परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९८

3 जुलाई 2022

आज, म चीनमा परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका निम्ति काम गर्दछु, र यसले मलाई मैले भन्‍नुपर्ने सबै कुरा भन्‍ने सन्दर्भ प्रदान गर्दछ। पछि, जब म सम्पूर्ण ब्रह्माण्डमा विजय हासिल गर्ने अर्को चरणको काम सम्पन्‍न गर्दछु, मैले तिमीहरूमाथि गरेको मेरो न्यायलाई म सम्पूर्ण ब्रह्माण्डमा भएका सबैको अधार्मिकताहरूको न्याय गर्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधिहरू हौ। अगाडि बढ्न नसक्‍नेहरू केवल प्रतिभार र सेवा गर्ने वस्तुहरू बन्‍नेछन्, जबकि कदम अगि बढाउनेहरूलाई प्रयोगमा ल्याइनेछ। जो कदम अगि बढाउँदैनन् तिनीहरूले प्रतिभारको रूपमा मात्र काम गर्छन् भनेर म किन भन्छु त? किनभने मेरा वर्तमान वचनहरू र काम सबै तिमीहरूको पृष्ठभूमितिर लक्षित छन् अनि तिमीहरू सारा मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधि र प्रतीक बनेका छौ। पछिबाट, तिमीहरूलाई जित्‍ने यी वचनहरूलाई म पराई देशहरूमा लैजानेछु, र त्यहाँका सारा मानिसहरूलाई जित्‍न ती प्रयोग गर्नेछु, तैपनि तिमीहरूले तिनीहरूलाई प्राप्त गरेका हुनेछैनौ। के त्यसले तँलाई प्रतिभार बनाउँदैन र? सारा मानवजातिको भ्रष्ट स्वभाव, मानिसको विद्रोही कार्य, र मानिसको कुरूप छवि र अनुहार—यी सबै नै आज तिमीहरूलाई जित्‍न प्रयोग गरिएका वचनहरूमा अभिलेख गरिएका छन्। अनि म यी वचनहरू हरेक राष्ट्र र हरेक सम्प्रदायका मानिसहरूलाई जित्‍न प्रयोग गर्नेछु, किनकि तिमीहरू प्रारूप र नजिर हौ। तर, मैले जानाजानी तिमीहरूलाई त्याग्‍न लागेको थिइनँ; यदि तँ आफ्नो खोजीमा राम्रो गर्न असफल हुन्छस् र त्यसरी तँ निको नहुने साबित हुन्छस् भने, के तँ केवल सेवा गर्ने वस्तु र प्रतिभार हुँदैनस् र? मैले एकपटक भनेँ कि मेरो बुद्धि शैतानका योजनाहरूको आधारमा प्रयोग गरिन्छ। मैले किन त्यसो भनेँ त? के मैले अहिले भनिरहेको र गरिरहेको कुराको पछि रहेको सत्यता यही होइन र? यदि तँ अगि बढ्न सक्दैनस् भने, यदि तँ सिद्ध बनाइएको छैनस्, बरु त्यसको साटो दण्ड पाएको छस् भने, के तँ प्रतिभार बन्दैनस् र? तैँले आफ्नो समयमा धेरै दुःख भोगेको छस् होला, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र तैँले भित्रैदेखि जीवन प्राप्त गरेको छैनस्। जब तेरो कामको जाँच गर्ने समय आउँछ, तैँले आगोजस्तो कठोर जाँच र अझ ठूलो सङ्कष्टको अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण अस्तित्वलाई खरानी बनाउनेछ। कुनै जीवन नभएको व्यक्ति, भित्रपट्टि अलिकति पनि शुद्ध चीज नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, प्रतिभारको रूपमा एउटै पनि राम्रो काम गर्न नसक्‍ने व्यक्तिको रूपमा, तँलाई किन हटाइँदैन होला र? के एक पैसाभन्दा कम मूल्य भएको व्यक्ति, अनि जीवन नै नभएको व्यक्ति विजयको कामको लागि कुनै काम लाग्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछ! त्यस बेला तेरो प्रार्थनाले तेरो निम्ति कुनै राम्रो गर्नेछैन। मुक्तिको काम पहिल्यै समाप्त भइसकेपछि, तँ पछि आएर फेरि कसरी नयाँ गरी पश्‍चाताप सुरु गर्न सक्छस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआत मात्र हुनेछ। तँ प्रतिकार गर्छस्, तँ विद्रोह गर्छस्, र तँ ती कुरा गर्छस् जुन दुष्कर्म हुन् भनी तँलाई थाहा छ। के तँ कठोर दण्डको भागीदार होइनस् र? मैले आज यी कुराहरू तँलाई भन्दै छु। यदि तँ सुन्‍न अस्वीकार गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, त्यस बेला पछुतो गर्न सुरु गर्नु र विश्‍वास गर्न थाल्नु के धेरै ढिलो हुनेछैन र? आज म तँलाई पश्‍चाताप गर्ने मौका दिँदै छु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के सजाय पाउने दिनसम्म? मलाई आज तेरो विगतका अपराधहरूको सम्झना छैन; म तँलाई तेरो नकारात्मक पक्षलाई नहेरी तेरो सकारात्मक पक्षलाई मात्र हेरेर बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचनहरू र काम तँलाई मुक्त गर्नका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी कदर गर्ने त्यो जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी सजाय मात्र पर्खेर बसिरहेका हुँदैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्