परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४५

1 जुलाई 2021

मत्ती ४:५-७ त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लैजान्छ र उहाँलाई मन्दिरको शिरमा खडा गराउँछ अनि उहाँलाई भन्छ, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्: किनकि यस्तो लेखिएको छ, उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ। येशूले त्यसलाई भन्‍नुभयो, यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।

सुरुमा हामी शैतानले यहाँ बोलेको वचनहरूलाई नै हेरौं। शैतानले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्,” अनि यसले पवित्र-शास्‍त्रबाट उद्धृत गर्‍यो: “उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ।” जब तँ शैतानका वचनहरू सुन्छस् तँलाई कस्तो अनुभव हुन्छ? के ती अत्यन्तै मूर्खतापूर्ण छैनन् र? ती मूर्खतापूर्ण, निरर्थक, र घृणास्पद छन्। म किन यसो भन्छु? शैतानले प्रायजसो मूर्ख कुराहरू गर्छ, अनि त्यसले आफैलाई अत्यन्तै चलाख ठान्छ। परमेश्‍वरको कामको योजनालाई तोड्ने आफ्‍नो उद्देश्य हासिल गर्ने प्रयास गर्दै उहाँलाई आक्रमण गर्न र उहाँलाई परीक्षा गर्न यी वचनहरूलाई परमेश्‍वरकै विरुद्ध प्रयोग गर्न त्यसले प्रायजसो धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ, चाहे त्यो परमेश्‍वर स्वयम्‌ले बोल्‍नुभएको वचन नै किन नहोस्। के शैतानले बोलेका यी वचनहरूमा तैँले कुनै कुरा देख्‍न सक्छस्? (शैतानले दुष्ट अभिप्रायहरू राख्छ।) शैतानले गर्ने सबै कुरामा, त्यसले सधैँ मानवजातिलाई परीक्षा गर्न खोजेको छ। शैतान सोझो रूपमा बोल्दैन, तर परीक्षा, छल, र प्रलोभनको प्रयोग गरेर घुमाउरो पारामा बोल्छ। परमेश्‍वर पनि अज्ञानी, मूर्ख, अनि मानिसजस्तै काम-कुराहरूको साँचो रूपलाई स्पष्ट रूपमा छुट्याउन नसक्‍ने हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दै, शैतानले उहाँ सामान्य मानवजाति नै हुनुहुन्छ झैँ गरी परमेश्‍वरको परीक्षा गर्छ। शैतानले के ठान्छ भने, परमेश्‍वर र मानिस दुवैले त्यसको सारलाई अनि त्यसको धोका र त्यसको कुटिल अभिप्रायलाई देख्‍न सक्‍दैनन्। के शैतानको मूर्खता यही होइन र? यसको साथै, शैतानले धर्मशास्‍त्रका खण्डहरूबाट उद्धृत गर्दा त्यसले विश्‍वसनीयता दिलाउँछ र तैँले त्यसका वचनहरूमा भएको कुनै पनि त्रुटिलाई भेट्टाउन वा मूर्ख हुनबाट बच्न सक्‍नेछैनस् भन्‍ने विश्‍वास गर्दै, खुलस्त रूपमा धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ। के शैतानको बेवकुफी र मूर्खता यही होइन र? यो मानिसहरूले सुसमाचार फैलाउँदा अनि परमेश्‍वरको साक्षी दिँदाको जस्तै छ: के कहिलेकहीँ गैर-विश्‍वासीहरूले पनि शैतानले जस्तै कुरा गर्दैनन् र? के मानिसहरूले यस्तै कुरा भनेको तिमीहरूले सुनेका छौ? त्यस्ता कुराहरू सुन्दा तँलाई कस्तो महसुस हुन्छ? के तँलाई वाक्‍क लाग्छ? (हो।) जब तँलाई वाक्‍क लाग्छ, तब के तँलाई द्वेष र घृणाको पनि महसुस हुन्छ? जब तँमा यस्ता भावनाहरू आउँछन् तब के तैँले शैतान र शैतानले मानिसमा हालिदिने भ्रष्ट स्वभाव दुष्ट छन् भन्‍ने पहिचान गर्न सक्छस्? तेरो हृदयमा, तैँले कहिल्यै यस्तो महसुस गर्छस्: “जब शैतान बोल्छ, त्यसले आक्रमण र परीक्षा गर्न त्यसो गर्छ; शैतानका वचनहरू निरर्थक, हाँसउठ्दो, मूर्खतापूर्ण, र घिनलाग्दा छन्; तैपनि, परमेश्‍वरले कहिल्यै पनि त्यसरी बोल्‍ने वा काम गर्ने गर्नुहुन्‍न, अनि वास्तवमा नै उहाँले कहिल्यै पनि त्यसो गर्नुभएको छैन”? अवश्य नै, यस परिस्थितिमा मानिसहरूले यसलाई हल्‍का रूपमा मात्रै अनुभूति गर्न सक्छन्, अनि तिनीहरू परमेश्‍वरको पवित्रतालाई बुझ्‍न नसक्‍ने नै रहन्छन्। त्यस्तै होइन र? तिमीहरूको हालको कदद्वारा, तिमीहरूले यो मात्रै अनुभव गर्छौ: “परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो सबै सत्यता हो, त्यो हाम्रो लागि फाइदाजनक छ, अनि हामीले त्यसलाई स्वीकार गर्नैपर्छ।” तिमीहरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, तैँले परमेश्‍वरको वचन सत्य छ अनि परमेश्‍वर सत्य हुनुहुन्छ भनेर भन्छस् भन्‍नेमा कुनै अपवाद छैन, तर सत्य आफै नै पवित्र छ अनि परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने तँलाई थाहा छैन।

त्यसकारण, शैतानका यी वचनहरूप्रति येशूको प्रतिक्रिया के थियो? येशूले त्यसलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” के येशूले भन्‍नुभएका यी वचनहरूमा सत्यता छ? तिनमा अवश्य नै सत्यता छ। झट्ट हेर्दा, यी वचनहरू मानिसहरूले पछ्याउनुपर्ने आज्ञा, सरल वाक्य मात्रै हुन्, तैपनि, मानिस र शैतान दुवैले प्रायजसो यी वचनहरूलाई उल्‍लङ्घन गरेका छन्। त्यसैले, प्रभु येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू,” किनभने शैतानले ठूलो प्रयत्नका साथ प्रायजसो यसै गर्थ्यो। शैतानले निर्धक्‍कसाथ र कुनै लाज विना यसो गर्यो भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको डर नमान्‍नु अनि त्यसको हृदयमा परमेश्‍वरको श्रद्धा नराख्‍नु, शैतानको प्रकृति र सारमा नै छ। शैतानले परमेश्‍वरको छेउमा खडा भएर उहाँलाई देख्‍न सक्दा समेत, त्यसले परमेश्‍वरलाई परीक्षा नगरीकन बस्‍न सकेन। त्यसकारण, येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” परमेश्‍वरले धेरै पटक शैतानलाई भन्‍नुभएका वचनहरू यिनै हुन्। त्यसकारण, के यो वाक्यलाई वर्तमान दिनमा लागू गर्नु उचित हुन्छ? (हुन्छ, किनभने हामीले पनि बारम्बार परमेश्‍वरको परीक्षा गर्छौं।) किन मानिसहरूले बारम्बार परमेश्‍वरको परीक्षा गर्छन्? के मानिसहरू भ्रष्ट शैतानिक स्वभावले भरिएकाले यस्तो भएको हो? (हो।) के शैतानका वचनहरू मानिसहरूले प्रायजसो भन्‍ने कुराभन्दा माथि छन्? अनि कस्ता परिस्थितिहरूमा मानिसहरूले यी वचनहरू बोल्छन्? मानिसहरूले यस्ता कुराहरू जुनसुकै समय र स्थानमा भन्दै आइरहेका छन् भनेर भन्‍न सकिन्छ। यसले मानिसहरूको स्वभाव शैतानको भ्रष्ट स्वभावभन्दा फरक छैन भन्‍ने कुरा प्रमाणित गर्छ। प्रभु येशूले एक-दुई वटा सरल वचनहरू, अर्थात् सत्यतालाई प्रतिनिधित्व गर्ने वचनहरू, मानिसहरूलाई चाहिने वचनहरू बोल्‍नुभयो। तैपनि, यस परिस्थितिमा, के शैतानसँग तर्क गर्नको लागि प्रभु येशूले त्यसरी बोलिरहनुभएको थियो? उहाँले शैतानलाई जे भन्‍नुभयो के त्यसमा कुनै आक्रामक कुरा थियो? (थिएन।) प्रभु येशूले आफ्‍नो हृदयमा शैतानको परीक्षाको बारेमा कस्तो महसुस गर्नुभयो? के उहाँले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो? प्रभु येशूले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो, तैपनि उहाँले शैतानसँग तर्क गर्नुभएन, उहाँले कुनै पनि ठूलो सिद्धान्तहरूको बारेमा बोल्‍ने कुरा त परै जाओस्। किन त्यसो भयो? (किनभने शैतान सधैँ यस्तै हो; त्यो कहिल्यै परिवर्तन हुन सक्दैन।) के शैतानले तर्क गर्न सक्दैन भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) के परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले पहिचान गर्नसक्छ? परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले कहिल्यै पहिचान गर्नेछैन अनि परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर त्यसले कहिल्यै स्वीकार गर्नेछैन; यो त्यसको प्रकृति हो। शैतानको प्रकृतिको अझै अर्को पक्ष पनि छ, जुन घृणित छ। यो के हो? प्रभु येशूलाई परीक्षा गर्ने प्रयासको क्रममा, शैतानले आफू सफल नभए पनि, त्यसो गर्ने प्रयास गर्नेछु भनी विचार गर्‍यो। त्यसलाई दण्ड हुने भए पनि, त्यसले परीक्षा गर्ने निर्णय गर्‍यो। त्यसो गरेर त्यसले कुनै पनि फाइदा प्राप्त नगरे पनि आखिरसम्‍मै आफ्‍नो प्रयासमा दृढ रहँदै र परमेश्‍वरको विरुद्धमा खडा हुँदै त्यसले परीक्षा गर्‍यो। यो कस्तो प्रकारको प्रकृति हो? के यो दुष्टता होइन र? यदि परमेश्‍वरलाई उल्‍लेख गर्दा मानिस क्रोधित हुन्छ अनि रिसले चूर हुन्छ भने, के उसले परमेश्‍वरलाई देखेको हुन्छ? के परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुन्छ? परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुँदैन, उहाँमा विश्‍वास गर्दैन, अनि परमेश्‍वर ऊसँग बोल्‍नुभएको हुँदैन। परमेश्‍वरले उसलाई कहिल्यै कष्ट दिनुभएको छैन भने, किन ऊ रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट छ भनेर भन्‍न सक्छौँ? सांसारिक चलनचल्ती, खुवाइ पियाइ, अनि सुख-चैनको खोजी, अनि सेलिब्रेटीहरूको पछि दगुर्ने—यीमध्ये कुनै पनि कुराले त्यस्तो मानिसलाई झिज्याउँदैन। तैपनि, “परमेश्‍वर” भन्‍ने शब्‍द, वा परमेश्‍वरको वचनको सत्यतालाई उल्‍लेख गर्ने बित्तिकै, ऊ रिसले चूर भइहाल्छ। के यसले दुष्ट प्रकृति हुनुलाई जनाउँदैन र? यो मानिसको दुष्ट प्रकृति हो भनेर प्रमाणित गर्न यो नै पर्याप्त छ। अब तिमीहरूको आफ्‍नै बारेमा भनौँ, सत्यताको बारेमा उल्‍लेख गर्दा वा मानवजातिलाई परमेश्‍वरले गर्नुभएका परीक्षाहरू वा मानिसको विरुद्ध परमेश्‍वरका न्यायका वचनहरूको बारेमा उल्‍लेख गर्दा, तिमीहरूलाई घृणा लागेको छ: तिमीहरूलाई कति पनि मन नपरेको, र तिमीहरूले त्यस्ता कुराहरू सुन्‍न नचाहेको त्यस्तो कुनै समयहरू छन्? तिमीहरूको हृदयले सोच्‍ला: “के सबै मानिसहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर भन्दैनन् र? यीमध्ये कतिपय वचनहरू सत्यता होइनन्! स्पष्ट रूपमा नै ती मानिसप्रति परमेश्‍वरले दिनुभएको चेतावनीका वचनहरू मात्रै हुन्!” कतिपय मानिसहरूले आफ्‍नो हृदयमा अत्यन्तै धेरै घृणाको अनुभव समेत गरेर विचार गर्न सक्छन्: “यसको बारेमा त दिनहुँ बताइन्छ—उहाँका परीक्षाहरू, उहाँको न्याय, यो कहिले सकिन्छ? हामीले कहिले असल गन्तव्य प्राप्त गर्नेछौँ?” यो अनुचित रिस कहाँबाट आउँछ भन्‍ने थाहा छैन। यो कस्तो प्रकारको प्रकृति हो? (दुष्ट प्रकृति।) यसलाई शैतानको दुष्ट प्रकृतिले निर्देशित र अगुवाइ गर्छ। शैतानको दुष्ट प्रकृति र मानिसको भ्रष्ट स्वभावलाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले कहिल्यै पनि मानिसहरूसँग विवाद गर्ने वा तिनीहरूका विरुद्ध ईख राख्‍ने गर्नुहुन्‍न, अनि मानिसहरूले मूर्खतापूर्ण काम गर्दा उहाँले कहिल्यै पनि कोलाहल मच्‍चाउनुहुन्‍न। परमेश्‍वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्‍नुभएको तैँले कहिल्यै देख्‍नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्‍हाल्‍नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, विज्ञान, दर्शनशास्‍त्र वा कल्‍पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्‍नेछैनस्। बरु, परमेश्‍वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्‍नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्‍पनाको उपज होइन; परमेश्‍वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्‍वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्‍वरको सार पवित्र छ भनेर हामी भन्‍न सक्छौं। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले भन्‍नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्‍ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्‍वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्