परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८५

9 जनवरी 2023

मानिसहरूको हृदयमा परमेश्‍वरसम्‍बन्धी बुझाइ जति धेरै हुन्छ, उहाँको स्थान पनि तिनीहरूको हृदयमा त्यति नै मात्रामा रहन्छ। तिनीहरूको हृदयमा परमेश्‍वरबारेको ज्ञानको परिमाण जति ठूलो हुन्छ, परमेश्‍वर पनि तिनीहरूको हृदयमा त्यति नै ठूलो हुनुहुन्छ। यदि तैँले जानेको परमेश्‍वर खाली र अस्पष्ट हुनुहुन्छ भने तैँले विश्‍वास गरेको परमेश्‍वर पनि खाली र अस्पष्ट नै हुनुहुन्छ। तैँले जानेको परमेश्‍वर तेरो आफ्नै व्यक्तिगत जीवनको आयाममा सीमित हुनुहुन्छ र साँचो परमेश्‍वर स्वयम्‌सँग त्यसको कुनै सम्बन्ध हुँदैन। त्यसैले, परमेश्‍वरका व्यावहारिक कार्यहरूको बारेमा जान्‍नु, परमेश्‍वरको वास्तविकता र उहाँको सर्वशक्तिमान्‌ताको बारेमा जान्‍नु, परमेश्‍वर स्वयम्‌को साँचो पहिचानको बारेमा जान्‍नु, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सोबारेमा जान्‍नु, उहाँका सृष्टिका सबै थोकहरूमाझ उहाँले प्रकट गर्नुभएका कार्यहरूको बारेमा जान्‍नु—यी कुराहरू परमेश्‍वरको ज्ञानलाई पछ्याउने हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छन्। मानिसहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारेमा तिनीहरूको प्रत्यक्ष सम्बन्ध छ। यदि तैँले परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइलाई वचनहरूमा मात्र सीमित गरिस् भने, यदि तैँले यसलाई तेरा आफ्नै थोरै अनुभवहरूमा सीमित गरिस् भने, परमेश्‍वरको अनुग्रह के हो भनेर तैँले ठानेको कुरा वा परमेश्‍वरसम्‍बन्धी तेरा थोरै गवाहीहरूमा सीमित गरिस् भने, म त भन्छु तैँले विश्‍वास गरेको परमेश्‍वर कदापि साँचो परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न। यति मात्र होइन, तैँले विश्‍वास गरेको परमेश्‍वर काल्पनिक परमेश्‍वर हुनुहुन्छ, साँचो परमेश्‍वर हुनुहुन्‍न भनेर पनि भन्‍न सकिन्छ। यो किन हो भने साँचो परमेश्‍वर उहाँ नै हुनुहुन्छ जसले हरेक थोकमाथि शासन गर्नुहुन्छ, हरेक थोकको माझमा हिँड्नुहुन्छ र हरेक थोकको व्यवस्थापन गर्नुहुन्छ। सारा मानवजाति र हरेक थोकको नियति आफ्नै हातले सम्हाल्‍ने उहाँ नै हुनुहुन्छ। मैले बताइरहेको परमेश्‍वरका काम र कदमहरू मानिसहरूको सानो हिस्सामा मात्र सीमित छैनन्। अर्थात्, ती अहिले उहाँलाई पछ्याउने मानिसहरूमा मात्र सीमित छैनन्। उहाँका कार्यहरू सबै थोकहरूको माझमा, सबै थोकहरूको अस्तित्वमा र सबै थोकहरूको परिवर्तनको नियमहरूमा प्रकट भएका छन्।

यदि तैँले परमेश्‍वरका सृष्टिका सबै थोकहरूको माझमा उहाँका कार्यहरूलाई देख्‍न वा पहिचान गर्न सक्दैनस् भने, तँ उहाँका कुनै पनि कार्यहरूको गवाही बन्‍न सक्दैनस्। यदि तँ परमेश्‍वरको निम्ति गवाही बन्‍न सक्दैनस् भने, यदि तैँले आफूले जानेको, तेरा आफ्नै विचारहरू र तेरो दिमागको साँघुरो घेराभित्र सीमित, सानो तथाकथित “परमेश्‍वर” को बारेमा निरन्तर बोल्छस् भने, यदि तैँले त्यस प्रकारको परमेश्‍वरको बारेमा निरन्तर कुरा गर्छस् भने, परमेश्‍वरले तेरो विश्‍वासको कहिले पनि प्रशंसा गर्नुहुनेछैन। तँ परमेश्‍वरको गवाही बन्दा, यदि तैँले परमेश्‍वरको अनुग्रहमा कसरी आनन्द लिन्छस्, उहाँको अनुशासन र ताडनालाई तैँले कसरी स्वीकार गर्छस्, उहाँसम्‍बन्धी तेरो गवाहीमा कसरी उहाँका आशिष्‌हरूको आनन्द लिन्छस् भन्‍ने आधारमा मात्र तैँले यसो गरिस् भने, त्यो कुनै पनि हालतमा यथेष्ट हुँदैन र उहाँलाई सन्तुष्टि दिने कुराको नजिक पनि हुँदैन। यदि तँ उहाँको इच्छासँग मेल खाने तवरले परमेश्‍वरको गवाही बन्‍न चाहन्छस् भने, साँचो परमेश्‍वर स्वयम्‌को गवाही बन्‍न चाहन्छस् भने, तैँले उहाँका कार्यहरूबाट परमेश्‍वरसँग जे छ र परमेश्‍वर जो हुनुहुन्छ सो देख्‍नुपर्छ। उहाँले हरेक थोकलाई नियन्त्रणमा लिनुभएको कुराबाट तैँले परमेश्‍वरको अख्तियार देख्‍नुपर्छ र उहाँले सारा मानवजातिको निम्ति कसरी प्रबन्ध गर्नुहुन्छ भन्‍ने सत्यता देख्‍नुपर्छ। तेरो दैनिक जीविका र तेरो जीवनका आवश्यकताहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरा मात्र तैँले स्वीकार गर्छस्, तर परमेश्‍वरले सारा मानवजातिको प्रबन्धको निम्ति उहाँका सृष्टिका सबै थोक लिनुभएको छ भन्‍ने सत्यता र सबै थोकमाथि शासन गर्दै उहाँले सबै मानवजातिको अगुवाइ गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई देख्‍दैनस् भने, तैँले कहिल्यै पनि परमेश्‍वरको गवाही दिन सक्‍नेछैनस्। यो सबै भन्‍नुपछाडिको मेरो उद्देश्य के हो? मैले यस्तो गरेँ ताकि तिमीहरूले यसलाई हल्‍का रूपमा नलेओ, मैले बोलेका यी विषयहरू तिमीहरूको व्यक्तिगत जीवन प्रवेशसित अप्रासङ्गिक छन् भनेर गलत तवरले विश्‍वास नगर र यी विषयहरूलाई एक किसिमको ज्ञान वा सिद्धान्तको रूपमा मात्र नलेओ। यदि मैले भनेको कुरालाई त्यस किसिमको मनोवृत्तिको साथ सुन्यौ भने, तिमीहरूले एउटा कुरा पनि प्राप्त गर्नेछैनौ। तिमीहरूले परमेश्‍वरलाई चिन्‍ने यो महान् मौका गुमाउनेछौ।

यी सबै कुराहरू बताउनुपछाडिको मेरो लक्ष्य के हो त? मेरो लक्ष्य मानिसहरूलाई परमेश्‍वर चिन्‍ने बनाउनु हो, मानिसहरूलाई परमेश्‍वरका व्यावहारिक कार्यहरू बुझ्ने तुल्याउनु हो। जब तैँले परमेश्‍वर र उहाँका कार्यहरूलाई बुझ्छस्, तब मात्र तैँले उहाँलाई चिन्‍ने अवसर वा सम्भावना हुन्छ। उदाहरणको लागि, यदि तैँले कुनै व्यक्तिलाई बुझ्न चाहन्थिस् भने, तैँले उसलाई कसरी बुझ्नेथिस्? के त्यो उसको बाह्य रूपलाई हेरेर हुन्थ्यो? के त्यो उसले के-कस्तो वा के-कसरी कपडा लगाउँछ भनी हेरेर हुन्थ्यो? के यो ऊ कसरी हिँड्छ भनी हेरेर हुन्थ्यो? के त्यो तिनीहरूको ज्ञानको दायरालाई हेरेर हुन्थ्यो? (होइन।) त्यसो भए, तँ कुनै व्यक्तिलाई कसरी बुझ्छस्? तैँले व्यक्तिको बोली र व्यवहार, तिनीहरूको विचार र तिनीहरूले व्यक्त गर्ने कुराहरू वा आफ्नै बारेमा गरेका खुलासाहरूलाई हेरेर त्यसको आधारमा तिनीहरूको मूल्याङ्कन गर्छस्। यसप्रकार तैँले कुनै व्यक्तिलाई चिन्‍न पुग्छस्, कुनै व्यक्तिलाई बुझ्न पुग्छस्। त्यसै गरी, यदि तिमीहरूले परमेश्‍वरलाई चिन्‍न चाहन्छौ भने, यदि तिमीहरू उहाँको व्यावहारिक पक्ष, उहाँको साँचो पक्षलाई बुझ्न चाहन्छौ भने, तिमीहरूले उहाँलाई उहाँका कार्यहरूमार्फत र उहाँले गर्नुहुने हरेक व्यावहारिक कुरामार्फत चिन्‍नुपर्छ। यो नै सर्वोत्तम तरिका हो, र यो नै एक मात्र तरिका हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्