परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५०

20 अप्रिल 2021

सुरुमा परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, अनि उहाँले सर्पलाई पनि सृष्टि गर्नुभयो। सबै कुरामध्ये, त्यो सर्प सबैभन्दा विषालु थियो; त्यसको शरीरमा विष थियो, जसको फाइदा लिन शैतानले त्यसको प्रयोग गर्‍यो। हव्‍वालाई पाप गर्न लगाउन परीक्षा गर्ने सर्प नै थियो। हव्‍वापछि आदमले पाप गरे, र त्यसपछि तिनीहरू दुवैले असल र खराब छुट्याउन सके। यदि सर्पले हव्‍वालाई परीक्षा गर्ने थियो र हव्‍वाले आदमलाई परीक्षा गर्ने थियो भन्‍ने यहोवालाई थाहा थियो भने, किन उहाँले तिनीहरू सबैलाई बगैँचाभित्रै राख्‍नुभयो? यदि उहाँले यी कुराबारे पूर्वानुमान गर्न सक्‍नुभएको थियो भने, उहाँले किन सर्पलाई सृष्टि गरेर अदनको बगैँचामा राख्‍नुभयो? किन अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूखको फल थियो? के तिनीहरूले खाऊन् भन्‍ने आसय उहाँको थियो? जब यहोवा आउनुभयो, न त आदमले न त हव्‍वाले उहाँको सामना गर्न सके, अनि तिनीहरू असल र खराबको ज्ञान दिने रूखको फल खाएर सर्पको छलको सिकार बनेका छन् भन्‍ने कुरा यहोवाले त्यसपछि मात्रै थाहा पाउनुभयो। आखिरमा, उहाँले सर्पलाई श्राप दिनुभयो, अनि उहाँले आदम र हव्‍वा दुवैलाई पनि श्राप दिनुभयो। ती दुईले रूखको फल खाँदैछन् भन्‍ने कुरा यहोवालाई थाहा थिएन। मानवजाति यति हदसम्‍म दुष्टता र यौनजन्य रूपमा छाडा भए कि, तिनीहरूको हृदयमा बास गर्ने सबै कुरा दुष्ट र अधर्म मात्रै थिए; यी सबै फोहोर थिए। त्यसकारण, मानवजातिलाई सृष्टि गरेकोमा यहोवा पछुताउनुभयो। त्यसपछि, उहाँले संसारलाई जल-प्रलयद्वारा नष्ट गर्ने कार्य अघि बढाउनुभयो, जसमा नोआ र उनका छोराहरू बाँचे। कतिपय कुराहरू वास्तवमा मानिसहरूले कल्‍पना गरे जत्तिको बृहत् र अलौकिक हुँदैनन्। कतिले सोध्छन्, “प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिनेछ भन्‍ने परमेश्‍वरले जान्‍नुहुन्थ्यो भने, उहाँले त्यसलाई किन सृष्टि गर्नुभयो?” ती तथ्यहरू यसप्रकार छन्: पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो। स्वर्गका सारा स्वर्गदूतहरूमाथि त्यसको क्षेत्राधिकार थियो; परमेश्‍वरले त्यसलाई प्रदान गर्नुभएको अख्तियार यही नै थियो। परमेश्‍वरबाहेक, स्वर्गका स्वर्गदूतहरूमध्ये त्यो नै सबैभन्दा महान् थियो। पछि, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि, तल पृथ्वीमा त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको विरुद्धमा अझै ठूलो षड्यन्त्र गर्‍यो। म के भन्छु भने, त्यसले मानवजातिलाई व्यवस्थापन गर्न र परमेश्‍वरको अख्तियारलाई नाघ्‍न चाहेकोले त्यसले परमेश्‍वरलाई धोका दियो। हव्‍वालाई परीक्षा गरी पाप गर्न लगाउने त्यही प्रधान स्‍वर्गदूत थियो, र त्यसले त्यसो गर्‍यो किनभने त्यो, पृथ्वीमा आफ्‍नो राज्य स्थापना गर्न र मानिसहरूले परमेश्‍वरलाई आफ्‍नो पिठ्यूँ फर्काएर उहाँको सट्टा उसको आज्ञापालन गर्ने तुल्याउन चाहन्थ्यो। धेरै कुराहरूले त्यसको आज्ञापालन गर्न सक्छन्—पृथ्वीका मानिसहरूले जस्तै स्वर्गदूतहरूले पनि त्यसो गर्न सक्छन् भन्‍ने त्यस प्रधान स्‍वर्गदूतले देख्यो। आदम र हव्‍वाले त्यस प्रधान स्‍वर्गदूतको आज्ञा पालन गरेको बेला, चराचुरुङ्गी र वनपशुहरू, रूखहरू, जङ्गलहरू, पहाड-पर्वत, खोलानाला, र पृथ्वीमा भएका सबै कुरा मानवजाति अर्थात् आदम र हव्‍वाको हेरचाहमा थियो। त्यसकारण, त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको अख्तियारलाई नाघ्‍ने र परमेश्‍वरलाई धोका दिने इच्‍छा गर्‍यो। त्यसपछि, त्यसले धेरै स्वर्गदूतहरूलाई परमेश्‍वरको विरुद्ध विद्रोह गर्न उक्सायो, जो पछि विभिन्‍न प्रकारका अशुद्ध आत्‍माहरू बने। के आजसम्‍मको मानवजातिको विकास प्रधान स्‍वर्गदूतको भ्रष्टताले नै पैदा गरेको होइन र? मानवजाति आज जस्तो छ त्यो प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दिएर मानवजातिलाई भ्रष्ट तुल्याएको कारणले गर्दा नै हो। यो चरणबद्ध कार्य मानिसहरूले कल्‍पना गरेजस्तो अमूर्त र सरल छँदै-छैन। शैतानले कुनै कारणले धोका दियो, तैपनि त्यति सरल तथ्यलाई बुझ्‍न मानिसहरू असमर्थ छन्। स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने परमेश्‍वरले किन शैतानलाई पनि सृष्टि गर्नुभयो? परमेश्‍वरले शैतानलाई अत्यन्तै धेरै घृणा गर्नुहुन्छ, र शैतान उहाँको शत्रु हो, त्यसो हुँदा-हुँदै पनि किन उहाँले शैतानलाई सृष्टि गर्नुभयो? शैतानको सृष्टि गरेर, के उहाँले शत्रुको सृष्टि गर्दै हुनुहुन्‍नथियो र? परमेश्‍वरले वास्तवमा शत्रुको सृष्टि गर्नुभएको थिएन; बरु, स्वर्गदूत सृष्टि गर्नुभएको थियो, र पछि त्यो स्वर्गदूतले उहाँलाई धोका दियो। त्यसको हैसियत वृद्धि भएर यति महान् भयो कि त्यसले परमेश्‍वरलाई नै धोका दिन चाह्यो। यो संयोग थियो भनेर भन्‍न सकिन्छ, तर यो एउटा अपरिहार्य कुरा पनि थियो। कुनै व्यक्ति निश्‍चित बिन्दुसम्‍म परिपक्‍व भइसकेपछि कसरी आखिरमा मर्छ यो त्यस्तै छ; कामकुराहरू विकास हुँदै त्यो चरणमा पुगे। कतिपय विवेकहीन मूर्खहरू भन्छन्, “शैतान तपाईंको शत्रु हो भने, तपाईंले किन त्यसको सृष्टि गर्नुभयो? त्यस प्रधान स्‍वर्गदूतले तपाईंलाई धोका दिनेछ भन्‍ने तपाईंलाई थाहा थिएन र? के तपाईंले अनन्तदेखि अनन्तसम्‍म देख्‍न सक्‍नुहुन्‍न र? के तपाईंलाई त्यस प्रधान स्‍वर्गदूतको स्वभाव थाहा थिएन र? त्यसले तपाईंलाई धोका दिनेछ भन्‍ने तपाईंलाई स्पष्ट रूपमा थाहा हुँदाहुँदै, तपाईंले किन त्यसलाई प्रधान स्‍वर्गदूत बनाउनुभयो? त्यसले तपाईंलाई धोका मात्रै दिएन, तर त्यसले आफूसँग अरू धेरै स्वर्गदूतहरूलाई लिएर मरणशीलहरूको संसारमा मानवजातिलाई भ्रष्ट तुल्याउन ओर्ल्यो, तैपनि आजको दिनसम्‍मै, तपाईंले अझै आफ्‍नो छ हजार वर्षे व्यवस्थापन योजना पूरा गर्न सक्‍नुभएको छैन।” के यी शब्‍दहरू सही छन् त? जब तँ यसरी विचार गर्छस्, के तैँले आफैलाई आवश्यकताभन्दा बढी समस्याबाट गुजारिरहेको हुँदैनस् र? अरू यसो भन्‍नेहरू पनि छन्, “आजको दिनसम्‍मै शैतानले मानवजातिलाई भ्रष्ट नतुल्याएको भए, परमेश्‍वरले मानवजातिलाई यसरी मुक्तिमा ल्याउनुहुने थिएन। तसर्थ, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता अदृश्य हुनेथियो; उहाँको बुद्धि कहाँ प्रकट गरिनेथियो र? त्यसकारण, परमेश्‍वरले मानवजातिलाई शैतानको लागि सृष्टि गर्नुभयो ताकि उहाँले पछि आफ्‍नो सर्वशक्तिमान्‌ता प्रकट गर्न सकून्—अन्यथा, मानिसले कसरी परमेश्‍वरको बुद्धि पत्ता लगाउन सक्थ्यो र? यदि मानिसले परमेश्‍वरको विरोध नगरेको भए वा उहाँ विरुद्ध विद्रोह नगरेको भए, उहाँका कार्यहरू प्रकट गर्नु आवश्यक नै हुने थिएन। यदि सारा सृष्टिले उहाँको आराधना गर्नु र उहाँमा समर्पित हुनु थियो भने, परमेश्‍वरसँग कुनै काम नै हुनेथिएन।” यो त झन् वास्तविकताभन्दा अझै परको कुरा हो, किनभने परमेश्‍वरमा केही पनि अशुद्धता छैन, त्यसकारण उहाँले अशुद्धताको सृष्टि गर्न सक्‍नुहुन्‍न। उहाँले अहिले आफ्‍नो शत्रुलाई जित्‍न, आफूले सृष्टि गर्नुभएका मानिसहरूलाई मुक्त गर्न, अनि उहाँलाई घृणा गर्ने, धोका दिने, र विरोध गर्ने, अनि प्रारम्‍भमा उहाँको प्रभुत्वमा र उहाँको स्वामित्वमा रहेका भूतात्‍माहरू र शैतानलाई जित्‍नको लागि मात्रै आफ्‍ना कार्यहरू प्रकट गर्नुहुन्छ। परमेश्‍वरले यी भूतात्‍माहरूलाई हराउन र त्यस क्रममा, उहाँको सर्वशक्तिमान्‌ता सबै थोकलाई प्रकट गर्न चाहनुहुन्छ। मानवजाति र पृथ्वीमा भएका सबै कुरा अहिले शैतानको राज्यक्षेत्रमा छ र दुष्टको राज्यक्षेत्रको अधीनमा छ। मानिसहरूले उहाँलाई चिन्‍न सकून् भनेर परमेश्‍वरले सबै कुरालाई आफ्‍ना कार्यहरू प्रकट गर्न चाहनुहुन्छ, र त्यसद्वारा शैतानलाई हराउन र उहाँका शत्रुहरूलाई पूर्ण रूपमा जित्‍न चाहनुहुन्छ। यो कार्यको पूर्णतालाई उहाँका कार्यहरूको प्रकटद्वारा पूरा गरिन्छ। उहाँका सारा सृष्टि शैतानको राज्यक्षेत्रमा छ, त्यसकारण परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो सर्वशक्तिमान्‌ता प्रकट गर्न चाहनुहुन्छ, जसद्वारा शैतानलाई हराउन चाहनुहुन्छ। यदि शैतान नै हुँदैनथियो भने, उहाँले आफ्‍ना कार्यहरू प्रकट गर्नु आवश्यक हुनेथिएन। शैतानले उत्पीडन नगरेको भए, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरेर तिनीहरूलाई अदनको बगैँचामा नै जिउन अगुवाइ गर्नुहुनेथियो। शैतानले धोका दिनुभन्दा पहिले, किन परमेश्‍वरले स्वर्गदूतहरूलाई वा प्रधान स्‍वर्गदूतलाई आफ्‍ना कार्यहरू कहिल्यै प्रकट गर्नुभएन? यदि प्रारम्‍भमा, सबै स्वर्गदूतहरू र प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई चिनेको र त्यो उहाँमा समर्पित भएको भए, परमेश्‍वरले ती अर्थहीन कार्यहरू गर्नुहुनेथिएन। शैतान र भूतात्‍माहरूको अस्तित्वको कारणले, मानिसहरूले पनि परमेश्‍वरको विरोध गरेका छन्, र तिनीहरू विद्रोही स्वभावले भरिएका छन्। त्यसकारण, परमेश्‍वर आफ्ना कार्यहरू प्रकट गर्न चाहनुहुन्छ। उहाँले शैतानसँग युद्ध गर्न चाहनुहुने भएकाले, त्यसलाई हराउन उहाँले आफ्ना अख्‍तियार र सबै कार्यहरू प्रयोग गर्नुपर्छ; यसरी उहाँले मानिसहरूबीच गर्नुहुने मुक्तिको कामले तिनीहरूलाई उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता देख्‍ने तुल्याउनेछ। आज परमेश्‍वरले गर्दैगर्नुभएको काम अर्थपूर्ण छ, र कतिपय मानिसहरूले यसो भन्‍ने क्रममा जे भन्छन् त्यससँग त्यसले कुनै पनि हालतमा मेल खाँदैन, “के तपाईंले गर्नुहुने काम विरोधाभासपूर्ण छैन र? के कामको यो चरण तपाईंको आफ्‍नै लागि समस्या पैदा गर्ने अभ्यास मात्रै होइन र? तपाईंले शैतानको सृष्टि गर्नुभयो, र त्यसपछि तपाईंलाई धोका दिन र विरोध गर्न त्यसलाई अनुमति दिनुभयो। तपाईंले मानव सृष्टि गर्नुभयो, त्यसपछि आदम र हव्‍वालाई परीक्षामा पर्न दिँदै तिनीहरूलाई शैतानको हातमा सुम्‍पनुभयो। तपाईंले यी सबै कुरा उद्देश्य राखेर नै गर्नुभयो भने, किन अझै पनि मानवजातिलाई घृणा नै गर्नुहुन्छ? तपाईंले किन शैतानलाई घृणा गर्नुहुन्छ? के यी सबै तपाईंले नै बनाउनुभएको होइन र? तपाईंले घृणा गर्नुपर्ने के कारण छ र?” कतिपय मूर्ख मानिसहरूले मात्रै त्यस्ता कुराहरू भन्छन्। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्‍छा गर्छन्, तर भित्र गहिराइमा, परमेश्‍वरबारे गुनासो गर्छन्। कस्तो विरोधाभास! तैँले सत्यतालाई बुझ्दैनस्, तँसँग अत्यन्तै धेरै अलौकिक विचारहरू छन्, अनि परमेश्‍वरले गल्ती गर्नुभयो भनेर समेत तँ दाबी गर्छस्—तँ कति मूर्ख छस्! सत्यतासँग खेलबाड गर्ने तँ नै होस्; परमेश्‍वरले गल्ती गर्नुभएको होइन! कतिपय मानिसहरू घरीघरी गुनासो समेत गर्छन्, “शैतानलाई सृष्टि गर्ने तपाईं नै हुनुहुन्छ, अनि त्यसलाई मानिसहरूमाझ झार्ने र तिनीहरूलाई त्यसको हातमा सुम्पने तपाईं नै हुनुहुन्छ। मानिसहरूले शैतानी स्वभाव प्राप्त गरेपछि, तपाईंले तिनीहरूलाई क्षमा दिनुभएन; त्यसको विपरीत, तपाईंले तिनीहरूलाई निश्‍चित हदसम्‍म घृणा गर्नुभयो। सुरुमा तपाईंले तिनीहरूलाई निश्‍चित हदसम्‍म प्रेम गर्नुभयो, तर अहिले तपाईं तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। मानवजातिलाई घृणा गर्ने तपाईं नै हुनुहुन्छ, तैपनि मानवजातिलाई प्रेम गर्ने पनि तपाईं नै हुनुहुन्छ। वास्तवमा यहाँ के भइरहेको छ? के यो विरोधाभास होइन र?” तिमीहरूले यसलाई जसरी हेरे तापनि, स्वर्गमा यही भएको हो; यसरी नै प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो र मानवजाति भ्रष्ट भयो, अनि मानवजाति आजसम्‍म पनि यस्तै छ। तिमीहरूले यसलाई जसरी बताए पनि, सम्पूर्ण कथा त्यही नै हो। तैपनि, परमेश्‍वरले आज गरिरहनुभएको यो कामको पछाडि रहेको सम्पूर्ण उद्देश्य भनेको तिमीहरूलाई मुक्त गर्नु र शैतानलाई पराजित गर्नु हो भन्‍ने तिमीहरूले बुझ्‍नैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्