परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७२

2 जनवरी 2023

प्रभु येशू जन्मनुभएको बेला धेरै घटनाहरू घटे भन्‍ने कुरा बाइबल पढेका हरेकले जान्दछन्। ती घटनाहरूमध्ये सबैभन्दा ठूलो उहाँलाई दियाबलसहरूका राजाले खेदेको घटना थियो, जुन यति चरम थियो कि त्यसबेला सहरका दुई वर्षका र त्यसभन्दा मुनिका सबै बच्चाहरू संहार गरिएका थिए। यो स्पष्ट छ कि मानिसहरूको माझमा देह भएर परमेश्‍वरले ठूलो जोखिम उठाउनुभयो; मानवजातिलाई उद्धार गर्ने व्यवस्थापन पूरा गर्नको निम्ति उहाँले चुकाउनुभएको मूल्य ठूलो थियो भन्ने कुरा पनि स्पष्ट छ। परमेश्‍वरले मानवजातिको निम्ति देहमा आफ्नो कामको निम्ति सँगाल्नुभएको महान् आशाहरू पनि प्रष्टै छन्। जब परमेश्‍वरको देहले मानवजातिको माझमा काम सम्हाल्न सक्षम भयो, तब उहाँले कस्तो महसुस गर्नुभयो? मानिसहरूले केही हदसम्म त्यसलाई बुझ्न सक्षम हुनुपर्छ, होइन र? कम्तीमा, परमेश्‍वर खुशी हुनुहुन्थ्यो किनकि उहाँले मानवजातिको माझमा आफ्नो नयाँ काम गर्न सुरु गर्न सक्नुभयो। जब प्रभु येशूले बप्तिस्मा लिनुभयो र उहाँले आफ्नो सेवकाई पूरा गर्ने आफ्नो काम आधिकारिक रूपमा सुरु गर्नुभयो, तब परमेश्‍वरको हृदय आनन्दले भाव-विभोर भएको थियो किनकि धेरै वर्षहरूको प्रतीक्षा र तयारीपछि, अन्ततः उहाँले एउटा सामान्य मानिसको देह धारण गर्नुभई मासु र रगतको रूपमा आफ्नो नयाँ काम सुरु गर्न सक्नुभयो जसलाई मानिसहरूले हेर्न र छुन सक्थे। अन्ततः मानिसको पहिचानमा उहाँले मानिसहरूसित आमने-सामने घनिष्ठ भएर बोल्न सक्नुभयो। अन्ततः परमेश्‍वर मानवीय तरिकाहरू तथा मानव भाषाद्वारा मानवजातिसित आमने-सामने आउन सक्नुभयो; उहाँले मानव भाषा प्रयोग गरेर मानवजातिको निम्ति जुटाउन सक्नुभयो, तिनीहरूलाई अन्तर्दृष्टि दिन सक्नुभयो, अनि तिनीहरूलाई सहायता गर्न सक्नुभयो; उहाँले तिनीहरूसित एउटै टेबुलमा खान सक्नुभयो अनि त्यही ठाउँमा बस्न सक्नुभयो। उहाँले मानिसहरूलाई, थोकहरूलाई अनि हरेक कुरालाई मानिसहरूले जुन प्रकारले त्यसलाई देख्थे, त्यही प्रकारले तिनीहरूका आँखाहरूद्वारा देखेजस्तै गरी देख्न सक्नुभयो। परमेश्‍वरको निम्ति, यो पहिले नै देहमा उहाँको कामको पहिलो विजय थियो। यसो पनि भन्न सकिन्छ कि यो एउटा ठूलो कामको परिपूर्णता थियो—यो वास्तवमै यस्तो कुरा थियो जसमा परमेश्‍वर अत्यन्त खुशी हुनुहुन्थ्यो। त्यसबेला देखि सुरु गरेर, पहिलो पल्ट मानवजातिको माझमा आफ्नो काममा परमेश्‍वरले एक प्रकारको चैन महसुस गर्नुभयो। हुन आएका सबै घटनाहरू अति व्यवहारिक तथा अति स्वभाविक थिए, अनि परमेश्‍वरले महसुस गर्नुभएको चैन अत्यन्त साँचो थियो। मानवजातिको निम्ति, जब हरेक पटक परमेश्‍वरको कामको नयाँ चरण पूरा हुन्छ, अनि जब हरेक पल्ट परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुहुन्छ, त्यसबेला मानवजाति परमेश्‍वर र मुक्तिको नजिक आउन सक्छ। परमेश्‍वरको निम्ति, यो उहाँको नयाँ कामको सुरुवात, उहाँको व्यवस्थापन योजनालाई अघि बढाउनु हो, अनि त्यसबाहेक यी उहाँका अभिप्रायहरू पूरा हुने समय पनि हुन्। मानवजातिको निम्ति, त्यस्तो अवसरको आगमन सौभाग्यपूर्ण, र अत्यन्तै असल कुरा हो; परमेश्‍वरको मुक्तिको प्रतीक्षा गर्ने सबैको लागि, यो अति महत्त्वपूर्ण र आनन्ददायी समाचार हो। जब परमेश्‍वरले कामको एउटा नयाँ चरण अघि बढाउनुहुन्छ, तब उहाँसित एउटा नयाँ सुरुवात हुन्छ, अनि जब यस नयाँ काम र नयाँ सुरुवातलाई मानवजातिको माझमा सुरुवात तथा परिचित गराइन्छ, त्यसबेला कामको यो नयाँ सुरुवातलाई पहिल्यै निर्धारित र पूरा गरिएको हुन्छ अनि अन्तिम असर तथा फललाई परमेश्‍वरले पहिल्यै देखिसक्‍नुभएको हुन्छ। यो यस्तो बेला पनि हो जब यी असरहरूले परमेश्‍वरलाई सन्तुष्ट महसुस गराउँछन्, अनि वास्तवमै, यो उहाँको हृदय खुशी हुने समय पनि हो। परमेश्‍वरले आश्‍वस्त महसुस गर्नुहुन्छ किनकि उहाँको दृष्टिमा, उहाँले खोजी गरिरहनुभएका मानिसहरूलाई उहाँले पहिल्यै देखिसक्नुभएको र निर्धारण गरिसक्नुभएको हुन्छ, अनि यस समूहका मानिसहरूलाई पहिल्यै हासिल गरिसक्नुभएको हुन्छ, जुन समूहले उहाँको कामलाई सफल तुल्याउन र उहाँलाई सन्तुष्टि दिन सक्छन्। यस प्रकारले, उहाँले आफ्ना फिक्रीहरूलाई पन्छ्याउनुहुन्छ, अनि उहाँले खुशी महसुस गर्नुहुन्छ। अर्को शब्दमा, जब परमेश्‍वरको देहले मानिसको माझमा नयाँ कामको सुरुवात गर्न सक्छ, अनि उहाँले जुन काम गर्नैपर्छ, त्यसलाई विना अवरोध सुरु गर्नुहुन्छ, अनि जब उहाँले सबै पूरा भइसकेका छन् भनी महसुस गर्नुहुन्छ, तब उहाँको निम्ति अन्त्य पहिले नै देख्‍न सकिने कुरा भइसकेको हुन्छ। यसको कारणले उहाँ सन्तुष्ट हुनुहुन्छ, अनि उहाँको हृदय खुशी हुन्छ। परमेश्‍वरको खुशी कसरी प्रकट हुन्छ? यसको उत्तर के हुनसक्छ भनेर के तिमीहरूले कल्पना गर्न सक्छौ? के परमेश्‍वर रुनुहुन्छ होला? के परमेश्‍वर रुन सक्नुहुन्छ? के परमेश्‍वरले ताली बजाउन सक्नुहुन्छ? के परमेश्‍वर नाच्न सक्नुहुन्छ? के परमेश्‍वर गाउन सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने उहाँले के गाउनुहुन्छ? अवश्य, परमेश्‍वरले एउटा सुन्दर, हृदयस्पर्शी गीत गाउन सक्नुहुन्छ, जुन गीतले उहाँको हृदयको आनन्द र खुशीलाई प्रकट गर्न सक्छ। उहाँले मानवजातिको निम्ति, आफ्नो निम्ति, अनि सबै कुराहरूको निम्ति गाउन सक्नुहुन्छ। परमेश्‍वरको खुशीलाई कुनै पनि तरिकाले प्रकट गर्न सकिन्छ—यो सबै सामान्य नै छ किनकि परमेश्‍वरसित आनन्द र पीडाहरू छन्, अनि उहाँका विभिन्न भावनाहरूलाई विभिन्न प्रकारले प्रकट गर्न सकिन्छ। यो उहाँको अधिकार हो, अनि यो भन्दा कुनै पनि कुरा बढी सामान्य तथा उचित हुन सक्दैन। मानिसहरूले यसको बारेमा अन्यथा सोच्नु हुँदैन। तिमीहरूले परमेश्‍वरलाई उहाँले यस्तो वा उस्तो प्रकारले काम गर्नु हुँदैन भनी “पट्टी मन्त्र” प्रयोग गर्ने कोसिस गर्नु हुँदैन, अनि यस प्रकारले उहाँसित भएको उहाँको खुशी वा कुनै भावनालाई सीमित गर्नु हुँदैन। मानिसहरूको हृदयमा परमेश्‍वर खुशी हुन सक्नुहुन्न, आँसु बगाउन सक्नुहुन्न, बिलौना गर्न सक्‍नुहुन्‍न—उहाँले कुनै भावनालाई प्रकट गर्न सक्नुहुन्न। यी दुई सङ्गतिको अवधिमा हामीले गरेको कुराकानीद्वारा, म विश्‍वास गर्छु कि तिमीहरूले उपरान्त परमेश्‍वरलाई यस प्रकारले हेर्नेछैनौ, तर परमेश्‍वरलाई केही स्वतन्त्रता र छुटकारामा जिउन दिनेछौ। यो अति राम्रो कुरा हो। भविष्यमा, तिमीहरूले परमेश्‍वर दुःखी हुनुभएको सुन्दा यदि तिमीहरूले साँच्चि नै परमेश्‍वरको दुःख अनुभव गर्न सक्छौ अनि तिमीहरूले उहाँ खुशी हुनुभएको सुन्दा तिमीहरूले साँच्चि नै परमेश्‍वरको खुशी अनुभव गर्न सक्छौ भने कम्तीमा तिमीहरूले परमेश्‍वरलाई कुन कुराले खुशी बनाउँछ र कुन कुराले दुःखी बनाउँछ भन्‍ने कुरालाई स्पष्ट प्रकारले जान्न र बुझ्न सक्छौ। परमेश्‍वर दुःखी भएको कारण जब तैँले दुःख महसुस गर्न सक्छस्, अनि परमेश्‍वर खुशी हुनुभएको कारण जब तैँले खुशी महसुस गर्न सक्छस्, तब उहाँले तेरो हृदयलाई पूर्ण रूपले हासिल गरिसक्नुभएको हुन्छ अनि तेरो र उहाँको बीचमा उपरान्त कुनै बाधा हुनेछैन। तैँले मानव कल्पना, धारणा र ज्ञानले उपरान्त उहाँलाई करमा पार्ने प्रयास गर्नेछैनस्। त्यस समयमा, तेरो हृदयमा परमेश्‍वर जीवित हुनुहुनेछ र जीवन्त हुनुहुनेछ। उहाँ तेरो जीवनको परमेश्‍वर र तेरो सबै कुराको मालिक हुनुहुनेछ। के तिमीहरूसित यस प्रकारका आकांक्षाहरू छन्? के तिमीहरूले यसलाई हासिल गर्न सक्छौ भन्‍नेमा तिमीहरू विश्‍वस्त छौ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्