परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७४

11 डिसेम्बर 2022

उहाँ देह हुनुहुँदा अनि मानवजातिको माझमा जिउनुहुँदा परमेश्‍वरले अनुभव गर्नुहुने कष्टको बारेमा के भन्‍ने? यो कष्ट के हो? के कसैले यसलाई साँचो रीतिले बुझ्न सक्छ? कोही मानिसहरू भन्छन् कि परमेश्‍वरले अति कष्ट भोग्नुहुन्छ, कि उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुभए तापनि मानिसहरूले उहाँको सारलाई बुझ्दैनन्, तर उहाँलाई सधैँ व्यक्ति झैँ व्यवहार गर्ने तिनीहरूको प्रवृत्ति हुन्छ, जसले गर्दा उहाँले पीडित भएको तथा अन्यायमा परेको अनुभव गर्नुहुन्छ—तिनीहरू भन्छन्, कि यी कारणहरूले गर्दा, परमेश्‍वरको कष्ट साँच्‍चै ठूलो छ। अरू मानिसहरू भन्छन्, परमेश्‍वर निर्दोष हुनुहुन्छ र पापरहित हुनुहुन्छ, तर उहाँले मानवजातिले जस्तै कष्ट भोग्नुहुन्छ, उहाँले मानवजाति सँगसँगै सतावट, निन्दा, अपमान भोग्नुहुन्छ; तिनीहरू भन्छन्, उहाँले उहाँका अनुयायीहरूको गलत बुझाइ र अनाज्ञाकारिता पनि सहनुहुन्छ—यसरी, परमेश्‍वरको कष्टलाई साँच्चिकै मापन गर्न सकिँदैन भनेर तिनीहरू भन्छन्। अब, यस्तो प्रतीत हुन्छ कि तिमीहरूले साँचो रूपमा परमेश्‍वरलाई बुझ्दैनौ। वास्तवमा, तिमीहरूले जुन कष्टको बारेमा कुरा गर्छौ, त्यो परमेश्‍वरको निम्ति साँचो कष्टको रूपमा गणना हुँदैन किनकि योभन्दा पनि ठूलो कष्ट छ। त्यसोभए, परमेश्‍वर स्वयम्‌को निम्ति साँचो कष्ट के हो त? परमेश्‍वरको देहधारी शरीरको निम्ति साँचो कष्ट के हो त? परमेश्‍वरको निम्ति, मानवजातिले उहाँलाई नबुझ्नु कष्टको रूपमा गणना हुँदैन, न त परमेश्‍वरको बारेमा मानिसहरूसित गलत बुझाइ हुनु र उहाँलाई परमेश्‍वरको रूपमा नहेर्नु नै कष्टको रूपमा गणना हुन्छ। तथापि, मानिसहरूले प्रायजसो के महसुस गर्छन् भने, परमेश्‍वरले ठूलो अन्याय भोगेको हुनुपर्छ, अनि परमेश्‍वरले देहमा बिताउनुभएको समयावधिमा, उहाँले मानवजातिलाई उहाँको व्यक्तित्व देखाउन सक्नुहुन्न र मानिसहरूलाई उहाँको महानता देख्न दिन सक्नुहुन्न, अनि परमेश्‍वरले नम्रतापूर्वक एउटा महत्त्वहीन देहमा आफैलाई लुकाइरहनुभएको छ र यो उहाँको निम्ति एउटा ठूलो यातना हुनुपर्छ। मानिसहरूले परमेश्‍वरको कष्टको बारेमा जे बुझ्न सक्छन् र जे तिनीहरूले देख्न सक्छन्, त्यसबाट नै तिनीहरू प्रभावित हुन्छन् अनि परमेश्‍वरमाथि सबै प्रकारका सहानुभूति व्यक्त गर्छन् र प्रायजसो उहाँको कष्टको निम्ति अलिकति प्रशंसा समेत चढाउँछन्। यथार्थमा, परमेश्‍वरको कष्टको बारेमा मानिसहरूले जे बुझ्दछन् र उहाँले जे साँचो रूपमा महसुस गर्नुहुन्छ, त्यसबीच एउटा भिन्नता छ; एउटा अन्तर छ। म तिमीहरूलाई सत्यता भन्दैछु—परमेश्‍वरको निम्ति, चाहे त्यो परमेश्‍वरका आत्मा होस् कि परमेश्‍वरको देहधारी शरीर होस्, माथि बताइएको कष्ट साँचो कष्ट होइन। त्यसोभए, परमेश्‍वरले वास्तवमा केको कष्ट भोग्‍नुहुन्छ त? हामी देहधारी परमेश्‍वरको दृष्टिकोणबाट मात्रै परमेश्‍वरको कष्टको बारेमा कुरा गरौँ।

जब परमेश्‍वर देहधारी भई एउटा औसत, सामान्य मानिसमा बदलिनुहुन्छ, मानवजातिको माझमा मानिसहरू सँगसँगै जिउनुहुन्छ, के उहाँले मानिसहरूका जिउने सम्‍बन्धी विधिहरू, व्यवस्थाहरू, अनि दर्शनहरूलाई देख्न र महसुस गर्न सक्नुहुन्न र? जिउने सम्‍बन्धी यी विधिहरू तथा व्यवस्थाहरूले उहाँलाई कस्तो महसुस गराउँछन्? के उहाँले आफ्नो हृदयमा घृणाको महसुस गर्नुहुन्छ? किन उहाँले घृणाको महसुस गर्नुहुन्छ? जिउने सम्‍बन्धी मानवजातिका विधि तथा व्यवस्थाहरू के-के हुन् त? कुन सिद्धान्तहरूमा तिनीहरूले जरा बसालेका छन्? तिनीहरू कुन कुरामा आधारित छन्? मानवजातिका विधि, व्यवस्था, अनि आदि इत्यादि कुरा ती जिउने तरिकासित सम्बन्धित भएकोले—यो सबै शैतानको तर्क, ज्ञान र दर्शनको आधारमा सृष्टि गरिएका हुन्। यस प्रकारका व्यवस्थाहरूको अधीनका जिइरहेका मानिसहरूको कुनै मानवता, कुनै सत्यता हुँदैन—तिनीहरू सबैले सत्यताको विरोध गर्छन् र परमेश्‍वरप्रति प्रतिरोधी हुन्छन्। यदि हामी परमेश्‍वरको सारप्रति दृष्टि लगाउँछौँ भने, हामी उहाँको सार शैतानको तर्क, ज्ञान र दर्शनको ठीक विपरीत छ भन्‍ने देख्छौँ। उहाँको सार धार्मिकता, सत्यता र पवित्रता, अनि सबै सकारात्मक कुराहरूको अन्य वास्तविकताहरूले भरिपूर्ण छ। यस्तो सारले सुसम्पन्न हुनुभएका अनि मानवजातिको माझमा वास गर्नुहुने परमेश्‍वरले कस्तो अनुभूति गर्नुहुन्छ? उहाँले आफ्नो हृदयमा कस्तो अनुभूति गर्नुहुन्छ? के यो पीडाले भरिपूर्ण हुँदैन र? उहाँको हृदय पीडाले भरिपूर्ण हुन्छ, एउटा यस्तो पीडा जुन कुनै व्यक्तिले बुझ्न वा अनुभव गर्न सक्दैन। यसको कारण के हो भने, उहाँले सामना गर्नुहुने, जम्काभेट गर्नुहुने, सुन्नुहुने, देख्नुहुने अनि अनुभव गर्नुहुने सबै मानवजातिको भ्रष्टता, खराबी, अनि सत्यताप्रतिको विरुद्धमा अनि प्रतिरोधमा रहेको तिनीहरूको विद्रोह हो। मानिसहरूबाट आउने भनेका सबै उहाँको कष्टका श्रोत हुन्। भनाइको अर्थ, उहाँको सार भ्रष्ट मानिसहरूको जस्तै नभएको हुनाले, मानिसहरूको भ्रष्टता उहाँको सबैभन्दा ठूलो कष्टको श्रोत बन्दछ। जब परमेश्‍वर देहधारी बन्‍नुहुन्छ, के उहाँले उहासँग आम भाषा भएको कसैलाई भेट्टाउन सक्‍नुहुन्छ? त्यस्तो व्यक्तिलाई मानवजातिको माझमा भेट्टाउन सकिँदैन। परमेश्‍वरसित बातचित गर्न सक्‍ने वा परमेश्‍वरसित कुराकानी गर्न सक्‍ने कसैलाई पनि भेट्टाउन सकिँदैन—यसको बारेमा परमेश्‍वरसित कस्तो प्रकारको अनुभूति हुन्छ भनेर तैँले भन्छस्? मानिसहरूले छलफल गर्ने, प्रेम गर्ने, खोजी गर्ने र चाहना गर्ने सबै कुरा पाप र दुष्ट प्रवृत्तिहरूसित सम्‍बन्धित हुन्छन्। जब परमेश्‍वरले यी सबैको सामना गर्नुहुन्छ, के यो उहाँको हृदयको निम्ति छुरा जस्तो हुँदैन र? यस्ता कुराहरूको सामना गर्दा, के उहाँको हृदयमा आनन्द हुनसक्छ र? के उहाँले सान्त्वना भेट्टाउन सक्नुहुन्छ र? उहाँसित बसिरहेका मानिसहरू विद्रोह तथा खराबीले भरिपूर्ण मानिसहरू हुन्—उहाँको हृदयले कसरी कष्ट नभोग्न सक्छ र? यो कष्ट वास्तवमा कति ठूलो छ, अनि यसको बारेमा कसले वास्ता गर्छ र? कसले ध्यान दिन्छ र? अनि यसलाई कसले बुझ्‍न सक्छ? परमेश्‍वरको हृदय बुझ्ने कुनै उपाय मानिसहरूसित छैन। उहाँको कष्ट यस्तो कुरा हो जसलाई मानिसहरूले बुझ्‍न सक्दैनन्, अनि मानवजातिको चिसोपना र संवेदनाशून्यताले परमेश्‍वरको कष्टलाई अझ बढी गहिर्‍याउँदछ।

केही मानिसहरूले ख्रीष्टको दयनीय अवस्थाप्रति प्रायजसो सहानुभूति राख्छन् किनकि बाइबलमा एउटा पद छ जसले भन्छ: “फ्याउराहरू बस्‍ने दुलाहरू छन् र आकाशका पक्षीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्‍ने ठाउँ छैन।” जब मानिसहरूले यो सुन्छन्, तब तिनीहरू यसबाट प्रभावित हुन्छन् अनि परमेश्‍वरले सहनुभएको र ख्रीष्टले सहनुभएको सबैभन्दा ठूलो कष्ट यही हो भन्‍ने विश्‍वास गर्छन्। अब, तथ्यहरूको दृष्टिकोणबाट हेरेर भन्दा, के साँचो कुरा त्यही नै हो त? होइन; परमेश्‍वरले यी कठिनाइहरूलाई कष्ट हुन् भनी विश्‍वास गर्नुहुन्न। आफूले देहमा भोग्‍नुभएका कठिनाइहरूको कारणले उहाँले कहिल्यै अन्यायको विरुद्धमा कराउनुभएको छैन, अनि उहाँले मानिसहरूलाई कुनै कुराको भुक्तानी गर्न वा प्रतिफल दिन लगाउनुभएको छैन। तथापि, जब उहाँले मानवजाति र भ्रष्ट जीवन अनि भ्रष्ट मानिसहरूको खराबीको बारेमा सबै कुरा देख्नुहुन्छ, जब मानवजाति शैतानको पकडमा छ अनि शैतानद्वारा बन्दी बनाइएको र उम्कन नसकेको अवस्थामा छ, पापमा जिइरहेका मानिसहरूले सत्यता के हो भनी जान्दैनन् भन्‍ने देख्नुहुन्छ, तब उहाँले यी पापलाई सहन गर्न सक्नुहुन्न। मानिसहरूप्रतिको उहाँको घृणा दिनदिनै बढ्दै जान्छ, तर उहाँले यी सबैलाई पनि सहनुपर्ने हुन्छ। परमेश्‍वरको ठूलो कष्ट यही हो। परमेश्‍वरले आफ्ना अनुयायीहरूको माझमा आफ्नै हृदयको आवाज वा भावनाहरूलाई समेत पूर्ण रूपमा व्यक्त गर्न सक्नुहुन्न, अनि उहाँका अनुयायीहरूको माझमा कसैले पनि उहाँको कष्टलाई साँचो रीतिले बुझ्न सक्दैन। कसैले पनि उहाँलाई बुझ्न वा उहाँको हृदयलाई सान्त्वना दिने कोसिस गर्दैन, जुन हृदयले यो कष्टलाई दिन-प्रतिदिन, वर्षैपिच्‍छे अनि बारम्बार सहिरहन्छ। यो सबैमा तिमीहरू के देख्छौ? परमेश्‍वरले मानिसहरूबाट उहाँले जे दिनुभएको छ, त्यसको बदलामा केही पनि चाहनुहुन्न, तर परमेश्‍वरको सारको कारणले, उहाँले मानवजातिको खराबी, भ्रष्टता र पापलाई बिलकुल सहन सक्नुहुन्न, बरु अत्यन्त वितृष्णा र घृणा अनुभूति गर्नुहुन्छ जसले परमेश्‍वरको हृदय तथा उहाँको देहलाई अन्त्यहीन कष्टमा डोर्‍याउँछ। के तिमीहरूले यो कुरालाई देखेका छौ? सायद तिमीहरूमध्ये कसैले यसलाई देख्न सक्दैनौ, किनकि तिमीहरूमध्ये कसैले परमेश्‍वरलाई साँचो रीतिले बुझ्न सक्दैनौ। समयको अन्तरालमा, यसलाई तिमीहरूले क्रमिक रूपमा आफै अनुभव गर्नुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्