परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९९

3 जुलाई 2022

जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्‍न र म, यहोवाको महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले भएको थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दिव्यदर्शन पायो, त्यो सबै उसकै विश्‍वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? मानिसहरूले तिनीहरूको विश्‍वासको कारण धेरै कुरा पाएका छन्, र त्यो सधैँ आशिष् नै हुँदैन। तिनीहरूले दाऊदले महसुस गरेको सुख र आनन्द नपाउन सक्छन्, वा मोशाले जस्तो यहोवाले दिनुभएको पानी नपाउन सक्छन्। उदाहरणको लागि, अय्यूबले आफ्नो विश्‍वासको कारण यहोवाद्वारा आशिष्‌ पाए, तर तिनले विपत्ति पनि भोगे। चाहे तँ आशिष्‌ पाएको व्यक्ति होस् वा विपत्ति भोगेको व्यक्ति, ती दुवै आशिषित घटनाहरू हुन्। बिनाविश्‍वास, तैँले यो विजयको काम प्राप्त गर्न सक्‍नेथिइनस्, आज तेरो आँखाअगाडि प्रकट गरिएका यहोवाका कामहरू देख्‍ने कुरा त परै जाओस्। तिमीहरूले देख्‍न सक्‍नेथिएनौ, तिमीहरूले ग्रहण गर्न सक्‍ने कुरा त परै जाओस्। यी प्रहारहरू, यी विपत्तिहरू, र यी सबै न्यायहरू—यदि ती तँ माथि आइलागेनन् भने, के तँ आज यहोवाका कामहरू देख्‍न सक्‍नेथिइस्? आज, विश्‍वासले नै तँलाई जित्‍न सकिने बनाउँछ, जितिएपछि नै तँ यहोवाको हरेक काममा विश्‍वास गर्न सक्‍ने हुन्छस्। विश्‍वासको कारणले नै तैँले त्यस्तो सजाय र न्याय पाउँछस्। यो सजाय र न्यायद्वारा, तँलाई जितिन्छ र सिद्ध बनाइन्छ। आज तैँले पाइरहेको यस किसिमको सजाय र न्यायविना, तेरो विश्‍वास व्यर्थ हुनेथियो, किनकि तैँले परमेश्‍वरलाई चिनेको हुँदैनथिइस्, तैँले उहाँमाथि जत्ति धेरै विश्‍वास गरे पनि, तेरो विश्‍वास वास्तवमा एउटा आधारहीन खाली अभिव्यक्ति मात्र रहनेथियो। तैँले तँलाई पूर्ण आज्ञाकारी बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्र, तेरो विश्‍वास सत्य र विश्‍वसनीय बन्छ, र तेरो हृदय परमेश्‍वरतिर फर्कन्छ। यदि तैँले यो “विश्‍वास” शब्दको कारण ठूलो न्याय र श्राप भोग्‍नुपर्‍यो भने पनि, तँसँग साँचो विश्‍वास हुन्छ र तैँले सबैभन्दा सत्य, सबैभन्दा वास्तविक र सबैभन्दा बहुमूल्य चीज पाउँछस्। यस्तो किन हुन्छ भने न्यायको क्रममा मात्र तैँले परमेश्‍वरका सृष्टिहरूको अन्तिम गन्तव्य देख्छस्; यो न्यायमा तैँले सृष्टिकर्तालाई प्रेम गरिनुपर्छ भनी बुझ्छस्; विजयको यस्तो काममा तैँले परमेश्‍वरको बाहुली देख्छस्; यो विजयमा तैँले मानव जीवनलाई पूर्ण रूपमा बुझ्छस्; यही विजयमा तैँले मानव जीवनको सही बाटो प्राप्त गर्छस् र “मानिस” को वास्तविक अर्थ बुझ्छस्; यो विजयमा मात्र तैँले सर्वशक्तिमान्‌को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी अनुहार देख्छस्; यही विजयको काममा तैँले मानिसको उत्पत्तिबारे जान्दछस् र मानवजातिको सारा “अमर इतिहास” लाई बुझ्छस्; यही विजयमा तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको सुरुआतबारे बुझ्छस्; यस विजयमा तैँले आनन्द र सान्त्वना पाउँछस्, साथै सृष्टिकर्ताबाट उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई दिइने अनन्त ताडना, अनुशासन कारबाही, र निन्दाका शब्दहरू प्राप्त गर्दछस्; यही विजयको काममा तैँले आशिष्‌हरू प्राप्त गर्दछस्, साथै मानिसले पाउनुपर्ने विपत्तिहरू प्राप्त गर्दछस्…। के यो सब तेरो थोरै विश्‍वासको कारणले गर्दा भएको होइन र? अनि के यी कुराहरू प्राप्त गरेपछि तेरो विश्‍वास बढेन र? के तैँले धेरै ठूलो मात्रामा प्राप्त गरेको छैनस् र? तैँले परमेश्‍वरको वचन सुनेको र परमेश्‍वरको ज्ञान देखेको मात्र छैनस्, तैँले त उहाँको कामको प्रत्येक चरणको व्यक्तिगत रूपमा अनुभव पनि गरेको छस्। हुन सक्छ, तैँले भन्छस् यदि तँमा विश्‍वास हुँदैनथ्यो भने, तैँले यस किसिमको सजाय वा यस किसिमको न्याय भोग्‍नुपर्नेथिएन। तर तँलाई थाहा हुनुपर्छ कि बिनाविश्‍वास, तैँले सर्वशक्तिमान्‌बाट यस किसिमको दण्ड वा यस किसिमको वास्ता प्राप्त गर्न नसक्‍ने मात्र थिइनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर सधैँका निम्ति गुमाउने पनि थिइस्। तैँले मानवजातिको उत्पत्तिको बारेमा कहिल्यै पनि जान्‍नेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै पनि बुझ्नेथिइनस्। यदि तेरो शरीर मरेर तेरो प्राण निस्केर गयो भने पनि, तैँले अझै सृष्टिकर्ताका सबै कार्यहरू बुझ्न सक्‍नेथिइनस्, सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति महान् काम गर्नुभयो भनी तैँले जान्‍ने कुरा त परै छाडौं। उहाँले बनाउनुभएको मानवजातिको सदस्यको रूपमा, के तँ अज्ञानी भएर यस प्रकारले अन्धकारमा पर्न र अनन्त दण्ड भोग्‍न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गर्छस् भने, तैँले कुन कुराको सामना गर्नेछस्? के तँ एकपल्ट वर्तमान न्यायबाट अलग भएपछि यो कठिन जीवनबाट उम्किन सक्छस् भनी विचार गर्छस्? यदि “यो ठाउँ” छोडिस् भने तैँले दियाबलसले दिने कष्टपूर्ण यातना वा क्रूर दुर्व्यवहारहरू सामना गर्नेछस् भन्‍ने कुरा सत्य होइन र? के तैँले असहनीय दिन र रातहरूको सामना गर्नुपर्ने हुन सक्छ? के आज तँ यो न्यायबाट उम्किस् भने, सधैँका लागि त्यो भविष्यको यातनालाई छल्न सक्छस् भनेर सोच्छस्? तेरो बाटोमा के आउँछ? के त्यो साँच्‍चै तैँले आशा गरेको साङ्ग्रिला हुन सक्छ? के तँलाई लाग्छ कि तँ आफूसँग अहिले भएको वास्तविकताबाट टाढा भागेर भविष्यको अनन्त सजायबाट उम्किन सक्छस्? आजको दिनपछि, के तैँले यस किसिमको मौका र यस किसिमको आशिष्‌ फेरि पाउन सक्‍नेछस्? तँमाथि विपत्ति आइपर्दा के तँ ती कुराहरू पाउन सक्‍नेछस्? सारा मानवजाति विश्राममा प्रवेश गर्दा के तँ ती कुराहरू प्राप्त गर्न सक्‍नेछस्? तेरो अहिलेको सुखी जीवन र तेरो सद्‌भावपूर्ण सानो परिवार—के ती तेरो भविष्यको अनन्त गन्तव्यको प्रतिस्थापना हुन सक्छ? यदि तँसँग साँचो विश्‍वास छ भने, र यदि तैँले आफ्नो विश्‍वासको कारण ठूलो कुरा प्राप्त गरिस् भने, तैँले—सृष्टि गरिएको प्राणीले—जे प्राप्त गर्नुपर्छ र तैँले पहिलो स्थानमा जे प्राप्त गर्नुपर्दछ, त्यो त्यही नै हो। त्यस्तो विजयभन्दा बढी कुनै कुरा पनि तेरो विश्‍वास र जीवनको लागि लाभदायक हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्