परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६९

11 जनवरी 2023

परमेश्‍वरले अस्तित्वमा रहने हरेक थोकको सृष्टि गर्नुभयो, र उहाँ अस्तित्वमा रहने हरेक थोकमाथि सार्वभौम हुनुहुन्छ; उहाँले यी सबै थोकको व्यवस्थापन गर्नुहुन्छ र उहाँले यी सबै थोकको भरणपोषण गर्नुहुन्छ, अनि यी सबै कुराहरूभित्र, उहाँले अस्तित्वमा रहने हरेक थोकको हरेक शब्द र कार्यलाई हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। त्यस्तै, परमेश्‍वरले मानव जीवनको हरेक कुना पनि हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। यसरी, परमेश्‍वरले उहाँको सृष्टिभित्र अस्तित्वमा रहने हरेक थोकको हरेक कुरा नजिकबाटै जान्नुहुन्छ, हरेक थोकको कार्यदेखि, यसको प्रकृति, अनि यसका जीवन-अस्तित्वका नियमहरू, यसको जीवनको महत्त्व र यसको अस्तित्वको मूल्यसम्म, यी सबै कुरा सम्पूर्ण रूपमा परमेश्‍वरलाई थाहा हुन्छ। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो—के उहाँले ती कुराहरूलाई शासित गर्ने नियमहरूको अध्ययन गर्नुपर्छ जस्तो तिमीहरूलाई लाग्छ? के परमेश्‍वरले ती कुराहरूको बारेमा सिक्न र तिनलाई बुझ्‍नका लागि मानव ज्ञान वा विज्ञान अध्ययन गर्नुपर्छ? (पर्दैन।) के परमेश्‍वरले बुझ्नुभएझैँ सबै कुरा बुझ्‍नका लागि ज्ञान र विद्वता भएको कुनै व्यक्ति मानवजातिमाझ छ? कोही पनि छैन, होइन र? जुन नियमहरूद्वारा यावत् थोक जिउँछन् र वृद्धि हुन्छन्, के ती नियमहरूलाई साँचो रूपले बुझ्ने कुनै खगोलशास्त्री र जीवविज्ञानवेत्ताहरू छन्? के तिनीहरूले हरेक थोकको अस्तित्वको महत्त्वलाई साँचो रूपले बुझ्न सक्छन्? (अहँ, तिनीहरूले सक्दैनन्।) किनभने परमेश्‍वरले नै यावत् थोक सृष्टि गर्नुभयो, र मानवजातिले जति नै धेरै वा जति नै गहन रूपमा यो ज्ञानलाई अध्ययन गरे पनि, वा जति नै लामो समय तिनीहरू यसलाई सिक्नको लागि प्रयत्न गरे पनि, तिनीहरूले परमेश्‍वरले गर्नुभएको यावत् थोकको सृष्टिको रहस्य वा उद्देश्यलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैनन्। के अवस्था यस्तै होइन र? अब, यहाँसम्मको हाम्रो छलफलबाट, के तिमीहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्ने पदावलीको साँचो अर्थको आंशिक बुझाइ हासिल गरेका छौं भन्‍ने अनुभूति गर्छौ? (गर्छौं।) मैले यो विषयको बारेमा—सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्ने बारेमा—छलफल गर्दा, धेरै मानिसहरूले अर्को वाक्यांश “परमेश्‍वर सत्यता हुनुहुन्छ, र परमेश्‍वरले हामीलाई भरणपोषण गर्न उहाँको वचन प्रयोग गर्नुहुन्छ” भन्ने बारेमा सोच्नेथिए र उक्त विषयको त्यो तहको अर्थभन्दा पर केही पनि सोच्दैनथिए भन्‍ने मलाई थाहा थियो। केहीले त परमेश्‍वरले मानव जीवन, दैनिक खाद्य र पेय पदार्थ र हरेक दैनिक आवश्यकताको प्रबन्ध गर्नुभएको कुरालाई उहाँले भरणपोषण गर्नुभएको कुराको रूपमा लिन सकिँदैन भन्ने समेत ठान्छन्। के यस्तो ठान्ने कोही छैनन् त? तैपनि, के उहाँको सृष्टिप्रतिको परमेश्‍वरको अभिप्राय—मानवजातिलाई सामान्य रूपमा अस्तित्वमा रहन र जिउन सक्षम तुल्याउने कार्य—स्पष्ट छैन र? परमेश्‍वरले मानिसहरू जिउने वातावरणलाई कायम राख्नुहुन्छ र उहाँले मानवजातिलाई तिनीहरूको जीवन-अस्तित्वको लागि चाहिने सबै कुरा प्रदान गर्नुहुन्छ। यस अलावा, उहाँले यावत् थोकमाथि प्रभुत्व कायम राख्नुहुन्छ र त्यसको व्यवस्थापन गर्नुहुन्छ। यी सबैले मानवजातिलाई सामान्य तवरमा बाँच्न, उन्नति गर्न र वृद्धि हुन सक्षम तुल्याउँछन्; यसप्रकार परमेश्‍वरले सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुहुन्छ। के मानिसहरूले यी कुराहरूलाई पहिचान गर्नुपर्छ र बुझ्नुपर्छ भन्ने कुरा साँचो होइन र? सायद केहीले भन्न सक्लान्, “यो विषय साँचो परमेश्‍वर स्‍वयम्‌ बारेको हाम्रो ज्ञानभन्दा धेरै टाढा छ, र हामी यो कुरा जान्न चाहन्‍नौँ किनभने हामी रोटीले मात्र जिउँदैनौँ, बरु हामी त परमेश्‍वरको वचनले जिउँछौं।” के यो बुझाइ सही छ? (छैन।) यो किन गलत छ त? यदि तिमीहरूसँग परमेश्‍वरले भन्नुभएका कुराहरूको मात्र ज्ञान छ भने के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुनसक्छ? यदि तिमीहरूले परमेश्‍वरको कामलाई मात्र स्वीकार गर्छौ र परमेश्‍वरको न्याय र सजायलाई मात्र स्वीकार गर्छौ भने, के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुन्छ? यदि तिमीहरूले परमेश्‍वरको स्वभावको सानो भागको बारेमा मात्र, परमेश्‍वरको अख्तियारको सानो भागको बारेमा मात्र जान्दछौ भने, के तिमीहरू त्यसलाई परमेश्‍वरको बुझाइ हासिल गर्नको लागि पर्याप्त छ भन्‍ने मान्छौ? (मान्दैनौं।) परमेश्‍वरका कार्यहरू उहाँले यावत् थोकको सृष्टि गर्नुभएदेखि सुरु भयो, र ती कार्यहरू आजका दिनसम्मै जारी छन्—परमेश्‍वरका कार्यहरू हरपल, हरक्षण स्पष्ट देखिन्छन्। यदि कुनै व्यक्तिले परमेश्‍वरले मानिसहरूमा उहाँको काम गर्न र तिनीहरूलाई मुक्ति दिनका लागि मानिसहरूको एक समूहलाई चुन्नुभएको कारणले मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र अन्य कुनै पनि कुराहरू न त उहाँको अख्तियार, उहाँको हैसियत, न त उहाँका कार्यहरू कुनैको पनि यससँग कुनै सम्बन्ध छ भन्ने विश्‍वास गर्छ भने, के उक्त व्यक्तिमा परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान छ भनेर मान्न सकिन्छ? यस्तो तथाकथित “परमेश्‍वर सम्‍बन्धी ज्ञान” हुने मानिसहरूमा केवल एकपक्षीय बुझाइ हुन्छ, जसअनुरूप ती मानिसहरूले परमेश्‍वरका कार्यहरूलाई मानिसहरूको एक समूहमा सीमित गरिदिन्छन्। के यो परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान हो त? के त्यस प्रकारको ज्ञान भएका मानिसहरूले परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएको कुरा र ती यावत् थोकमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गरिरहेका हुँदैनन् र? केही मानिसहरू यस बुँदामा संलग्न हुन चाहँदैनन्, बरु तिनीहरू मनमै सोचिरहन्छन्: “मैले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतालाई देखेको छैन। यो त एकदमै टाढाको विचार हो, र म यसलाई बुझ्न चाहन्न। परमेश्‍वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, र यसको मसँग कुनै सम्बन्ध छैन। म परमेश्‍वरको अगुवाइ र उहाँको वचन मात्र स्वीकार गर्छु, ताकि मैले परमेश्‍वरद्वारा मुक्ति पाउन र म उहाँद्वारा सिद्ध बन्न सकूँ। मलाई अरू कुनै कुराको चासो छैन। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएका नियमहरू र उहाँले यावत् थोक र मानवजातिलाई भरणपोषण गर्नको लागि गर्नुहुने कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन।” यो कस्तो प्रकारको कुरा हो? के यो विद्रोहको कार्य होइन र? के तिमीहरूमध्येमा कोही यस प्रकारको बुझाइ भएको व्यक्ति छ? मलाई थाहा छ, तिमीहरूले त्यसो नभनीकन पनि, यहाँ तिमीहरूमध्ये धेरै जना त्यस्तै छौ। धर्मशास्त्र पालना गर्ने यस्ता मानिसहरूले हरेक कुरालाई तिनीहरूको “आत्मिक” दृष्टिकोणबाट हेर्छन्। तिनीहरूले परमेश्‍वरलाई बाइबलमा मात्र सीमित गर्न चाहन्छन्, परमेश्‍वरलाई उहाँले बोल्नुभएका वचनहरूद्वारा, शाब्दिक रूपमा लिखित वचनहरूबाट आउने अर्थमा मात्र सीमित गर्न चाहन्छन्। तिनीहरूले परमेश्‍वरलाई अझ बढी चिन्न चाहँदैनन् र तिनीहरू परमेश्‍वरले अन्य कुराहरू गरेर उहाँको ध्यान बाँड्नुभएको चाहँदैनन्। यस प्रकारको सोचाइ मूर्खतापूर्ण छ, र यो एकदमै धार्मिक प्रकारको पनि छ। के यस प्रकारको विचारधारा हुने मानिसहरूले परमेश्‍वरलाई चिन्न सक्छन्? तिनीहरूले परमेश्‍वरलाई चिन्नु एकदमै मुस्किल हुन्छ। आज मैले तिमीहरूलाई फरक-फरक पक्षलाई सम्‍बोधन गर्ने दुई वटा कथा भनेको छु। तिमीहरूले भर्खरै तिनीहरूको बारेमा सुनेको कारण, तिमीहरूलाई ती गहन वा अलि अमूर्त लाग्‍न सक्छ, बोध गर्न र बुझ्न अलि गाह्रो लाग्‍न सक्छ। तिनलाई परमेश्‍वरका कार्यहरू र परमेश्‍वर स्‍वयम्‌सँग जोडेर हेर्न गाह्रो हुन सक्छ। तथापि, परमेश्‍वरका सबै कार्य र सृष्टिभित्र र मानवजातिमाझ उहाँले गर्नुभएका सबै कुरालाई हरेक व्यक्तिले, परमेश्‍वरलाई चिन्न खोज्ने हरेकले स्पष्ट र दुरुस्त रूपमा जान्नुपर्छ। यो ज्ञानले तिमीहरूलाई परमेश्‍वरको साँचो अस्तित्वमाथिको तिमीहरूको विश्‍वासमा निश्चितता प्रदान गर्नेछ। यसले तिमीहरूलाई परमेश्‍वरको बुद्धि, उहाँको शक्ति र उहाँले यावत् थोकको लागि भरणपोषण गर्ने शैलीको बारेमा सही ज्ञान पनि प्रदान गर्नेछ। यसले तँलाई परमेश्‍वरको साँचो अस्तित्व महसुस गर्न र उहाँको अस्तित्व काल्पनिक होइन, मिथ्या होइन, अस्पष्टता होइन, सिद्धान्त होइन, र निश्चय पनि कुनै प्रकारको आत्मिक सान्त्वना होइन, बरु एउटा साँचो अस्तित्व हो भनी देखाउनेछ। यसको साथै, यसले मानिसहरूलाई परमेश्‍वरले सधैँ नै सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुभएको छ भन्ने कुरा जनाउनेछ; परमेश्‍वरले उहाँको आफ्नै शैली र उहाँको आफ्नै तालअनुसार यसो गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएर तिनीहरूलाई नियमहरू प्रदान गर्नुभएकोले तिनीहरू हरेकले उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत आफ्ना तोकिएका कार्यहरू गर्न, आफ्ना उत्तरदायित्वहरू वहन गर्न, र आफ्ना भूमिकाहरू निर्वाह गर्न सक्छन्; उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत मानवजातिको सेवामा, र मानवजातिले बसोबास गर्ने स्थान र वातावरणमा हरेक थोकको आफ्नै प्रयोजन हुन्छ। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भए र मानवजातिसँग बसोबास गर्नको लागि त्यस्तो वातावरण नभएको भए, मानवजातिले परमेश्‍वरमा विश्‍वास गर्नु वा उहाँलाई पछ्याउनु असम्भव हुनेथियो; यो सबै नै खोक्रो कुराभन्दा बढी केही पनि हुनेथिएन। के यो यस्तै होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्