परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४०

17 डिसेम्बर 2022

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू)

अय्यूब १:६-११ अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ।

अय्यूब २:१-५ फेरि परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै यहोवाको सामु आफूलाई प्रस्तुत गर्न आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्। अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

अय्यूबको पुस्तकमा उल्लेख गरिएका, शैतानको बोलीका यी दुई खण्डहरू र शैतानले गरेका कार्यहरूले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाविरुद्ध त्यो खडा भएको कुरालाई प्रतिनिधित्व गर्छन्—यहाँ शैतानको वास्तविक रङ्गलाई प्रकट गरिएको छ। के तैँले वास्तविक जीवनमा शैतानका वचन र कार्यहरूलाई देखेको छस्? जब तैँले ती कुराहरूलाई देख्छस्, ती तँलाई शैतानले बोलेको जस्तो नलाग्‍न सक्छ, बरु ती कुराहरू मानिसले बोलेको हो भनी तैँले सोच्न सक्छस्। जब मानिसले यस्ता कुराहरू बोल्छन्, त्यसबाट के कुराको प्रतिनिधित्व हुन्छ? शैतानको प्रतिनिधित्व हुन्छ। यदि तैँले त्यसलाई पहिचान गरिस् भने पनि, त्यो कुरा शैतानले नै बोल्दै छ भनी तैँले थाहा पाउन सक्दैनस्। तर अहिले यहाँ शैतान आफैले के भनेको छ भन्‍ने कुरा तैँले स्पष्‍टसँग देखेको छस्। अहिले तँसँग शैतानको घृणित अनुहार र दुष्‍टताको स्पष्‍ट र सफा बुझाइ छ। के शैतानले बोलेका यी दुई खण्डहरू आज मानिसहरूलाई शैतानको प्रकृतिको विषयमा ज्ञान प्राप्‍त गर्नमा मदत गर्नलाई महत्वपूर्ण छन्? के आज मानवजातिले शैतानको घृणित रूप पहिचान गर्न, शैतानको मौलिक, साँचो अनुहार पहिचान गर्न यी दुई खण्डहरू होसियारीसाथ प्रयोगमा राखिराख्‍न लायक छन्? यसो भन्‍नु उपयुक्त नदेखिए तापनि, यसरी व्यक्त गरिएका यी वचनहरूलाई सही ठान्‍न सकिन्छ। वास्तवमा, यो विचारलाई मैले यसरी मात्रै व्यक्त गर्न सक्छु, र यदि तिमीहरूले यसलाई बुझ्‍न सक्छौ भने त्यो पर्याप्‍त छ। यहोवाले गर्नुहुने कुराहरूलाई बारम्बार शैतानले आक्रमण गर्छ, यहोवा परमेश्‍वरप्रतिको अय्यूबको भयको बारेमा त्यसले दोष लगाउँछ। शैतानले यहोवालाई थुप्रै माध्यमहरूबाट उक्साउने प्रयत्‍न गर्छ, त्यसले अय्यूबलाई परीक्षामा पारेको कुरालाई यहोवाले बेवास्ता गरून् भन्‍ने चेष्टा गर्छ। त्यसैले त्यसका वचनहरूमा उच्‍च रूपमा उक्साउने प्रकृति पाइन्छ। त्यसैले मलाई बताओ, शैतानले यी वचनहरू बोलिसकेपछि, शैतानले के गर्न चाहन्छ भनी के परमेश्‍वरले स्पष्‍टसँग देख्‍न सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) परमेश्‍वरको हृदयमा, परमेश्‍वरले हेर्नुभएको यो मानिस अय्यूब—परमेश्‍वरको यस सेवक, जसलाई परमेश्‍वरले धर्मी मानिस, सिद्ध मानिसको रूपमा लिनुहुन्छ—के ऊ यस किसिमको परीक्षामा खडा भइरहन सक्छ? (सक्छ।) किन परमेश्‍वर यस विषयमा त्यति निश्‍चित हुनुहुन्छ? के परमेश्‍वरले सधैँ मानिसको हृदयको जाँच गरिरहनुहुन्छ? (हो।) के शैतानले पनि मानिसको हृदय जाँच गर्न सक्छ? शैतानले सक्दैन। शैतानले तेरो हृदयलाई देख्‍न सके पनि, त्यसको दुष्‍ट प्रकृतिले त्यसलाई पवित्रता, पवित्रता नै हो वा अपवित्रता, अपवित्रता नै हो भनी विश्‍वास गर्न दिँदैन। दुष्‍ट शैतानले पवित्र, धर्मी वा उज्‍ज्‍वल कुरालाई कहिल्यै पनि मूल्यवान् ठान्‍न सक्दैन। शैतानले आफ्नो प्रकृति, आफ्नो दुष्‍टता र आफ्नो आदतबमोजिम काम गर्न कहिल्यै छोड्दैन। परमेश्‍वरद्वारा दण्ड वा विनाश सहनु परे तापनि त्यो जिद्दी बनेर परमेश्‍वरको विरोध गर्न पछि पर्दैन—यो दुष्‍टता हो, यो शैतानको स्वभाव हो। यो खण्डमा शैतान भन्छ: “छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।” शैतानले सोच्छ कि मानिसले परमेश्‍वरबाट थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारण मानिसले परमेश्‍वरको भय मानेको हो। मानिसले परमेश्‍वरबाट फाइदाहरू प्राप्‍त गर्छ, त्यसैले उसले परमेश्‍वर असल हुनुहुन्छ भनी भन्छ। तर परमेश्‍वर असल हुनुभएको कारणले होइन, बरु मानिसले थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारणले गर्दा उसले यस किसिमले परमेश्‍वरको भय मान्‍न सक्छ। जब परमेश्‍वरले उसलाई यी सबै फाइदाहरूबाट वञ्‍चित गर्नुहुन्छ, तब उसले परमेश्‍वरलाई त्याग्छ। मानिसको हृदयले साँच्‍चिकै परमेश्‍वरको भय मान्‍न सक्छ भनेर आफ्‍नो दुष्ट प्रकृतिभित्र शैतानले विश्‍वास गर्दैन। त्यसको दुष्‍ट प्रकृतिको कारण त्यसलाई पवित्रता के हो भन्‍ने नै थाहा छैन, त्यसलाई भयपूर्ण आदर के हो भन्‍ने थाहा हुनु त परै जाओस्। परमेश्‍वरको आज्ञापालन गर्नु भनेको के हो वा परमेश्‍वरको भय मान्‍नु भनेको के हो भन्‍ने त्यसलाई थाहा छैन। त्यसलाई यी कुराहरू थाहा नभएको कारण, मानिसले पनि परमेश्‍वरको भय मान्‍न सक्दैन भनी त्यसले सोच्छ। मलाई भन त, के शैतान दुष्‍ट छैन र? हाम्रो मण्डलीबाहेक अन्य थुप्रै धर्म र सम्प्रदायहरू, वा धार्मिक र सामाजिक समूहहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, तिनीहरूले परमेश्‍वर देहधारी हुनुभयो र उहाँले न्यायको काम गरिरहनुभएको छ भनी विश्‍वास गर्ने त कुरै नगरौँ, त्यसैले तैँले जसमा विश्‍वास गरेको छस् उहाँ परमेश्‍वर हुनुहुन्‍न भनी तिनीहरू सोच्छन्। व्यभिचारी मानिसले आफ्नो वरपर हेर्छ र सबैलाई आफूजस्तै व्यभिचारी देख्‍छ। झूटो बोल्‍ने मानिसले आफ्‍नो वरपर हेर्छ र बेइमान र झूट मात्र देख्छ। दुष्‍ट मानिसले हरेक व्यक्तिलाई दुष्‍ट नै देख्‍छ र उसले देखेका हरेक व्यक्तिसँग झगडा गर्न चाहन्छ। इमानदार व्यक्तिले हरेक व्यक्तिलाई इमानदार नै देख्छ, त्यसैले तिनीहरूलाई सधैँ धोका दिइन्छ, सधैँ ठगिन्छ, र त्यस विषयमा तिनीहरूले केही पनि गर्न सक्दैनन्। तिमीहरूलाई आफ्‍नो सत्यसङ्कल्प सुदृढ बनाउनको लागि मैले यी केही उदाहरणहरू दिएको छु: शैतानको दुष्‍ट प्रकृति क्षणिक बाध्यता होइन, यो परिस्थितिहरूद्वारा निर्धारित हुँदैन, र यो कुनै कारण वा प्रासङ्गिक तत्वहरूबाट उत्पन्‍न भएको अस्थायी प्रकटीकरण पनि होइन। बिलकुलै होइन! शैतानले यस्तो बन्‍नेबाहेक केही पनि गर्न सक्दैन! त्यसले कुनै पनि असल कार्य गर्न सक्दैन। यसले सुन्दा रमाइलो लाग्‍ने कुरा भन्दासमेत, केवल तँलाई लोभ्याउनको लागि यो कुरा भन्छ। त्यो कुरा जति धेरै रमाइलो हुन्छ, त्यसमा त्यति नै धेरै धूर्तता हुन्छ, त्यसका वचनहरू जति धेरै सुमधुर हुन्छन्, यी वचनहरूको पछाडि त्यति नै धेरै द्वेषपूर्ण र घृणित अभिप्राय लुकेको हुन्छ। शैतानले यी दुई खण्डहरूमा कस्तो किसिमको अनुहार र कस्तो किसिमको प्रकृति देखाउँछ? (ढोंगी, द्वेषपूर्ण र दुष्ट।) शैतानको प्राथमिक विशेषता दुष्‍टता हो; सबैभन्दा महत्वपूर्ण कुरा, शैतान दुष्‍ट र द्वेषपूर्ण हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्