परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२०

30 अप्रिल 2021

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले अझै उहाँका वाणीहरू अनुसरण गर्नैपर्छ, र भविष्यमा परमेश्‍वरका वाणीहरूले मानिसको जीवनलाई अझै कनानको राम्रो भूमिमा प्रत्यक्ष डोर्याउनेछ। जब मोशा उजाड स्थानमा थिए, परमेश्‍वरले तिनलाई प्रत्यक्ष निर्देशन दिनुभयो र तिनीसँग कुरा गर्नुभयो। स्वर्गबाट परमेश्‍वरले मानिसहरूको उपभोगका लागि खाना, पानी र मन्न पठाइदिनुभयो, र यो आज पनि यस्तै छ: परमेश्‍वरले व्यक्तिगत रूपमा खाने र पिउने चीजहरू मानिसहरूको उपभोगका लागि पठाइदिनुभएको छ, र उहाँले व्यक्तिगत रूपमा मानिसहरूलाई सजाय दिन श्राप पठाउनुभएको छ। त्यसरी नै, परमेश्‍वरले उहाँको कामको हरेक चरण व्यक्तिगत तवरमा गर्नुहुन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोजी गर्दछन्, तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरू खोज्छन्, र यो सम्भव छ कि त्यस्ता सबै मानिसहरूलाई हटाइनेछ, किनकि परमेश्‍वरको काम बढ्दो रूपमा व्यावहारिक हुँदै गइरहेको छ। परमेश्‍वर स्वर्गबाट ओर्लनुभएको कसैलाई थाहा छैन, परमेश्‍वरले खाना र औषधीहरू स्वर्गबाट पठाउनुभएको कुरामा पनि उनीहरू अन्जान छन्—तर परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यका उत्तेजक दृश्यहरू पनि परमेश्‍वरका व्यक्तिगत वाणी हुन्। तथ्य यही हो, र केवल यसलाई नै पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नु भनेर भनिन्छ। पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नुले देहलाई जनाउँछ। जो देहबाट बनेको छैन त्यो पृथ्वीमा अस्तित्वमा रहँदैन, र यसरी तेस्रो स्वर्ग जाने कुरामा ध्यान केन्द्रित गर्ने सबै व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरमा फर्कन्छ, सम्पूर्ण ब्रह्माण्डभरि उहाँको कामको केन्द्रले उहाँका वाणीहरूको अनुसरण गर्दछ; अन्त कतै, परमेश्‍वरका वाणीहरू लिन कोही मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कोही हवाईजहाज चढ्नेछन्, कोही समुद्र तर्न डुङ्गा चढ्नेछन्, र कोहीले लेजरहरूको प्रयोग गर्नेछन्। हरेकले आराधना गर्नेछन्, र उत्कट अभिलाषा राख्नेछन्, तिनीहरू सबै परमेश्‍वरको निकट आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्—र यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरालाई याद राख! परमेश्‍वरले अवश्य नै अरु कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय त्यही नै हुनेछ; ब्रह्माण्डका सारा मानिसहरूले यस अतुलनीय “मानव” को आराधना गर्नेछन्। के यो परमेश्‍वरको महिमाको दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जीवित पानीको मुहानबाट पानी खोज्न टेलिग्राम पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू यस व्यक्तिलाई आराधना गर्न आउनेछन्, जसलाई उनीहरूले घृणा गर्थे। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्ना हृदयले उहाँलाई भरोसा गर्नेछन्—के यो कुनै चिन्‍ह र अचम्‍मको काम होइन र? जब सम्पूर्ण राज्य आनन्दित हुन्छ, त्यो परमेश्‍वरको महिमाको दिन हुनेछ, अनि जो-कोही तिमीहरूकहाँ आउँछन् र परमेश्‍वरको सुखद समाचार ग्रहण गर्छन्, उनीहरूले परमेश्‍वरबाट आशीर्वाद पाउनेछन्, र ती देशहरू तथा मानिसहरू जसले त्यसो गर्छन् उनीहरूले परमेश्‍वरबाट आशीर्वाद एवं हेरचाह पाउनेछन्। भविष्यको दिशा यस्तो हुनेछ: जसले परमेश्‍वरको मुखबाट वाणी प्राप्त गर्दछन् उनीहरूले पृथ्वीमा हिँड्ने मार्ग पाउनेछन्, र तिनीहरू व्यापारी वा वैज्ञानिक, वा शिक्षाविद् वा उद्योगपतिहरू जो भएपनि, परमेश्‍वरका वचनरहित हुनेहरूलाई एक कदम चाल्न पनि कठिन हुनेछ, र साँचो मार्ग खोज्न बाध्य हुनेछन्। यसको अर्थ यही हो, “सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्।” तथ्यहरू यस प्रकार छन्: परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डलाई चलाउन तथा मानवजातिमाथि शासन गर्न र विजय प्राप्त गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुनेछ। परमेश्‍वरले कार्य गर्ने माध्यमहरूमा ठूलो परिवर्तन हुनेछ भन्‍ने मानिसहरूले सँधै आशा गरिरहेका छन्। स्पष्ट रूपमा भन्नुपर्दा, वचनहरू मार्फत नै परमेश्‍वरले मानिसहरूलाई नियन्त्रण गर्नुहुन्छ, र तैँले चाहे पनि वा नचाहे पनि उहाँले भनेको गर्नै पर्छ; यो एक वस्तुनिष्ठ तथ्य हो, र यसलाई सबैले पालना गर्नै पर्दछ, र त्यसैले पनि, यो अपरिवर्तनीय छ, र सबैलाई थाहा छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्