परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५०

12 डिसेम्बर 2022

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ? मानिसहरू सबैले आफ्‍नो नियति जान्‍न चाहन्छन्, त्यसकारण शैतानले तिनीहरूलाई प्रलोभनमा पार्न तिनीहरूकै उत्सुकताको प्रयोग गर्छ। मानिसहरू तिनीहरूलाई भविष्यमा के हुनेछ र अगाडि कस्तो बाटो छ भन्‍ने कुरा जान्‍नको लागि जोखना हेर्ने, भविष्य-बताउने, र अनुहार पढ्ने कार्यमा संलग्‍न हुन्छन्। तैपनि, आखिरमा मानिसहरूले त्यति धेरै चिन्ता गर्ने नियति र भविष्य कसको हातमा हुन्छ? (परमेश्‍वरको हातमा।) यी सबै कुरा परमेश्‍वरको हातमा छन्। यी विधिहरूको प्रयोग गर्ने क्रममा, मानिसहरूले के जानून् भन्‍ने शैतान चाहन्छ? शैतानले त्यसलाई उनीहरूको भविष्य थाहा छ, र त्यसलाई ती कुराहरू थाहा मात्रै छैन त्यसले त तिनलाई नियन्त्रण समेत गर्न सक्छ भनेर मानिसहरूलाई बताउनको लागि अनुहार पढ्ने र भविष्य-बताउने कार्यको प्रयोग गर्छ। मानिसहरूले त्यसमाथि अन्धविश्‍वास गर्न सकून् र त्यसका हरेक वचन पालन गरून् भनेर मानिसहरूलाई नियन्त्रण गर्न शैतानले यो मौकाको फाइदा लिन र यी विधिहरूको प्रयोग गर्न चाहन्छ। उदाहरणको लागि, यदि तैँले अनुहार पढ्न लगाइस्, र भविष्य बताउनेले आफ्‍नो आँखा बन्द गरेर तँलाई विगत केही दशकमा के भएको थियो सो स्पष्ट रूपमा बताउँछ भने, तैँले आफूभित्र कस्तो अनुभव गर्छस्? तैँले तत्कालै यस्तो अनुभव गर्नेछस्, “उसले साँच्‍चै ठीक भन्यो! मैले यसभन्दा अघि कहिल्यै कसैलाई पनि मेरो विगतको बारेमा बताएको छैन, उसलाई यो कसरी थाहा भयो? यस भविष्य बताउने व्यक्तिलाई म साँच्‍चै सम्‍मान गर्छु!” के तेरो विगतको बारेमा जान्‍नु शैतानको लागि अत्यन्तै सजिलो हुँदैन र? तँ आज जहाँ छस् परमेश्‍वरले नै तँलाई यहाँसम्‍म डोर्‍याउनुभएको छ, अनि यस अवधिमा शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँदै आएको र तँलाई पछ्याउँदै आएको छ। तेरो जीवनका दशकहरू बितेर जानु शैतानको लागि केही पनि होइन र यी कुराहरू जान्‍नु शैतानको लागि कठिन छैन। शैतानले भन्‍ने सबै कुरा सही छन् भनी जब तैँले जान्दछस्, के तैँले आफ्‍नो हृदय त्यसलाई सुम्पिरहेको हुँदैनस् र? के तेरो भविष्य र तेरो नियति नियन्त्रण गर्नको लागि तँ त्यसैमा भर परिरहेको हुँदैनस् र? एकै क्षणमा, तेरो हृदयले त्यसको लागि केही सम्‍मान वा श्रद्धाको अनुभव गर्नेछ, र कतिपय मानिसहरूको हकमा, यति बेलासम्‍म त्यसले तिनीहरूको आत्मा खोसिसकेको हुन्छ। अनि तैँले भविष्य बताउनेलाई तुरुन्तै सोध्‍नेछस्: “अब मैले के गर्नुपर्छ? आउँदो वर्षमा म केबाट जोगिनुपर्छ? के-कस्ता कुराहरू मैले गर्नु हुँदैन?” त्यसपछि उसले भन्‍नेछ, “तपाईं त्यहाँ जानु हुँदैन, तपाईंले यसो गर्नु हुँदैन, निश्‍चित रङ्गको लुगा नलगाउनुहोस्, निश्‍चित ठाउँहरूमा तपाईं अलि कम जानुपर्छ, निश्‍चित कुराहरू अझै बढी गर्नुपर्छ…।” के त्यसले भन्‍ने सबै कुरालाई तैँले तुरुन्तै हृदयमा राख्दैनस् र? तैँले परमेश्‍वरको वचनहरूलाई भन्दा उसका वचनहरूलाई तुरुन्तै कण्ठ गरिहाल्छस्। किन तैँले तिनलाई त्यति चाँडै कण्ठ गर्छस्? किनकि तँ राम्रो भविष्यको लागि शैतानमा भर पर्न चाहन्छस्। के त्यसले तेरो हृदयलाई यही बेला पकडमा पार्छ होइन र? जब यसका भविष्यवाणीहरू एकपछि अर्को गर्दै पूरा हुन्छन्, के तँलाई अर्को वर्षले कस्तो भविष्य ल्याउनेछ भनेर पत्ता लगाउन त्यसकहाँ नै फर्केर जाने मन हुँदैन र? (हुन्छ।) शैतानले तँलाई जे गर्न भन्छ तैँले त्यो गर्नेछस् अनि जे कुराबाट अलग बस्‍नू भनेर त्यसले भन्छ तँ त्यसबाट अलग बस्‍नेछस्। यसरी, के तैँले त्यसले बताउने सबै कुराको पालना गरिरहेको हुँदैनस् र? तुरुन्तै, तँ त्यसको अङ्गालोमा पर्नेछस्, धोकामा पर्नेछस्, अनि त्यसको नियन्त्रणमा आउनेछस्। यस्तो हुन्छ किनभने त्यसले जे भन्छ त्यो सत्य हो भनेर तैँले विश्‍वास गर्छस् र त्यसले तेरो विगतको जीवन, तेरो अहिलेको जीवन, र भविष्यले के ल्याउनेछ सो त्यसलाई थाहा छ भनेर तैँले विश्‍वास गर्छस्। मानिसहरूलाई नियन्त्रण गर्नको लागि शैतानले प्रयोग गर्ने विधि यही नै हो। तर वास्तविकतामा, कसले नियन्त्रण गर्नुहुन्छ? परमेश्‍वर स्वयम्‌ले नियन्त्रण गर्नुहुन्छ, शैतानले होइन। यस हकमा शैतानले अनजान मानिसहरूलाई छल गरेर, भौतिक संसारलाई मात्र देख्‍न सक्‍ने मानिसहरूलाई छल गरेर आफूमा विश्‍वास गर्ने र भरोसा गर्ने तुल्याउनको लागि आफ्नो चतुर षड्यन्त्रको प्रयोग गरिरहेको हुन्छ। त्यसपछि, तिनीहरू शैतानको पकडमा पर्छन् र त्यसको हरेक वचन पालन गर्छन्। तर जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याउन चाहन्छन् तब के त्यसले त्यसको पकडलाई खुकुलो पार्छ र? शैतानले त्यसो गर्दैन। यस अवस्थामा, के मानिसहरू साँच्‍चै शैतानको पकडमा परिरहेका हुन्छन्? (हुन्छन्।) के यस विषयमा शैतानको बानीबेहोरा लाज विहीन छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) हामी किन त्यसो भन्दैछौँ? किनभने यी कपटपूर्ण र छलपूर्ण रणनीतिहरू हुन्। शैतान लाज विहीन छ र त्यसले मानिसहरूलाई भ्रममा पारेर तिनीहरूलाई तिनीहरूका सबै कुरा त्यसले नियन्त्रण गर्छ र त्यसले तिनीहरूको नियतिसमेत नियन्त्रण गर्छ भनेर विचार गर्ने तुल्याउँछ। यसले अनजान मानिसहरूलाई पूर्ण रूपमा त्यसको पालन गर्ने तुल्याउँछ। तिनीहरू एक-दुई वटा शब्दहरूमै मूर्ख बन्छन्। स्तम्भित भई, मानिसहरू त्यसको अघि घुँडा टेक्छन्। त्यसो भए, तँलाई त्यसमा विश्‍वास गर्ने तुल्याउनको लागि शैतानले कस्तो प्रकारको विधि प्रयोग गर्छ, त्यसले के भन्छ? उदाहरणको लागि, तेरो परिवारमा कति जना मानिसहरू छन् भनेर तैँले शैतानलाई बताएको नहुन सक्छस्, तर पनि कति जना मानिसहरू छन् र तेरो बाबुआमा र छोरा-छोरीको उमेर कति हो भनेर त्यसले तँलाई बताउन सक्छ। यसभन्दा पहिले शैतानको बारेमा तैँले अविश्‍वास र शङ्का गरेको हुनसक्‍ने भए तापनि, त्यसले यी कुराहरू बताएको सुनेपछि, के तँलाई यो अलिक विश्‍वासयोग्य रहेछ भन्‍ने लाग्दैन र? त्यसपछि शैतानले तँलाई हालैको समयमा तेरो काम कति कठिन थियो, तैँले पाउन योग्य पहिचान तेरा हाकिमहरूले तँलाई दिएका छैनन् र सधैँ तेरो विरुद्धमा काम गरिरहेका छन्, र आदि इत्यादि भनेर बताउन सक्छ। त्यो सुनेर, तैँले यस्तो विचार गर्नेछस्, “त्यो एकदम ठीक हो! कामका कुराहरू त्यति सहजरूपमा अघि बढिरहेको छैनन्”। त्यसकारण, तँ शैतानलाई अझै बढी विश्‍वास गर्छस्। त्यसपछि तँलाई धोका दिन, तँलाई अझै बढी विश्‍वास गर्ने तुल्याउनको लागि त्यसले अर्को केही कुरा भन्‍नेछ। अलि-अलि गर्दै, तैँले आफूलाई त्यसलाई विरोध गर्न वा त्यसको बारेमा शङ्का गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। शैतानले केही स-साना छलहरू, अत्यन्तै साना छलहरू समेत प्रयोग गर्छ, अनि यसरी त्यसले तँलाई अलमल्याउँछ। तँ जति अलमलिन्छस्, तैँले तेरो खास स्थितिलाई पत्ता लगाउन सक्‍नेछैनस्, के गर्ने भन्‍ने तँलाई थाहा हुनेछैन, अनि शैतानले जे भन्छ तैँले त्यसैलाई पछ्याउन थाल्‍नेछस्। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने “सानदार” विधि यही हो, जसले तँलाई अनजानमै त्यसको फन्दामा पर्ने र त्यसको प्रलोभनमा पर्ने तुल्याउँछ। मानिसहरूले असल ठानेका एक-दुई वटा कुराहरू शैतानले तँलाई बताउँछ, त्यसपछि त्यसले तँलाई के गर्ने र केबाट टाढा बस्‍ने भनेर बताउँछ। यसरी, पत्तै नपाई तँ छलमा पर्छस्। जब तँ त्यस्तो छलमा पर्छस्, तेरो लागि सबै कुरा कठिन बन्छ; शैतानले के भन्यो र त्यसले तँलाई के गर्न भन्यो तैँले निरन्तर त्यही मात्रै सोचिरहेको हुनेछस्, र थाहै नपाई तँ यसद्वारा नियन्त्रित भएको हुनेछस्। किन यसो हुन्छ त? किनभने मानवजातिमा सत्यताको कमी छ, त्यसले गर्दा ऊ दह्रिलो गरी खडा भएर शैतानको प्रलोभन र परीक्षालाई इन्कार गर्न सक्दैन। शैतानको दुष्टता र यसको धोका, षड्यन्त्र, र बदख्‍वाइँलाई सामना गर्दा, मानवजाति अत्यन्तै अनजान, अपरिपक्‍व र कमजोर हुन्छ, होइन र? के शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा यही होइन र? (हो।) शैतानका विभिन्‍न विधिहरूले मानिसलाई अलि-अलि गर्दै थाहै नपाई धोका दिन्छ र छल गर्छ, किनभने तिनीहरूमा सकारात्मक र नकारात्मकको बीचमा भिन्‍नता छुट्याउने क्षमताको कमी छ। तिनीहरूमा शैतानमाथि विजय गर्ने यो कद र क्षमताको कमी छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्