Nepali Christian Song | मानवजातिलाई जीवनमा परमेश्‍वरको आपूर्ति चाहिन्छ | with lyrics

16 अप्रिल 2022

पद १

मानव हृदयमा परमेश्‍वर नहुनुहुँदा,

उसको भित्री संसार अँध्यारो रहन्छ;

रित्तो जीवनमा कुनै आशा रहन्न।

धेरैले मानव सभ्यता जोगाउन खोज्छन्,

तर उहाँको मार्गदर्शन बिना, मानिस भित्रैबाट अझै रित्तो छ।

कोही पनि मानिसको जीवन हुन सक्तैन,

न कुनै ज्ञान, विज्ञान वा

प्रजातन्त्रले उसलाई सान्त्वना दिन्छ।

ऊ अझै पाप र अन्यायबारे विलाप गर्नेछ।

यिनले उसको खोज गर्ने लालसा र इच्छालाई रोक्न सक्तैन।

कोरस

मानिसलाई निष्पक्ष समाजभन्दा धेरै चाहिन्छ

जहाँ सब भरपेट, समान र स्वतन्त्र हुन्छन्।

परमेश्‍वरको मुक्ति र जीवनको आपूर्ति,

यही हुन् मानिसका खाँचो।

मानिसले उहाँबाट यी कुरा पाएपछि मात्र

उसका खाँचो पूरा हुन सक्छन्;

उसको खोज गर्ने इच्छा, आत्मिक रित्तोपन,

यी समाधान गर्न सकिन्छ।

पद २

मानिस उहाँद्वारा बनाइएकोले यो सब छ।

अर्थहीन बलिदान र मानिसले गर्ने खोजले

ल्याउँछन् मात्र कष्ट, निरन्तर भयको अवस्था।

ज्ञान र रित्तोपनसँग डराउँदै, थाहा हुन्न

कसरी भविष्यको सामना गर्ने।

चाहे स्वतन्त्र देशमा होस्-नहोस्,

कोही मानव नियतिबाट बच्न सक्तैन, अहँ।

शासक हुन् वा शासित, यी गन्तव्यको

खोज गर्ने इच्छा, मानिसका रहस्य

र गहन शून्यताबाट भाग्न सक्तैनन्।

ब्रिज

कुनै महामानवले यी सामाजिक

घटना समाधान गर्न सक्तैन।

कारण मानिस मानिस नै हो र परमेश्‍वरको

स्थान लिन सक्तैन।

कुनै जाति वा राज्यले उहाँको मुक्ति पाएन भने,

अन्धकारतर्फ हिँडछन्,

र उहाँले तिनलाई नष्ट गर्नुहुनेछ।

कोरस

मानिसलाई निष्पक्ष समाजभन्दा धेरै चाहिन्छ

जहाँ सब भरपेट, समान र स्वतन्त्र हुन्छन्।

परमेश्‍वरको मुक्ति र जीवनको आपूर्ति,

यही हुन् मानिसका खाँचो।

मानिसले उहाँबाट यी कुरा पाएपछि मात्र

उसका खाँचो पूरा हुन सक्छन्;

उसको खोज गर्ने इच्छा, आत्मिक रित्तोपन,

यी समाधान गर्न सकिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्