Nepali Christian Song | परमेश्वरको इच्छा पछ्याउन जिउनु सबैभन्दा अर्थपूर्ण हुन्छ
28 अप्रिल 2026
१
परमेश्वरप्रतिको प्रेम पछ्याउने व्यक्तिका रूपमा, परमेश्वरका मानिसमध्ये एक बन्न राज्यमा प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। किनकि आज तिमीहरू परमेश्वरका लागि जिउँछौ, र परमेश्वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन।
२
तिमीहरू परमेश्वरद्वारा चुनिएका, र परमेश्वरद्वारा नै उत्थान गरिएकाले, र, त्यसमाथि, परमेश्वरको प्रेमका कारण, तिमीहरूले साँचो जीवन बोध गरेका छौ, र सबैभन्दा मूल्यवान् हुने तरिकाले जिउन जान्दछौ। यो तिमीहरूले राम्ररी पछ्याउने भएकाले होइन, बरु परमेश्वरको अनुग्रहका कारण हो; तिमीहरूको आत्मिक आँखा खोलिदिने परमेश्वर नै हुनुहुन्थ्यो, र तिमीहरूलाई उहाँ सामु आउने सौभाग्य प्रदान गर्दै, तिमीहरूका हृदय उत्प्रेरित गर्ने परमेश्वरका आत्मा नै हुनुहुन्थ्यो। यदि परमेश्वरका आत्माले तिमीहरूलाई अन्तर्दृष्टि नदिनुभएको भए, परमेश्वरबारे के प्रेमिलो छ भनी तिमीहरूले देख्न सक्नेथिएनौ, न त तिमीहरूले परमेश्वरलाई प्रेम गर्न नै सम्भव हुनेथ्यो। परमेश्वरका आत्माले मानिसहरूको हृदय उत्प्रेरित गर्नुभएकाले नै तिनीहरूको हृदय परमेश्वरतर्फ फर्केको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू