परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६५

11 अप्रील 2021

मत्ती १२:१ त्यस बेला येशू शबाथको दिन मकै बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र मकैका घोगोहरू टिपेर खान थाले।

मत्ती १२:६-८ तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, मैले कृपा प्राप्त गर्नेछु, र बलिदान होइन, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।

पहिले यस खण्डलाई हेरौं: “त्यस बेला येशू शबाथको दिन मकै बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र मकैका घोगोहरू टिपेर खान थाले।”

मैले किन यस खण्डलाई छानेँ? परमेश्‍वरको स्वभावसँग यसको के सम्बन्ध छ? यस पाठमा, हामीले जान्‍ने पहिलो कुरा भनेको त्यो शबाथको दिन थियो तर येशू बाहिर जानुभयो र आफ्ना चेलाहरूलाई मकै बारी भएर लानुभयो भन्‍ने हो। अझ बढी “छली” कुरा त तिनीहरूले “मकैका घोगोहरू टिपेर खान थाले।” समेत थाल्‍नु हो। व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरको व्यवस्थाले मानिसहरूले शबाथको दिनमा अनौपचारिक रूपमा बाहिर जान वा क्रियाकलापहरूमा भाग लिन सक्दैनन् भन्‍ने कुरा निर्धारित गरेको थियो—शबाथको दिनमा गर्न नसकिने धेरै कुराहरू थिए। प्रभु येशूले गर्नुभएको यो कार्य व्यवस्थाको अधीनमा धेरै लामो समयसम्म जिउँदै आएकाहरूको निम्ति बुझ्‍न कठिन कुरा थियो र त्यसले आलोचना निम्त्यायो। तिनीहरूको अन्योल र येशूले जे गर्नुभएको थियो त्यसको बारेमा तिनीहरूले कसरी कुरा गरे भन्‍ने कुरालाई अहिलेको निम्ति पन्छ्याऔँ र पहिले प्रभु येशूले सबै दिनहरूमध्ये शबाथको दिनमा नै किन यसो गर्नुभयो र व्यवस्थाको अधीनमा जिइरहेका मानिसहरूलाई यस कार्यबाट के कुरा बताउन चाहनुहुन्थ्यो भन्‍ने बारेमा छलफल गरौं। यस खण्ड र मैले कुरा गर्न चाहेको परमेश्‍वरको स्वभाव बीचको सम्बन्ध यही हो।

जब प्रभु येशू आउनुभयो, तब उहाँले मानिसहरूलाई परमेश्‍वरले व्यवस्थाको युगलाई बिदा गर्नुभएको छ र नयाँ काम सुरु गर्नुभएको छ र यस नयाँ कामले विश्राम दिन पालन गर्न आवश्यक छैन भनी बताउन आफ्नो व्यवहारिक क्रियाहरूको प्रयोग गर्नुभयो। परमेश्‍वर विश्राम दिनको सीमाहरूबाट बाहिर निस्केर आउनु उहाँको नयाँ कामको एउटा पूर्वाभास मात्र थियो; वास्तविक र महान् काम आउन अझै बाँकी नै थियो। जब प्रभु येशूले आफ्नो काम सुरु गर्नुभयो, तब उहाँले व्यवस्थाको युगका “साङ्लोहरू” लाई पछाडि छोडी सक्नुभएको थियो, अनि त्यस युगका विधिविधान तथा सिद्धान्तहरूलाई तोडेर बाहिर निस्कनुभएको थियो। उहाँमा, व्यवस्थासँग सम्बन्धित कुनै छाप थिएन; उहाँले त्यसलाई पूर्ण रूपले हटाइसक्नुभएको थियो र उपरान्त त्यसलाई पालना गर्नुभएन, र त्यस उपरान्त मानवजातिलाई उहाँले पालना गर्न लगाउनुभएन। त्यसैले, यहाँ तँ देख्न सक्छस् कि प्रभु येशू विश्राम दिनमा मकैका खेतहरूबाट भएर जानुभयो, र प्रभु येशूले विश्राम लिनुभएन; उहाँले बाहिर काम गरिरहनुभएको थियो, विश्राम लिइरहनुभएको थिएन। उहाँको यो कार्य मानिसहरूको धारणाहरूको लागि एउटा झड्को थियो र उहाँ त्यस उपरान्त व्यवस्थाको अधीनमा जिउनुहुन्‍न, उहाँले विश्राम दिनको बन्धनहरूलाई छोड्नुभएको छ र नयाँ काम गर्ने शैलीको साथमा नयाँ स्वरूपमा उहाँ मानिसजातिको माझमा देखापर्नुभएको छ भन्‍ने बारे यसले तिनीहरूलाई बतायो। उहाँले आफूसित नयाँ काम ल्याउनुभएको छ, यस्तो काम जुन व्यवस्थाको अधीनमा रहेको अवस्थाबाट उत्पन्न भएर विश्राम दिनबाट बिदा हुँदै सुरु भयो भन्‍ने कुरा उहाँको यस कार्यले मानिसहरूलाई बतायो। जब परमेश्‍वरले आफ्नो नयाँ कामलाई अघि बढाउनुभयो, तब उहाँ उपरान्त विगतमा टाँसिनुभएन, अनि उहाँ व्यवस्थाको युगका विधिविधानहरूको बारेमा उपरान्त चिन्तित हुनुभएन। न त उहाँ पहिलेको युगको आफ्नो कामद्वारा नै प्रभावित हुनुभयो, तर अरू दिनमा झैं शबाथ दिनमा पनि उहाँले आफ्नो काम गर्नुभयो, अनि जब उहाँका चेलाहरू विश्राम दिनमा भोकाउँथे, तब तिनीहरूले खानका निम्ति मकैका पातहरू टिप्न सके। यो सबै परमेश्‍वरको दृष्टिमा साह्रै सामान्य थियो। परमेश्‍वरको निम्ति, उहाँले गर्न चाहनुभएको नयाँ काममध्ये धेरैजसोको र उहाँले भन्न चाहनुभएको नयाँ वचनहरूमध्ये धेरैजसोको नयाँ सुरुवात हुनु उचित नै हुन्छ। जब उहाँले कुनै नयाँ काम सुरु गर्नुहुन्छ, न त उहाँले विगतको कामलाई उल्लेख गर्नुहुन्छ, न त त्यसलाई जारी नै राख्‍नुहुन्छ। परमेश्‍वरसित उहाँको कामसम्‍बन्धी सिद्धान्तहरू हुने भएकाले, जब उहाँले मानवजातिलाई आफ्नो कामको नयाँ चरणमा ल्याउन चाहनुहुन्छ, अनि जब उहाँको काम उच्च स्तरमा प्रवेश गर्छ तब उहाँले नयाँ काम सुरु गर्न चाहनुहुन्छ। यदि मानिसहरूले पुराना भनाइहरू र विधिविधानहरू अनुसार नै निरन्तर काम गरिरहन्छन् वा तिनीहरूलाई निरन्तर पक्री राख्छन् भने, उहाँले त्यसलाई सम्झने वा अनुमोदन गर्ने गर्नुहुन्न। किनभने उहाँले पहिले नै नयाँ काम ल्याइसक्नुभएको छ, अनि उहाँको कामको नयाँ चरणमा प्रवेश गरिसक्‍नुभएको छ। जब उहाँले नयाँ काम सुरु गर्नुहुन्छ, उहाँ पूर्ण रूपले एउटा नयाँ प्रतिरूपमा, पूर्ण रूपले नयाँ कोणबाट अनि पूर्ण रूपले नयाँ तरिकाले मानवजातिकहाँ देखा पर्नुहुन्छ ताकि मानिसहरूले उहाँको स्वभावको विभिन्न पक्षहरू तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो देख्न सकून्। यो उहाँको नयाँ कामका लक्ष्यहरूमध्ये एउटा हो। परमेश्‍वर पुराना कुराहरूमा टाँसिनुहुन्न वा मानिसहरू हिँडिसकेको बाटो हिँड्नुहुन्न; जब उहाँले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँ मानिसहरूले कल्पना गरे जतिकै निषेधक हुनुहुन्न। परमेश्‍वरमा सबै स्वतन्त्र र मुक्त छन्, अनि त्यहाँ कुनै निषेध, कुनै बन्देज छैन—उहाँले मानवजातिकहाँ ल्याउनुहुने कुरा भनेका स्वतन्त्रता तथा छुटकारा हो। उहाँ एक जीवित परमेश्‍वर हुनुहुन्छ, एक परमेश्‍वर जो सच्चा र साँचो रूपले अस्तित्वमा हुनुहुन्छ। उहाँ कठपुतली वा माटोको मूर्ति हुनुहुन्न, अनि उहाँ मानिसहरूले प्रतिस्थापन गर्ने र आराधना गर्ने मूर्तिहरूभन्दा पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ जीवित र सक्रिय हुनुहुन्छ, अनि उहाँका वचनहरू तथा कामले मानवजातिलाई दिने भनेका सबै जीवन र ज्योति, सबै स्वतन्त्रता तथा छुटकारा हुन् किनकि उहाँमा सत्यता, जीवन र बाटो छ—उहाँको कुनै पनि काममा उहाँ कुनै कुराद्वारा करमा पर्नुहुन्न। मानिसहरूले उहाँको नयाँ कामको बारेमा जे भने पनि र तिनीहरूले त्यसलाई जसरी हेरे तापनि वा मूल्याङ्कन गरे तापनि, उहाँले मनको कुनै सन्तापविना नै आफ्नो कामलाई अघि बढाउनुहुन्छ। उहाँको काम वा वचनको सम्बन्धमा कसैको धारणाहरू वा औंला ठड्याउने कुरा वा उहाँको नयाँ कामको सम्बन्धमा तिनीहरूको कडा विरोध वा प्रतिरोधप्रति उहाँ चिन्तित हुनुहुनेछैन। सारा सृष्टिमध्ये कसैले पनि मानव तर्क वा मानव कल्पना, ज्ञान वा नैतिकता प्रयोग गरेर परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसलाई मापन वा व्याख्या गरेर उहाँको कामलाई बदनाम गर्ने, भङ्ग गर्ने वा नोक्सानी पुर्‍याउने गर्न सक्दैन। उहाँको काममा र उहाँले जे गर्नुहुन्छ त्यसमा कुनै प्रतिबन्ध छैन; कुनै मानिस, घटना वा वस्तुद्वारा यसलाई बन्धनमा पारिनेछैन, न त कुनै प्रतिरोधी शक्तिहरूद्वारा यो भङ्ग गरिनेछ। जहाँसम्म उहाँको नयाँ कामको कुरा छ, उहाँ सदा विजयी राजा हुनुहुन्छ, अनि कुनै पनि प्रतिरोधी शक्तिहरू र मानवजातिको सबै विश्‍वास-विरोधी तथा झूटा तर्कहरूलाई उहाँको पाउदानमुनि कुल्चिइन्छ। उहाँले आफ्‍नो कामको जुनसुकै नयाँ चरण अघि बढाइरहनुभएको भए पनि, यो निश्चय नै मानवजातिको माझमा विकास र विस्तार हुनेछ, अनि यो निश्चय नै उहाँको महान् काम पूर्ण नभएसम्म सारा ब्रह्माण्डभरि विना अवरोध अघि बढ्नेछ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि, उहाँको अख्तियार र शक्ति यही हो। यसैले, प्रभु येशूले खुला रूपमा बाहिर गएर काम गर्न सक्‍नुभयो किनकि उहाँको हृदयमा मानवजातिबाट उत्पन्‍न भएका कुनै नियमहरू, ज्ञान वा सिद्धान्त थिएनन्। उहाँसँग परमेश्‍वरको नयाँ काम र परमेश्‍वरको बाटो थियो। उहाँको काम मानवजातिलाई स्वतन्त्र गर्ने, मानिसहरूलाई मुक्त गर्ने, तिनीहरूलाई ज्योतिमा अस्तित्वमा रहन र बाँच्‍न दिने बाटो थियो। यसै बिच, मूर्ति वा झुटा ईश्‍वरहरूको आराधना गर्नेहरू हरेक दिन सबै किसिमका नियम र निषेधहरूबाट नियन्त्रित भई शैतानको बन्धनमा बाँच्छन्—आज एउटा कुरो निषेध गरिन्छ र भोलि अर्को कुरो—तिनीहरूको जीवनमा कुनै स्वतन्त्रता छैन। तिनीहरू आनन्दविनाको जीवन जिइरहेका, हतकडी लगाइका कैदी जस्ता छन्। “निषेध” ले प्रतिनिधित्व गर्छ? यसले वाधाहरू, बन्धनहरू र दुष्टको प्रतिनिधित्व गर्छ। कुनै व्यक्तिले मूर्ति पूजा गर्ने बित्तिकै तिनीहरूले एक झुटो ईश्‍वर, एक दुष्ट आत्माको पूजा गरिरहेका हुन्छन्। यस्ता क्रियाकलापहरूमा सम्लग्न भएसँगै निषेध आउँछ। तैँले यो वा त्यो खानुहुँदैन, आज तँ बाहिर जान सक्दैनस्, भोलि तैँले पकाउनु हुँदैन, अर्को दिन तँ नयाँ घरमा सर्न सक्दैनस्, विवाहहरू र मृत्युसंकारहरूका साथै बच्चा जन्माउनका लागि समेत निश्चित दिनहरू छानौट गर्नुपर्छ। यसलाई के भनिन्छ? यसलाई निषेध भनिन्छ; यो मानवजातिको बन्धन हो र यो मानिसहरूलाई नियन्त्रण गर्ने र तिनीहरूको हृदय र शरीरहरूलाई नियन्त्रण गर्ने शैतान र दुष्ट आत्माहरूको हतकडी हो। के यी निषेधहरू परमेश्‍वरसँग मौजुद छन्? परमेश्‍वरको पवित्रताको बारेमा कुरा गर्दा, तैँले पहिले यो सोच्‍नुपर्छ: परमेश्‍वरसँग कुनै निषेधहरू छैनन्। आफ्ना वचनहरू र काममा परमेश्‍वरसँग सिद्धान्तहरू छन्, तर निषेधहरू छैनन् किनकि परमेश्‍वर स्वयम् सत्य, बाटो र जीवन हुनुहुन्छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्