परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१६

16 अप्रिल 2021

परमेश्‍वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्‍न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौं वर्षसम्‍म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपर्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्‍न योग्य वातावरण। यो परमेश्‍वरको व्यवस्थापनको सुरुवात थियो।

त्यसपछि, परमेश्‍वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको राज्य-क्षेत्रमा जियो, जसले बिस्तारै परमेश्‍वरको कार्यको पहिलो चरणमा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनप्रति बानी पर्‍यो र उसले यसलाई बेवास्ता गर्‍यो। क्रमिक रूपमा, मानिसले परमेश्‍वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्‍नो जीवन जिए। वास्तवमा, परमेश्‍वरको कार्यले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्‍वास गर्ने गरेका भए तापनि, परमेश्‍वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …

जब परमेश्‍वरले आफ्‍नो काम गर्नुहुन्छ, उहाँले चुपचाप एउटा ठाउँलाई छोड्नुहुन्छ र अर्को ठाउँमा उहाँले सुरु गर्नुभएको कार्यलाई शान्तसाथ अघि बढाउनुहुन्छ। कठोर बनेका मानिसहरूका लागि यो उल्‍लेखनीय देखिन सक्छ। मानिसहरूले सँधै पुरानोलाई मूल्यवान् ठानेर नयाँ, अपरिचित कुराहरूलाई वैमनस्यताको साथ लिने वा तिनलाई घृणित ठान्‍ने गरेका छन्। त्यसैले, परमेश्‍वरले जेसुकै नयाँ काम गर्नुभए तापनि, सुरुदेखि अन्त्यसम्‍मै, यसको बारेमा जान्‍ने सबै कुराहरूमध्ये मानिस नै अन्तिम हो।

सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्‍वरले दोस्रो चरणको आफ्‍नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्‍म देहधारी हुनुभएर—अनि विश्‍वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा किला ठोकिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गरे। … परमेश्‍वरको कार्यको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्‍नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्‍वरको कार्य पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि उसो, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सामान्य रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्‍वरको अघि आउनको लागि उसको पापहरु त्यस उप्रान्त बाधा बनेन, र यो त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेन। त्यो यसैले हो किनभने परमेश्‍वर स्वयमले वास्तविक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको पूर्वअनुभव बन्‍नुभएको थियो, र परमेश्‍वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र परमेश्‍वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्‍वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कार्यको यो चरण व्यवस्थाको युगको परमेश्‍वरको व्यवस्थापनभन्दा अझ गहन र अझै विकसित थियो।

परमेश्‍वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्‍पिने—परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा परमेश्‍वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्‍ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्‍वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो काल्‍पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्‍मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ तिनीहरूलाई त्यसको आभास छैन, ब्रम्‍हाण्ड र आकाश मण्डलमा कति वटा कथाहरू पैदा भए तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्‍मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्‍नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छ भन्‍ने तिनीहरूले बुझ्‍न सक्दैनन्। मानिसको लागि यो समझले नै नभ्याउने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्‍वरले गर्नुभएको मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र आखिरमा मानिस कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ सो बुझ्दैन। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा अत्यन्तै भ्रष्ट गरिनको लागि हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्‍ना पिताको रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नको लागि तिनीहरू परमेश्‍वरको सामु आउँछन्। कुरूप के हो र यो कसरी पवित्रको विपरीत छ त्यसलाई, र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टतालाई पहिचान गर्न तिनीहरूले जान्दछन्। यस्ता मानवजातिले त्यस उप्रान्त शैतानको निम्ति काम गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्‍ने छैन। यो त्यसैले हो किनभने तिनीहरू परमेश्‍वरले साँच्‍चै प्राप्त गर्नुभएका मानिसहरूका समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको महत्त्व यही नै हो। यस पटकको परमेश्‍वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्‍वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसको लागि परमेश्‍वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दैहुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यवहारिक चरण हो, र तैपनि यो मानिसले स्वीकार गर्नको लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्‍वरको नजिक आउँछ, परमेश्‍वरको लौरो त्यति नै मानिसको नजिक आउँछ, र परमेश्‍वरको मुहार मानिसको निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्‍वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्‍ने मानिसले सोच्यो, तैपनि उसले परमेश्‍वरको पूर्ण प्रहार पाउँछ, जुन कस्तो छ भन्‍ने कुरा कसैले पनि पहिले देख्‍न सकेन: के देखिन्छ भने, यो परमेश्‍वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्‍नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्‍प हुँदैन, “म धेरै वर्षसम्‍म हराएको थुमा हुँ जसलाई खरिद गरेर फर्काउन परमेश्‍वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्‍वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्‍ने, र मलाई खुलासा गर्ने परमेश्‍वरको तरिका हो? …” वर्षौं बितेपछि, शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ। मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्‍न पुगेको छ, र मानवजातिलाई मुक्त गर्ने परमेश्‍वरको वर्षौंको लगाबलाई बुझ्‍न पुगेको छ। मानिसले उसको आफ्‍नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ। ऊ कति असभ्य छ त्यस कुरा, परमेश्‍वरप्रतिको उसका सबै गलत बुझाइहरू, र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्, र परमेश्‍वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउछ र … उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ, अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्‍ने पत्ता लगाउन, ऊ खडा भएर सर्वशक्तिमान्‌को अनुहारमा हेर्छ। उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्‍भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ, तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन। मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ, परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ, र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

परमेश्‍वरको प्रेम र करुणाले उहाँको व्यवस्थापन कार्यको प्रत्येक र हरेक विवरणलाई भिजाउँछ, र मानिसहरूले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझ्‍न सके पनि वा नसके पनि, आफूले पूरा गर्ने भनी तय गर्नुभएको कामलाई उहाँले अझै अथक रूपमा गरिरहनुभएको छ। परमेश्‍वरको व्यवस्थापनको बारेमा मानिसहरूले जति नै धेरै किन नबुझोस्, परमेश्‍वरको कार्यले मानिसकहाँ ल्याएको सहयोग र लाभहरूलाई हरेकले सराहना गर्न सक्छन्। सायद, आजको दिनमा, परमेश्‍वरले प्रदान गर्नुभएको कुनै पनि प्रेम वा जीवनको अनुभव तैँले गरेको छैनस् होला, तर जब सम्‍म तैँले परमेश्‍वरलाई त्याग्दैनस् र सत्यताको खोजी गर्ने तेरो संकल्पलाई त्याग्दैनस्, तब परमेश्‍वरको मुस्कान तँलाई प्रकट गर्ने दिन आउनेछ। किनभने परमेश्‍वरको व्यवस्थापन कार्यको लक्ष्य भनेको शैतानको राज्य-क्षेत्रमा रहेका मानिसहरूलाई पुन: प्राप्ति गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई त्याग्‍न होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्