परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२

28 नोभेम्बर 2022

परमेश्‍वरलाई पछ्याउँदा, मानिसहरूले विरलै मात्र परमेश्‍वरको इच्छाको बारेमा ध्यान दिन्छन् र तिनीहरूले कमै मात्र उहाँका सोचहरू र मानिसहरूप्रतिको उहाँको आचरणको बारेमा परवाह गर्छन्। मानिसहरूले परमेश्‍वरका सोचहरूको बारेमा बुझ्दैनन्, त्यसैले उहाँका अभिप्रायहरू र स्वभावको बारेमा प्रश्नहरू गर्दा, तिमीहरू द्विविधामा पर्छौ; तिमीहरू गहन अनिश्चिततामा पर्छौ, र तिमीहरूले कि त अनुमान लगाउँछौ कि त झटारो हान्छौ। यो कस्तो प्रकारको आचरण हो? यसले एउटा तथ्य प्रमाणित गर्छ: परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूले उहाँलाई रित्तो हावाको एक पोकोको रूपमा र एक मिनेट अस्तित्वमा रहने अर्को मिनेट अस्तित्वमा नरहने कुनै वस्तुको रूपमा लिन्छन्। मैले यसलाई किन यसरी भनेँ त? किनभने जब तिमीहरूले कुनै समस्याको सामना गर्छौ तब तिमीहरूलाई परमेश्‍वरको इच्छाको बारेमा थाहै हुँदैन। किन तिमीहरूलाई उहाँको इच्छाको बारेमा थाहै हुँदैन त? अहिले मात्र होइन, बरु सुरुदेखि अन्त्यसम्म नै, के यो समस्याप्रतिको परमेश्‍वरको आचरणको बारेमा तिमीहरूलाई थाहा छैन त? तैँले यसलाई बुझ्न सक्दैनस् र तँलाई परमेश्‍वरको मनोवृत्तिको बारेमा थाहा छैन, तर के तैँले यसको बारेमा त्यति सोचेको छस् त? के तैँले यसको बारेमा जान्ने प्रयास गरेको छस् त? के तैँले यसको बारेमा सङ्गति गरेको छस् त? छैनस्! यसले एउटा तथ्य पुष्टि गर्छ: वास्तविकताको परमेश्‍वरसँग तेरो विश्‍वासको परमेश्‍वरको कुनै सम्बन्ध छैन। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले केवल आफ्ना अभिप्रायहरू र तेरा अगुवाहरूका अभिप्रायहरूको बारेमा मात्र चिन्तन गर्छस्; परमेश्‍वरको इच्छाको खोजी बिलकुलै नगरी तैँले परमेश्‍वरका वचनहरूको सतही र धर्मसैद्धान्तिक अर्थहरूलाई मात्र सोचविचार गर्छस्। अवस्था यही हो, होइन र? यो मामलाको सार एकदमै भयानक छ! वर्षौंपछि मैले परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू देखेको छु। तिनीहरूको मनभित्र तिनीहरूको विश्‍वासले परमेश्‍वरलाई केमा रूपान्तरित गरेको छ त? केही मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर केवल एक रित्तो हावाको पोको हुनुहुन्छ। यी मानिसहरूसँग परमेश्‍वरको अस्तित्व बारेका प्रश्नहरूको कुनै जबाफ हुँदैन किनभने तिनीहरूले उहाँको उपस्थिति वा अनुपस्थिति न त अनुभव गर्न सक्छन् न त महसुस नै गर्न सक्छन्, यसको बारेमा स्पष्टसँग देख्ने वा बुझ्ने कुरा त परै जाओस्। अर्धचेतन रूपमा, यी मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्न भनी सोच्छन्। अन्य मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक मानव हुनुहुन्छ। यी मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्ने सबै कुराहरू उहाँले पनि गर्न सक्नुहुन्न र तिनीहरूले जसरी सोच्छन् उहाँले पनि त्यसरी नै सोच्नुहुन्छ। परमेश्‍वर सम्‍बन्धी तिनीहरूको परिभाषा भनेको “एक अदृश्य र अस्पर्शनीय व्यक्ति” भन्‍ने हुन्छ। मानिसहरूको एक अर्को समूह पनि छ जसले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक कठपुतली हुनुहुन्छ; यी मानिसहरूले परमेश्‍वरमा कुनै भावनाहरू नै हुँदैनन् भनी विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वर त एक माटोको मूर्ति हुनुहुन्छ अनि कुनै समस्याको सामना गर्दा परमेश्‍वरसँग कुनै आचरण, दृष्टिकोण वा विचारहरू नै हुँदैनन् भन्‍ने सोच्छन्; तिनीहरू परमेश्‍वर मानवजातिको निगाहमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूले आफूलाई जसरी विश्‍वास गर्न मन लाग्यो त्यसरी नै विश्‍वास गर्छन्। यदि उनीहरूले उहाँलाई ठूलो बनाए भने उहाँ ठूलो हुनुहुन्छ; यदि उनीहरूले उहाँलाई सानो बनाए भने उहाँ सानो हुनुहुन्छ। जब मानिसहरूले पाप गर्छन् अनि तिनीहरूलाई परमेश्‍वरको कृपा, सहनशीलता र प्रेमको आवश्‍यकता पर्छ, तब तिनीहरू परमेश्‍वरले कृपा प्रदान गर्नुपर्छ भन्‍ने ठान्छन्। यी मानिसहरूले आफ्नै मनभित्र “परमेश्‍वर” को आविष्कार गर्छन् र उक्त “परमेश्‍वर” लाई तिनीहरूका मागहरू पूरा गर्न तथा तिनीहरूका सबै चाहनाहरू सन्तुष्ट पार्न लगाउँछन्। यी मानिसहरू जुनसुकै समय र ठाउँमा भए तापनि र तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहारमा अनि तिनीहरूको विश्‍वासमा यही कल्पनालाई अँगाल्नेछन्। अनि यस्ता खालका मानिसहरू पनि छन् जो परमेश्‍वरको स्वभावलाई क्रोधित पारिसकेपछि पनि अझै परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ भनी विश्‍वास गर्छन् किनभने परमेश्‍वरको प्रेम असीमित छ र उहाँको स्वभाव धर्मी छ अनि व्यक्तिले परमेश्‍वरलाई जति ठेस पुर्‍याए पनि उहाँले त्यो कुरालाई सम्झनुहुनेछैन भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरूले के सोच्छन् भने मानवीय त्रुटिहरू, मानवीय उल्‍लङ्घनहरू अनि मानवीय अवज्ञाहरू व्यक्तिको स्वभावको क्षणिक अभिव्यक्तिहरू भएका हुनाले परमेश्‍वरले मानिसहरूलाई मौका दिनुहुन्छ र तिनीहरूप्रति सहनशील र धैर्य रहनुहुन्छ; तिनीहरू परमेश्‍वरले आफूलाई पहिलेजस्तै प्रेम गर्नुहुन्छ भनी विश्‍वास गर्छन्। यसरी, तिनीहरूले मुक्ति प्राप्त गर्ने उच्च आशा राख्छन्। वास्तवमा, मानिसहरूले परमेश्‍वरमा जसरी विश्‍वास गरे तापनि, जबसम्म तिनीहरूले सत्यताको खोजी गरिरहेका हुँदैनन् तबसम्म उहाँले तिनीहरूप्रति नकारात्मक आचरण राख्नुहुन्छ। यस्तो किन हुन्छ भने, परमेश्‍वरप्रति तेरो विश्‍वासको सिलसिलामा, तैँले परमेश्‍वरका वचनहरूको पुस्तक लिएर यसलाई अमूल्य सम्पत्तिको रूपमा लिए पनि, अनि यसलाई हरेक दिन अध्ययन र वाचन गरे पनि, तैँले वास्तविक परमेश्‍वरलाई एकातिर पन्छाएर राख्छस्। तैँले उहाँलाई केवल रित्तो हावा वा केवल एक व्यक्तिको रूपमा लिन्छस्—तिमीहरूमध्ये केहीले उहाँलाई कठपुतली भन्दा बढ्ता ठान्दैनौ। मैले किन यसरी यो कुरा राखेँ त? मैले त्यसो गरें किनभने मैले जे देख्दैछु त्यो अनुसार, तिमीहरूले कुनै समस्या वा केही परिस्थितिको सामना गरे पनि नगरे पनि, तेरो अर्धचेतनमा रहेका कुराहरू, तैँले भित्रैबाट उत्पन्न गरेका कुराहरू र परमेश्‍वरका वचनहरू वा सत्यताको खोजीको बीचमा कहिल्यै पनि कुनै सम्बन्ध नै रहेको छैन। तैँले तँ आफूले जे सोचिराखेको छस्, तेरो दृष्टिकोण जे छ त्यो मात्र जान्दछस्, अनि तैँले तेरा आफ्नै विचारहरू र रायहरूलाई जबरजस्ती परमेश्‍वरमा लाद्छस्। तेरो मनमा, ती कुराहरू परमेश्‍वरका दृष्टिकोणहरू बन्छन्, अनि तैँले ती दृष्टिकोणहरूलाई आफूले अटल रूपमा पालना गर्ने मापदण्डहरू बनाउँछस्। समयसँगै, यसरी अघि बढ्दै जाँदा यसले तँलाई परमेश्‍वरबाट टाढाभन्दा टाढा पुर्‍याउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्