Christian Dance | मेरो जीवन स्वतन्त्र र आजाद छ | Praise Song

25 जुन 2024

मेरो हृदय आजाद भएको छ र यसले उडान भरेको छ;

म उप्रान्त नकारात्मक र निष्क्रिय छैनँ, र म परमेश्‍वरको प्रेम फिर्ता तिर्छु।

पहिला, मैले परमेश्‍वरका अभिप्रायहरूलाई गलत रूपमा बुझेँ र उहाँलाई ध्यान दिइनँ;

परमेश्‍वरको प्रेम देखेर म उत्प्रेरित भएँ,

मैले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ भनेर सङ्कल्प गरेको छु।

मैले परमेश्‍वरको प्रेम फिर्ता तिर्नैपर्छ, र उहाँलाई मेरो हृदय प्राप्त गर्न दिनुपर्छ।

हेर! फूलहरू जताततै फुलिरहेका छन्, मेरो हृदयमा सङ्गीत गुञ्जिन्छ,

र म परमेश्‍वरका निम्ति मेरो प्रेम गाउँछु।

परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा म हर्षले भरिन्छु;

परमेश्‍वरको प्रेमले मलाई प्रेरित गर्छ।

सत्यता बुझेर, म परमेश्‍वरलाई प्रेम गर्छु र सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्छु।

म आफ्नो कर्तव्य राम्ररी निभाउँछु र सुसमाचार प्रचार गर्छु;

मैले कष्ट भोगे पनि, त्यसमा हर्ष हुन्छ।

म उत्साहित छु र प्रेमको गीत गाउन विशेषगरी उत्तेजित छु।

मैले परमेश्‍वरको प्रेम फिर्ता तिर्नैपर्छ, र उहाँलाई मेरो हृदय प्राप्त गर्न दिनुपर्छ।

हेर! फूलहरू जताततै फुलिरहेका छन्, मेरो हृदयमा सङ्गीत गुञ्जिन्छ,

र म परमेश्‍वरका निम्ति मेरो प्रेम गाउँछु।

सर्वशक्तिमान् परमेश्‍वर, मलाई खुसी जीवन दिनुभएको तपाईँले नै हो।

मैले विगतको भ्रष्ट, पतित, खोक्रो जीवनलाई बिदा गरेको छु;

म आफ्नो स्वभाव परिवर्तन गर्ने, सामान्य मानवतामा जिउने प्रयास गर्छु,

र परमेश्‍वरको घरमा जे गर्न सक्छु, त्यो गर्छु।

मैले परमेश्‍वरको प्रेम फिर्ता तिर्नैपर्छ, र उहाँलाई मेरो हृदय प्राप्त गर्न दिनुपर्छ।

हेर! फूलहरू जताततै फुलिरहेका छन्, मेरो हृदयमा सङ्गीत गुञ्जिन्छ,

र म परमेश्‍वरका निम्ति मेरो प्रेम गाउँछु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्