परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५२

8 डिसेम्बर 2022

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले उनीहरूलाई परमेश्‍वरको इच्छाको बृहत बुझाइ प्रदान गर्दैन। यसको साथसाथै अय्यूबको मानवता र खोजप्रति ईर्ष्या गर्दै, उनीहरूले परमेश्‍वरको बारेमा निम्‍न प्रश्‍नहरू सोध्छन्: अय्यूब यति सिद्ध र सोझो थिए, मानिसहरूले तिनलाई यति धेरै मन पराउँथे भने, किन परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभयो र त्यति धेरै यातना भोग्‍न लाउनुभयो? यस्ता प्रश्‍नहरू धेरै मानिसको हृदयमा अवश्य उत्पन्‍न हुन सक्छ वा यो शङ्का नै धेरै मानिसको हृदयमा प्रश्‍नको रूपमा रहेको हुन सक्छ। यसले यति धेरै मानिसलाई अलमल्ल पारेको हुनाले, हामीले यो प्रश्‍नलाई उठाएर यसलाई राम्रोसँग व्याख्या गर्नुपर्छ।

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्‍वरको उद्देश्य मानिसभित्र परमेश्‍वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका उहाँका मापदण्डहरू र इच्छालाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्‍वरले सकारात्मक भनी विश्‍वास गर्नुभएका सबै काम उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्ने मौका दिन्छ, र यसरी मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्‍वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, मानिसहरूलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुराहरू चिन्‍न र बुझ्न सक्‍ने तुल्याउन परमेश्‍वरले प्रयोग गर्नुहुने माध्यम यही हो। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, हस्तक्षेप र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्‍वरका वचनहरू, परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान र आज्ञापालन, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास र उहाँप्रतिको भयको कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको राज्यक्षेत्रबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्‍ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्‍ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्‍वरप्रतिको विश्‍वास, आज्ञापालन र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्‍जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने, उहाँको आज्ञापालन गर्ने र उहाँको भय मान्‍ने तिनीहरूको दृढ विश्‍वासले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्‍ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्‍वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका परीक्षा र आक्रमणहरूको सामना गर्नुपर्छ। जो यी परीक्षा र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्‍वरबाट मुक्ति पाउनेहरू हुन्। भन्‍नुको अर्थ, जसले परमेश्‍वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूले परमेश्‍वरका इच्छा र मापदण्डहरू बुझ्छन्, र तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई कुनै विरोध नगरी स्वीकार गर्न सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्‍न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छन्। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।

शैतानले अय्यूबलाई दुर्व्यवहार गरेको थियो, तर तिनले अनन्त स्वतन्त्रता र छुटकारा पनि पाएका थिए, र तिनले फेरि कहिल्यै पनि शैतानको भ्रष्टता, दुर्व्यवहार र आरोपहरूको अधीनमा नपर्ने, बरु परमेश्‍वरको मुहारको ज्योतिमा स्वतन्त्र र भारमुक्त जीवन जिउन पाउने र परमेश्‍वरका आशिष्‌हरूमाझ जिउने अधिकार प्राप्त गरेका थिए। यो अधिकार कसैले पनि खोस्‍न वा नष्ट गर्न वा कब्जा गर्न सक्‍दैनथ्यो। यो अय्यूबलाई तिनको विश्‍वास, दृढ सङ्कल्प, र परमेश्‍वरप्रतिको आज्ञाकारिता र भयको सट्टामा दिइएको थियो; अय्यूबले पृथ्वीमा आनन्द र खुसी प्राप्त गर्न, र अधिकार र हक प्राप्त गर्नको लागि आफ्नो जीवनको मूल्य चुकाए, जुन पृथ्वीमा परमेश्‍वरको साँचो सृष्टिको रूपमा विनाबाधा सृष्टिकर्ताको आराधना गर्नका निम्ति स्वर्गद्वारा पूर्वनिर्धारित र पृथ्वीद्वारा स्वीकृत गरिएको कुरा थियो। अय्यूबले भोगेका परीक्षाहरूको सबैभन्दा ठूलो प्रतिफल पनि यही थियो।

जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई बारम्बार शैतानले हस्तक्षेप र नियन्त्रणसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र उहाँप्रतिको आज्ञापालन र भयलाई जीवन र मृत्युको लडाइँ लड्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र तैँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, र त्यसलाई पिठिउँ फर्काएर भाग्‍ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, ताकि त्यसले तेरो विरुद्धका आक्रमण र आरोपहरूलाई पूर्ण रूपमा त्यागोस्—तब मात्र तैँले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न मदत गर्ने हातहतियारहरूद्वारा सुसज्‍जित छैनस् भने तँ अझै पनि खतरामै छस्; समय बित्दै जाँदा, जब तँ शैतानद्वारा अत्यन्‍तै धेरै सताइएर तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, जब तँ अझै पनि गवाही दिन असमर्थ रहन्छस्, जब तैँले अझै पनि आफूलाई आफूविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैनस्, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पकडमै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। अनि, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्