परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १११

23 नोभेम्बर 2022

परमेश्‍वरको धर्मी स्वभावलाई जान्‍नको लागि अनुभव र कल्‍पनामा भर पर्नु हुँदैन

जब तैँले परमेश्‍वरको न्याय र सजायको सामना गरिरहेको हुन्छस्, के तैँले परमेश्‍वरको वचन अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले परमेश्‍वरको रिसको पछाडि कथा लुकेको छ, र यो अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले उहाँको स्वभाव पूर्ण रूपमा धर्मी नै छ भन्‍ने छैन भन्दै परमेश्‍वरको निन्दा गर्नेछस्? परमेश्‍वरका हरेक कार्यहरूको सामना गर्ने क्रममा, तँ पहिले परमेश्‍वरको धर्मी स्वभाव अरू कुनै तत्वहरूबाट मुक्त छ, यो पवित्र र त्रुटि विहीन छ भन्‍ने कुरामा निश्‍चित हुनैपर्छ। यी कार्यहरूमा परमेश्‍वरले मानवजातिलाई प्रहार गर्ने, दण्ड दिने र विनाश गर्ने कार्यहरू पर्दछन्। परमेश्‍वरको हरेक कार्यहरू विना कुनै अपवाद पूर्ण रूपमा उहाँको अन्तर्निहित स्वभाव र उहाँको योजनाअनुसार नै हुन्छन्, र तिनमा मानवजातिको ज्ञान, परम्परा र दर्शनको कुनै पनि भाग समावेश हुँदैन। परमेश्‍वरको हरेक कार्य उहाँको स्वभाव र सारको अभिव्यक्ति हो, जुन भ्रष्ट मानवजातिको स्वामित्वमा रहेको कुनै पनि कुरासँग सम्‍बन्धित हुँदैन। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम, कृपा र सहनशीलता मात्रै त्रुटि विहीन, विशुद्ध र पवित्र छन् भन्ने धारणा मानवजातिमा छ, तर परमेश्‍वरको रिस र उहाँको क्रोध पनि त्यस्तै विशुद्ध छन् भनेर कसैलाई पनि थाहा छैन; यसको साथै, परमेश्‍वरले किन कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न, वा उहाँको रिस किन यति ठूलो छ भन्‍ने जस्ता प्रश्‍नहरूमा कसैले पनि चिन्तन गरेका छैनन्। यसको विपरीत, कतिपयले परमेश्‍वरको क्रोधलाई भ्रष्ट मानवजातिको रिसाहा स्वभाव जस्तै हो भनी ठान्छन्, अनि परमेश्‍वरको रिस भनेको भ्रष्ट मानवजातिको रिस त हो नि भनेर गलत बुझ्छन्। तिनीहरूले परमेश्‍वरको रिस मानवजातिको भ्रष्ट स्वभावको प्राकृतिक प्रकाश जस्तै हो र परमेश्‍वरको क्रोध प्रकट हुनु भनेको कुनै चित्त नबुझ्‍ने परिस्थिति आइपर्दा भ्रष्ट मानिसहरूमा आउने रिस जस्तै हो भनेर गलत अनुमान गर्छन्, र परमेश्‍वरको क्रोध बाहिर आउनु भनेको उहाँको मनस्थितिको अभिव्यक्ति हो भन्‍ने विश्‍वास गर्छन्। म आशा गर्छु, यो सङ्गतिपछि तिमीहरू प्रत्येकमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा अबउप्रान्त कुनै पनि भ्रमहरू, कल्‍पनाहरू वा अनुमानहरू हुनेछैनन्। मलाई आशा छ, मेरा वचनहरू सुनिसकेपछि तिमीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावको क्रोधको साँचो पहिचान हुनसक्छ, परमेश्‍वरको क्रोध सम्‍बन्धी पहिलेका कुनै पनि गलत बुझाइहरूलाई तिमीहरूले पन्छाउन सक्छौ, अनि तिमीहरूले परमेश्‍वरको क्रोधको सार सम्‍बन्धी तिमीहरूका आफ्ना गलत विश्‍वासहरू र दृष्टिकोणहरू परिवर्तन गर्न सक्छौ। यसको साथै, मलाई आशा छ, तिमीहरूको हृदयमा परमेश्‍वरको स्वभाव सम्‍बन्धी यथार्थ परिभाषा हुनसक्छ, परमेश्‍वरको धर्मी स्वभावको बारेमा तिमीहरूसँग अब उप्रान्त कुनै शङ्का हुनेछैन, र परमेश्‍वरको साँचो स्वभावमा तिमीहरूले कुनै पनि मानवीय तर्क वा कल्‍पनाहरूलाई लाद्‍ने छैनौँ। परमेश्‍वरको धर्मी स्वभाव परमेश्‍वरको आफ्‍नै साँचो सार हो। यो मानिसले लेखेको वा आकार दिएको कुरा होइन। उहाँको धर्मी स्वभाव भनेको उहाँको धर्मी स्वभाव नै हो र सृष्टिको कुनै पनि कुरासँग यसको सम्‍बन्ध वा सरोकार छैन। परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। उहाँ कहिल्यै पनि सृष्टिको हिस्सा बन्‍नुहुनेछैन, र उहाँ सृष्टि गरिएको प्राणीको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै वस्तुलाई चिन्‍नुजस्तो होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि मानिसले परमेश्‍वरलाई चिन्‍नको लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधिको प्रयोग गर्छ भने, तैँले कहिल्यै पनि परमेश्‍वरसम्‍बन्धी ज्ञान हासिल गर्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनामा निर्भर हुँदैन, त्यसकारण तैँले परमेश्‍वरमा कहिल्यै पनि आफ्‍नो अनुभव वा कल्‍पना लाद्‍नु हुँदैन; तेरो अनुभव र कल्‍पना जति नै अमूल्य भए तापनि, ती अझै पनि सीमित नै हुन्छन्। यति मात्र कहाँ हो र, तेरो कल्‍पना तथ्यहरूसँग मेल खाँदैन, सत्यतासँग मेल खाने त कुरै नगरौँ, अनि यो परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैन। यदि तँ परमेश्‍वरको सारलाई बुझ्‍नको लागि आफ्‍नो कल्‍पनामा भर पर्छस् भने तँ कहिल्यै पनि सफल हुनेछैनस्। एउटै मार्ग यही हो: परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र बुझ्। तेरो सहकार्यको कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाको कारण उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नको लागि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिने दिन पनि आउनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्