परमेश्‍वरका दैनिक वचनहरू | “देहधारणको रहस्य (२)” | अंश १८७

16 अप्रील 2021

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला त्यसो गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु। अविश्‍वासीहरू यसबारे पूर्ण रूपमा अनजान छन्। तिमीहरूको बीचको मेरो काम बाहिरकाहरूका लागि बन्द छ। यी वचनहरू, यी सजाय र न्यायहरू, तिमीहरूलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन। यी सबै काम तिमीहरूको बीचमा गरिन्छ र तिमीहरूकै निम्ति खुलासा गरिन्छ; अविश्‍वासीहरूमध्ये कसैले पनि यो कुरा जान्दैन, किनकि समय अझ आइपुगेको छैन। यहाँका यी मानिसहरू सजाय सहेपछि पूर्ण बनाउन लागिएका छन्, तर बाहिरकाहरूलाई यसबारे केही पनि थाहा छैन। यो काम धेरै नै लुकेको छ! उनीहरूका लागि, देहधारी परमेश्‍वर लुक्नुभएको छ, तर यस प्रवाहमा हुनेहरूका लागि उहाँ खुला हुनुहुन्छ भनी भन्न सकिन्छ। परमेश्‍वरमा सबै खुला छन्, सबै प्रकट भएको छ, र सबै स्वतन्त्र पारिएको छ, तैपनि यो कुरा उहाँमा विश्‍वास गर्नेहरूका लागि मात्र सत्य छ; जहाँसम्म बाँकी मानिसहरू, अर्थात् अविश्‍वासीहरूको कुरा छ, उनीहरूलाई केही पनि थाहा दिइएको छैन। अहिले तिमीहरूको बीचमा र चीनमा भइरहेको काम तिनीहरूलाई जान्न नदिनका निम्ति कडाइका साथ बन्द छ। यदि उनीहरूले यस कामको बारेमा थाहा पाए भने, उनीहरूले यसलाई दोषी ठहर्नेछन् र त्यसको निम्ति सतावट गर्नेछन्। उनीहरूले यसमा विश्‍वास गर्नेथिएनन्। ठूलो रातो अजिङ्गरको देशमा, यो सबैभन्दा पछौटे स्थानमा काम गर्नु सजिलो छैन। यदि यो कामलाई खुला गरिएको भए, यसलाई अगाडि बढाउन असम्भव हुनेथियो। कामको यो चरण यस ठाउँमा पूरा गर्न सकिँदै-सकिँदैन। यदि यो काम खुला रूपमा गर्ने हो भने उनीहरूले यसलाई कसरी अगाडि बढ्न दिन सक्थे? के त्यसले कामलाई अझ बढी जोखिममा पार्नेथिएन र? यदि यो काम लुकाइएको थिएन, बरु येशूको समयमा जस्तो उहाँले आश्‍चर्यजनक रूपमा बिरामीहरूलाई निको पार्दै र दुष्टात्माहरू निकाल्दै गरिएको थियो भने, के धेरै पहिला नै भूतात्माहरूद्वारा “कैदी” बनाइने थिएन र? के उनीहरूले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्नेथिए र? यदि अहिले मैले सभाघरहरूमा पसेर त्यहाँ प्रचार गरेँ र मानिसहरूलाई भाषण दिएँ भने के म धेरै पहिले नै टुक्रा-टुक्रा पारिनेथिइनँ र? यदि त्यस्तो हुन्थ्यो भने, मेरो काम कसरी भइरहन सक्थ्यो र? खुल्लमखुल्ला कुनै चिन्ह र चमत्कारहरू प्रकट नगरिनुको कारण यसलाई लुकाउनका लागि नै हो। यसैले, अविश्‍वासीहरूले मेरो काम देख्न, जान्न, वा थाहा पाउन सक्दैनन्। यदि यो चरणको काम पनि अनुग्रहको युगमा येशूको जस्तै गरी गरिएको भए, यो अहिलेको जस्तो स्थिर हुन सक्दैनथियो। यसैले, यस तरिकाले गोप्य रूपमा काम गर्नु तिमीहरूका लागि र सम्पूर्ण कामका लागि फाइदाजनक छ। जब पृथ्वीमा परमेश्‍वरको काम समाप्त हुन्छ, अर्थात् जब यो गुप्त कार्य समाप्त हुन्छ, तब कामको यो चरण खुला रूपमा विस्फोट हुनेछ। चीनमा विजेताहरूको एउटा समूह छ भनी सबैले थाहा पाउनेछन्; र परमेश्‍वर चीन देशमा देहधारी हुनुभएको छ र उहाँको काम समाप्त भएको छ भनी सबैले थाहा पाउनेछन्। त्‍यसपछि मात्रै मानिसले यो कुरा देख्‍नेछ: चीनले अझै पनि किन ह्रास वा पतन देखाउनु बाँकी छ? के देखिन्छ भने, परमेश्‍वरले चीनमा व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको छ र मानिसहरूको एउटा समूहलाई विजेताहरू बन्न सिद्ध पार्नुभएको छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्