परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २३०

26 नोभेम्बर 2022

परमेश्‍वरका सबै वचनमा उहाँको स्वभावको केही अंश हुन्छ। उहाँको स्वभावलाई पूर्ण रूपले शब्दहरूमा व्यक्त गर्न सकिँदैन। यो कुरा उहाँभित्र कति प्रचुरता छ भनी देखाउन पर्याप्त छ। मानिसहरूले जे देख्न र छुन सक्छन् त्यो आखिर तिनीहरूको क्षमताजस्तै सीमित छ। परमेश्‍वरका वचनहरू स्पष्ट भए तापनि, मानिसहरूले ती पूर्ण रूपमा बुझ्न सक्दैनन्। उदाहरणको लागि, यी वचनहरूलाई नै लिऔं: “बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ!” परमेश्‍वरका सबै वचनमा उहाँको अस्तित्व हुन्छ, र सबै मानिसलाई यी वचनबारे थाहा भए पनि, कसैले कहिल्यै तिनका अर्थ जानेका छैनन्। परमेश्‍वरका नजरमा, उहाँको प्रतिरोध गर्ने सबै नै उहाँका शत्रु हुन्, अर्थात्, दुष्ट आत्माहरू भएका पशु हुन्। यसबाट, मण्डलीको साँचो स्थितिलाई अवलोकन गर्न सकिन्छ। सबै मानिस परमेश्‍वरका वचनद्वारा प्रज्वलित हुन्छन्, र यस ज्योतिमा तिनीहरूले अरूको उपदेश वा ताडना वा प्रत्यक्ष निष्कासन नभोगी, काम गर्ने अन्य मानवशैलीहरूको वशमा नपरी, र अन्य व्यक्तिहरूले औँल्याउने कार्यमा नपरी, आफैले आफ्नो जाँच गर्छन्। “सूक्ष्म दृष्टिकोण” बाट तिनीहरूले आफूभित्र वास्तवमा कति धेरै रोगीपन छ भनी एकदमै स्पष्ट रूपमा देख्छन्। परमेश्‍वरका वचनहरूमा हरेक किसिमको आत्मालाई त्यसको मौलिक स्वरूपमा वर्गीकृत र प्रकट गरिन्छ; यसरी स्वर्गदूतका आत्माहरू झन्-झन् प्रज्वलित र अन्तर्दृष्टियुक्त हुन्छन्, यसकारण परमेश्‍वरको वचनले भन्छ, “तिनीहरूले फेरि त्यो पवित्रता प्राप्त गरेका छन्, जुन एकचोटि तिनीहरूसँग थियो।” यी वचनहरू परमेश्‍वरले हासिल गर्नुभएको अन्तिम नतिजामा आधारित छन्। हाललाई, अवश्य नै त्यो नतिजा हासिल गर्न सकिँदैन—यो त केवल भावी नतिजाहरूको अग्रिम झलक हो, जसबाट परमेश्‍वरको इच्छालाई देख्न सकिन्छ। असङ्ख्य मानिसहरू परमेश्‍वरका वचनहरूभित्र चकनाचूर हुन्छन् र पवित्रकरणको क्रमिक प्रक्रियामा सबै मानिस पराजित हुनेछन् भनी देखाउन यी वचनहरू नै काफी छन्। यहाँ “हिलोमा पुरिएको छ” भन्ने वाक्यांश परमेश्‍वरले संसारलाई आगोले विनाश गर्नुभएको कुरासँग विरोधाभासपूर्ण छैन र “बिजुली” ले परमेश्‍वरको क्रोधलाई जनाउँछ। जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछन्। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति जगमगाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात्, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ। स्वर्ग सहनै नसकिने गरी निर्जन हुनेछैन, बरु यसले संसारको सृष्टि भएदेखि आफूसँग नभएको जीवन्तता फेरि प्राप्त गर्नेछ, र जब परमेश्‍वरले नयाँ जीवनको सुरुवात गर्नुहुन्छ तब “छैटौँ दिन” को आगमन हुनेछ। परमेश्‍वर र मानवजाति दुवै विश्राममा प्रवेश गर्नुहुनेछ, अनि ब्रह्माण्ड तबउप्रान्त धमिलो र फोहोरी हुनेछैन, बरु नवीन बन्नेछ। यही कारणले गर्दा परमेश्‍वरले भन्नुभयो, “पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन।” स्वर्गको राज्यमा कहिल्यै पनि अधर्मीपन वा मानव संवेगहरू, वा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव रहेका छैनन् किनभने त्यहाँ शैतानको वाधा छैन। “मानिसहरू” सबैले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, अनि स्वर्गको जीवन खुसीले भरिपूर्ण हुन्छ। स्वर्गमा हुनेहरू सबैमा परमेश्‍वरको बुद्धि र प्रतिष्ठा हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १८

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्