परीक्षा र शोधन स्विकार्छु,
र मैले हर प्रकारको पीडा भोगेर, परमेश्वरको शुद्धिकरण र मुक्ति पाएको छु।
परमेश्वरका वचनहरूले मात्र मलाई जीवन प्रदान गर्न सक्छन्,
र उहाँका वचनहरू मेरो अस्तित्वका आधार हुन्।
म परमेश्वरलाई आफ्नो धन्यवाद र प्रशंसा अर्पण गरी उहाँसामु लम्पसार पर्न कसरी सक्दिनँ र?
हरदिन बोल्नुभई, सर्वशक्तिमान् परमेश्वरले मलाई पानी हाल्नुहुन्छ र खुवाउनुहुन्छ,
र मेरो जीवन दिन-प्रति-दिन बढ्छ।
आज म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याएको र उहाँको गवाही दिएकोमा साँच्चै भाग्यमानी छु,
र यसमा उहाँले मलाई अत्यन्तै अनुग्रह र आशिष् दिनुभएको छ।
म आफ्नो बफादारी अर्पण गर्न, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न,
परमेश्वरको वचन फैलाउन, र परमेश्वरको मुक्तिको अनुग्रहको गवाही दिन इच्छुक छु।
मलाई पखाल्नुहुने र मुक्ति दिनुहुने सर्वशक्तिमान् परमेश्वर नै हुनुहुन्छ।
म उहाँलाई सदैव प्रेम गर्नेछु र उहाँको प्रेम तिर्नेछु।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू