Christian Dance | परमेश्‍वरसामु जिउनु निकै आनन्दको कुरा हो | Praise Song

22 सेप्टेम्बर 2024

ब्रदर र सिस्टरहरू मण्डलीमा भेला होऔ;

हामी परमेश्‍वरको प्रशंसामा हर्षसाथ गाउँछौँ र नाच्छौँ।

परमेश्‍वरको प्रशंसा गर, जो सत्यता व्यक्त गर्न र हामीलाई मुक्ति दिन

देह बन्नुभएको छ र संसारमा आउनुभएको छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ र भोजमा सहभागी हुन

सिंहासनसामु उठाई लगिएका छौँ।

हामी परमेश्‍वरका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ र हाँस्छौँ, यो अनन्त हर्ष हो।

जब ब्रदर र सिस्टरहरू भेट्छन्, हामी एक-अर्कासँग नजिक भएको महसुस गर्छौँ,

र हाम्रो हर्ष अवर्णनीय छ।

हामी परमेश्‍वरका वचनबारे सङ्गति गर्छौँ र आफ्ना गवाही साझा गर्छौँ;

सत्यता बुझ्दा हाम्रो आत्माले निकै हर्ष प्राप्त गर्छ।

कुनै कर्म-काण्ड छैन, कुनै प्रावधान छैन—सबै स्वतन्त्र र रिहा छ!

हामी परमेश्‍वरका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ र हाँस्छौँ, यो अनन्त हर्ष हो।

ब्रदर र सिस्टरहरूले परमेश्‍वरको काम अनुभव गर्छन्;

हामी उहाँको न्याय र सजाय स्विकार्छौँ र तिनमा समर्पित हुन्छौँ।

हामी आफ्नो छल फाल्छौँ र इमानदार बन्छौँ।

हामी एक-अर्कालाई तगारोबिना प्रेम गर्छौँ।

हामी सत्यतामा समर्पित हुन्छौँ र भावनाअनुसार कार्य गर्दैनौँ।

न्यायद्वारा, हाम्रो भ्रष्टता पखालिन्छ।

हामी परमेश्‍वरका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ र हाँस्छौँ, यो अनन्त हर्ष हो।

ब्रदर र सिस्टरहरू, उठ; हामी हाम्रो कर्तव्य पूर्तिमा एउटै मनको होऔँ।

राज्यको सुसमाचार फैलाऔँ र परमेश्‍वरको गवाही दिऔँ,

ताकि उहाँका अभिप्राय पूरा होऊन्।

ब्रदर र सिस्टरहरू सँगै हर्षसाथ गाओ,

प्रशंसामा उठेका आवाज निकै चर्को र स्पष्ट हुन्छन्।

हामी परमेश्‍वरका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ र हाँस्छौँ, यो अनन्त हर्ष हो।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्