परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९

30 नोभेम्बर 2022

परमेश्‍वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू

केही यस्ता मानिसहरू छन् जसको विश्‍वासलाई परमेश्‍वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वरले तिनीहरूलाई उहाँलाई पछ्याउनेहरूको रूपमा पहिचान गर्नुहुन्न, किनभने उहाँले तिनीहरूका विश्‍वासको निम्ति तिनीहरूलाई स्याबासी दिनुहुन्न। यी मानिसहरूको सवालमा, तिनीहरूले परमेश्‍वरलाई जति नै धेरै वर्ष पछ्याएको भए तापनि, तिनीहरूका विचार र दृष्टिकोणहरू कहिल्यै परिवर्तन भएका हुँदैनन्; तिनीहरू अविश्‍वासीहरूका सिद्धान्तहरू र काम गर्ने तौरतरिकाहरूलाई अनि अविश्‍वासीहरूको अस्तित्व र विश्‍वास सम्बन्धी कानुनहरूलाई पालना गर्ने अविश्‍वासीहरू जस्ता हुन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा लिएका छैनन्, कहिल्यै पनि परमेश्‍वरको वचनलाई सत्यताको रूपमा विश्‍वास गरेका छैनन्, कहिल्यै पनि परमेश्‍वरबाट मुक्ति स्वीकार गर्न चाहेका छैनन्, र कहिल्यै पनि परमेश्‍वरलाई तिनीहरूको परमेश्‍वरको रूपमा पहिचान गरेका छैनन्। तिनीहरूले उहाँलाई केवल आत्मिक जीवन-आधारको रूपमा लिँदै परमेश्‍वरमाथिको विश्‍वासलाई कुनै प्रकारको अव्यवसायी सोखको रूपमा हेर्छन्; त्यसैले तिनीहरूले परमेश्‍वरको स्वभाव वा सारलाई प्रयास गरेर बुझ्‍न लायक कुरो नै सम्झँदैनन्। साँचो परमेश्‍वरसँग सम्‍बन्धित हुने सबै कुराहरूसँग यी मानिसहरूको कुनै सम्बन्ध हुँदैन; तिनीहरूसँग परवाह गर्ने रुचि नै हुँदैन, न त तिनीहरूलाई परवाह गर्न लगाउन नै सकिन्छ। यस्तो हुन्छ किनभने तिनीहरूको हृदयभित्रको अन्तस्करणमा एक तीव्र आवाज हुन्छ जसले तिनीहरूलाई सधैँ भन्ने गर्छ, “परमेश्‍वर अदृश्य र अस्पर्शनीय हुनुहुन्छ र उहाँ अस्तित्वमा हुनुहुन्‍न।” तिनीहरूले यस प्रकारको परमेश्‍वरलाई बुझ्ने प्रयास गर्नु तिनीहरूको प्रयत्नको लायक नै छैन भन्ने विश्‍वास गर्छन् र त्यसो गरेर तिनीहरूले आफूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। तिनीहरू विश्‍वास गर्छन् कि तिनीहरूले कुनै पनि वास्तविक निर्णय नलिइकनै वा वास्तविक कार्यमा आफूलाई नलगाइकनै परमेश्‍वरप्रति केवल शब्दहरूद्वारा आभार प्रकट गरेर तिनीहरू निकै नै चलाख बनेका छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? उहाँले तिनीहरूलाई अविश्‍वासीहरूको रूपमा हेर्नुहुन्छ। केही मानिसहरूले सोध्छन्, “के अविश्‍वासीहरूले परमेश्‍वरका वचनहरू पढ्न सक्छन्? के तिनीहरूले तिनीहरूका कर्तव्यहरू पूरा गर्न सक्छन्? के तिनीहरूले ‘म परमेश्‍वरको लागि जिउँछु’ भन्ने वचन बोल्न सक्छन्?” मानिसहरूले प्रायजसो देख्ने कुरा भनेको मानिसहरूले सतही रूपमा प्रदर्शन गरेका कुराहरू हुन्; तिनीहरूले मानिसहरूका सारहरूलाई देख्दैनन्। तथापि, परमेश्‍वरले यी सतही प्रदर्शनहरूलाई हेर्नुहुन्न, उहाँले तिनीहरूको भित्री सारलाई मात्र हेर्नुहुन्छ। यसर्थ, यी मानिसहरूप्रति परमेश्‍वरले राख्नुहुने आचरण र परिभाषा यस्तै प्रकारका हुन्छन्। यी मानिसहरू भन्छन्, “परमेश्‍वरले किन यो गर्नुहुन्छ? परमेश्‍वरले किन त्यो गर्नुहुन्छ? म यो बुझ्न सक्दिनँ; म त्यो बुझ्न सक्दिनँ; यो मानव धारणाहरूसँग मेल खाँदैन; तैँले मलाई बताउनैपर्छ…।” यसको जबाफको रूपमा म सोध्छु, के यी कुराहरू तँलाई मैले बताउन जरुरी छ? के यी कुराहरू वास्तवमा तँसँग कुनै पनि हिसाबले सम्बन्धित छन्? तैँले तँ को होस् भन्ने ठान्छस्? तँ कहाँबाट आइस्? के तँ परमेश्‍वरलाई सुझाव दिन साँच्चै योग्य छस्? के तँ उहाँमा विश्‍वास गर्छस्? के उहाँले तेरो विश्‍वास स्वीकार गर्नुहुन्छ? परमेश्‍वरसँग तेरो विश्‍वासको कुनै सम्बन्ध नभएको हुनाले, उहाँका कामहरूमा तेरो के सरोकार छ? तँलाई आफू परमेश्‍वरको हृदयमा कहाँ छु भन्ने नै थाहा छैन, त्यसैले तँ कसरी उहाँसँगको वार्तालापमा संलग्न हुन योग्य छस्?

अर्तीका वचनहरू

के तिमीहरू यी टिप्पणीहरू सुनेपछि असहज महसुस गर्दैनौ? तिमीहरू कि त तिनलाई सुन्न कि त तिनलाई स्वीकार गर्न अनिच्छुक हुनसक्‍ने भए तापनि तिनीहरू सबै तथ्यहरू हुन्। कामको यो चरण भनेको परमेश्‍वरले काम गर्नको लागि हो, त्यसैले यदि तँ उहाँका अभिप्रायहरूप्रति सरोकार राख्दैनस् भने, उहाँको आचरणको बारेमा परवाह गर्दैनस् भने र उहाँको सार र स्वभावलाई बुझ्दैनस् भने, अन्ततः तँ अवसरबाट वन्‍चित हुने व्यक्ति बन्नेछस्। मेरा वचनहरू सुन्न गाह्रो भएकोमा दोष नदेओ, र तिनले तिमीहरूको उत्साहलाई चिस्याइदिएकोमा दोष नदेओ। म सत्यता बोल्छु, मेरो अभिप्राय तिमीहरूलाई निरुत्साहित गर्नु होइन। मैले तिमीहरूबाट जेसुकै मागे तापनि र यसलाई तिमीहरूले जे-जसरी गर्न तय गरिएको भए तापनि, म आशा गर्छु कि तिमीहरूले सही मार्ग हिँड्छौ र परमेश्‍वरको मार्ग पछ्याउँछौ र तिमीहरू सही मार्गबाट कहिल्यै पनि बरालिँदैनौ। यदि तँ परमेश्‍वरको वचन अनुरूप अघि बढ्दैनस् भने वा उहाँको मार्गलाई पछ्याउँदैनस् भने तैँले परमेश्‍वर विरुद्ध विद्रोह गर्दैछस् र सही मार्गबाट भट्किएको छस् भन्नेमा कुनै शङ्का हुँदैन। यसर्थ, मलाई लाग्छ, केही यस्ता मामलाहरू छन् जसको बारेमा मैले तिमीहरूलाई स्पष्ट पार्नुपर्ने हुन्छ र जसलाई मैले तिमीहरूलाई द्विविधारहित तवरमा, स्पष्ट रूपले र अनिश्चितताको कुनै पनि अवशेषविना विश्‍वास गर्ने तुल्याउनुपर्छ र मैले तिमीहरूलाई परमेश्‍वरको आचरणको बारेमा, उहाँका अभिप्रायहरूको बारेमा, उहाँले मानिसहरूलाई कसरी सिद्ध तुल्याउनुहुन्छ भन्ने बारेमा र उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्ने तौरतरिकाहरूको बारेमा स्पष्ट बुझाइ हासिल गर्न सहयोग गर्नुपर्छ। तिमीहरूले यो मार्गमा यात्रा सुरु गर्न असक्षम हुने कुनै दिन आएमा, कुनै उत्तरदायित्व वहन गर्दिनँ, किनभने यी वचनहरूलाई यसअघि नै तेरो सामने स्पष्ट रूपमा भनिसकिएको छ। जहाँसम्म तैँले तेरो आफ्नो परिणामलाई कसरी निराकरण गर्छस् भन्ने सवाल छ, यो यस्तो मामला हो जुन पूर्ण रूपमा तँमा निर्भर रहन्छ। विविध प्रकारका मानिसहरूका परिणामहरूको सम्बन्धमा भन्दा, परमेश्‍वरसँग फरक-फरक आचरणहरू छन्, तिनीहरूलाई तौलने उहाँका आफ्नै तरिकाहरू छन्, साथसाथै तिनीहरूको लागि आवश्यक पर्ने उहाँका आफ्नै मापदण्डहरू छन्। मानिसहरूका परिणामहरू तौलने उहाँका मापदण्डहरू यस्तो मापदण्ड हुन् जुन सबैको लागि न्यायसंगत हुन्छन्—यसको बारेमा कुनै सन्देह छैन! त्यसकारण, केही व्यक्तिहरूका डरहरू अनावश्यक छन्। के तिमीहरू अब ढुक्क महसुस गर्छौ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्