Nepali Christian Dance | परमेश्‍वरप्रतिको मेरो प्रेम कहिल्यै बदलिनेछैन | Praise Song

25 मे 2025

जीवनभरको कठिनाइ, बतास र वर्षामा भौँतारिँदै;

कसले जान्दछ उहाँको कष्ट भोगाइ?

विनम्र देहमा, उहाँ धैर्यपूर्वक काम गर्नुहुन्छ—

तर मानिसको प्रेम प्राप्त गर्न गाह्रो छ।

उहाँ बोल्नुपर्ने सबै वचन बोल्नुहुन्छ, चिन्ताले हृदय टुक्रा-टुक्रा पार्नुहुन्छ;

मानिसलाई मुक्ति दिन, दशकौँ अर्पित हृदयले काम गर्नुभएको छ।

परमेश्‍वरको हृदय, परमेश्‍वरको प्रेम—मानिसले ती कहिले साँच्चै बुझ्लान्,

ताकि तिनीहरूले उहाँको हृदयलाई अलिक सान्त्वना दिन सकून्?

परमेश्‍वरका वचनले मेरो हृदय विजय गरेका छन्;

म उहाँलाई अडिग रूपमा अन्त्यसम्म पछ्याउनेछु।

म शपथ लिन्छु; ममा सास बाँकी रहुन्जेल, म परमेश्‍वरप्रति बफादार रहनेछु।

परमेश्‍वरका वचनमा, म सत्यता बुझ्छु

र आफूलाई कसरी आचरणमा ढाल्ने भनी थाहा पाउँछु।

परमेश्‍वरका वचनमा, म सबै कुरा प्रस्टसित देख्छु;

सत्यता मात्रै सबैभन्दा बहुमूल्य हुन्छ।

परीक्षा र सङ्कष्ट जति ठूला भए पनि, म बस सत्यता पाउने इच्छा गर्छु।

परमेश्‍वरलाई प्रेम गर्नु सबभन्दा अर्थपूर्ण हुन्छ।

म परमेश्‍वरलाई गवाही दिन र महिमित तुल्याउन

कर्तव्यमा बफादारी अर्पण गर्नेछु र स्वेच्छाले अन्तिम कष्ट सहनेछु।

परमेश्‍वरका वचनले मलाई शुद्ध गर्छन्;

म उहाँको प्रेम चुकाउन आफ्नो जीवनको कसम खान्छु।

म हृदय परमेश्‍वरलाई अर्पण गर्छु; परमेश्‍वरप्रति मेरो प्रेम कहिल्यै बदलिनेछैन।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्