परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३६

16 जुलाई 2021

परमेश्‍वरले सदोमलाई नष्ट गर्नु नै पर्नेहुन्छ

उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।

उत्पत्ति १८:२९ अनि तिनी फेरि उहाँसँग बोले र भने, केही गरी त्यहाँ चालीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३० अनि तिनले उहाँलाई भने, केही गरी त्यहाँ तीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३१ अनि तिनले भने, केही गरी त्यहाँ बीस जना पाइए भने अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

उत्पत्ति १८:३२ अनि तिनले भने, केही गरी त्यहाँ दश जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैन।

परमेश्‍वरको वचन पालन गर्न सक्‍ने र उहाँका आज्ञाहरू पालन गर्न सक्‍नेहरूलाई मात्र उहाँले वास्ता गर्नुहुन्छ

माथिका खण्डहरूमा धेरै वटा मुख्य शब्‍दहरू छन्: सङ्ख्याहरू। सबैभन्दा पहिला, यहोवाले सहरमा पचास जना धर्मी भेट्टाउनुभयो भने, उहाँले त्यो ठाउँलाई जोगाउनुहुनेछ भनी भन्नुभयो, जसको अर्थ के हो भने, उहाँले त्यो सहरलाई नष्ट पार्नुहुने थिएन। वास्तवमा, के सदोममा पचास जना धर्मी मानिस थिए त? थिएनन्। त्यसको लगत्तै, अब्राहामले परमेश्‍वरलाई के भने? तिनले भने, यदि त्यहाँ चालीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्नुभयो, म त्यसो गर्नेछैनँ। फेरि, अब्राहामले भने, हुनसक्छ तीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्नुभयो, म त्यसो गर्नेछैनँ। र कतै बीस जना भेट्टायो भने? म त्यसो गर्नेछैनँ। दस जना? म त्यसो गर्नेछैनँ। के त्यो सहरमा वास्तवमा दस जना धर्मी मानिसहरू थिए? त्यहाँ दस जना थिएन—तर एक जना थियो। र त्यो एक जना को थियो? ऊ लोत थियो। त्यस समयमा सदोममा एक जना मात्र धर्मी व्यक्ति थियो, तर के यस सङ्ख्या सुनेर परमेश्‍वरले धेरै कडा वा कठोर व्यवहार गर्दै हुनुहुन्थ्यो? होइन, गर्नुभएको थिएन! र जब मानिसले यसो भन्दै सोधिरह्यो, “चालीस जना भए के गर्नुहुन्थ्यो?” “तीस जना भए के गर्नुहुन्थ्यो?” आखिरीमा तिनले भने, “दस जना भए के गर्नुहुन्थ्यो?” परमेश्‍वरले भन्‍नुभयो, “यदि त्यहाँ दस जना मात्र भए पनि म सहरलाई नाश गर्दिनँ। म त्यसलाई जोगाउनेछ, र ती दस जना बाहेक अरू मानिसलाई पनि क्षमा दिनेछु।” यदि त्यहाँ दस जना मात्र थिए भने पनि तिनीहरू दया पाउन योग्य हुनेथिए, तर यस्तो पाइयो कि वास्तवमा सदोममा धर्मी जनको सङ्ख्या त्यत्ति पनि थिएन। तब तँ देख्छस् कि, परमेश्‍वरको नजरमा त्यो सहरका मानिसहरूका पाप र दुष्टता यति धेरै थियो कि उनीहरूलाई नष्ट गर्नु बाहेक परमेश्‍वरसँग अर्को कुनै विकल्प थिएन। परमेश्‍वरले यदि त्यहाँ पचास जना धर्मी छन् भने उहाँले त्यो सहरलाई नष्ट गर्नुहुनेछैन भनी भन्‍नुभएको वचनको अर्थ के थियो? यी सङ्ख्याहरू परमेश्‍वरका लागि महत्त्वपूर्ण थिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो सहरमा उहाँले चाहनुभएका धर्मीहरू छन् कि छैनन् भन्ने थियो। यदि सहरमा केवल एक जना मात्र धर्मी व्यक्ति हुन्थ्यो भने पनि, परमेश्‍वरले त्यस सहरको विनाश हुँदा उनीहरूलाई नोक्सानमा पर्न दिनुहुने थिएन। यसको अर्थ यो हो कि चाहे परमेश्‍वरले त्यो सहरलाई नष्ट गर्नुभए पनि वा नगर्नुभए पनि, र त्यसमा धर्मी मानिसहरू जति जना नै भए पनि परमेश्‍वरको नजरमा त्यो सहर पापी र निन्दनीय थियो, यसैले त्यो नाश पारिनु पर्थ्यो, र परमेश्‍वरको नजरबाट विलुप्त हुनुपर्थ्यो, तर धर्मीजन भने बाँकी रहनुपर्थ्यो। युग जुनसुकै भए पनि, मानिसको विकासको चरण जुनसुकै भए पनि परमेश्‍वरको आचरण परिवर्तन हुँदैन: उहाँ खराबीलाई घृणा गर्नुहुन्छ, र उहाँको नजरमा जो धर्मी छन्, तिनैको वास्ता गर्नुहुन्छ। परमेश्‍वरको यो स्पष्ट आचरण पनि परमेश्‍वरको सारको साँचो प्रकाश हो। त्यो सहरमा एक जना मात्र धर्मी व्यक्ति भएकोले, परमेश्‍वर धेरै हिचकिचाउनुभएन। अन्तिम परिणाम यही भयो कि सदोम अनिवार्य रूपमा नष्ट हुने भयो। तिमीहरू यसमा के देख्छौ? त्यस युगमा, परमेश्‍वरले एउटा सहरमा पचास जना धर्मी भए त्यसलाई नाश पार्नुहुने थिएन, र त्यहाँ दस जना भए पनि नाश गर्नुहुनेथिएन, जसको अर्थ के हो भने, थोरै मानिसले उहाँलाई आदर र आराधना गरेका कारण परमेश्‍वरले मानवजातिप्रति क्षमाशील र सहनशील हुने वा तिनीहरूलाई अगुवाइ गर्ने निर्णय गर्नुहुनेथियो। परमेश्‍वरले मानिसका धार्मिक कार्यहरूलाई ठूलो महत्त्व दिनुहुन्छ, उहाँको आराधना गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ, अनि उहाँको अगाडि असल कार्यहरू गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ।

प्रारम्भिक कालदेखि आजसम्म, के तिमीहरूले कहिल्यै बाइबलका परमेश्‍वरले कुनै व्यक्तिलाई सत्यता व्यक्त गर्नुभएको वा परमेश्‍वरको मार्गको बारेमा कुरा गरिरहनुभएको बारेमा पढेका छौ? छैनौ, कतै पनि पढेका छैनौ। मानिसलाई दिइएको परमेश्‍वरका वचनहरू जुन हामी पढ्छौं, त्यसले मानिसहरूलाई के गर्नुपर्छ भन्ने मात्र बतायो। केही गए र गरे, केहीले गरेनन्; कतिले विश्‍वास गरे, र कतिले गरेनन्। त्यहाँ सबै त्यत्तिनै थियो। त्यसैले त्यस युगका धर्मीहरू—जो परमेश्‍वरको नजरमा धर्मी थिए—तिनीहरू केवल ती व्यक्तिहरू थिए जसले परमेश्‍वरको वचन सुन्न सक्थे र परमेश्‍वरका आज्ञाहरू पालन गर्न सक्थे। तिनीहरू मानिसहरूका बीचमा परमेश्‍वरको वचन लैजाने सेवकहरू थिए। के त्यस्ता मानिसहरूलाई परमेश्‍वर चिन्नेहरू भनेर भन्न सकिन्छ? के तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध बनाइएका मानिसहरू भनी भन्न सकिन्छ? सकिँदैन, तिनीहरूलाई त्यसो भन्न सकिँदैन। त्यसैले तिनीहरूका सङ्ख्या जति नै भए पनि, के परमेश्‍वरको नजरमा यी धर्मी व्यक्तिहरू परमेश्‍वरका विश्‍वास पात्र भनिने योग्यका थिए? के तिनीहरूलाई परमेश्‍वरका साक्षीहरू भन्न सकिन्छ? अवश्य सकिँदैन! तिनीहरू अवश्य नै परमेश्‍वरका विश्‍वास पात्र र साक्षीहरू भनिने योग्यका थिएनन्। त्यसो भए, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई के भनेर बोलाउनुभयो? बाइबलमा हामीले भर्खर पढेका पदहरूसम्म, परमेश्‍वरले तिनीहरूलाई “मेरो सेवक” भनी सम्बोधन गर्नुभएका धेरै वटा उदाहरणहरू छन्। भन्नुको अर्थ, त्यो बेला परमेश्‍वरको नजरमा ती धर्मी मानिसहरू परमेश्‍वरका सेवकहरू थिए, जसले पृथ्वीमा उहाँको सेवा गर्थे। र परमेश्‍वरले यो विशेष उपाधिको बारेमा के सोच्नुभयो? उहाँले तिनीहरूलाई किन त्यसरी बोलाउनुभयो? के परमेश्‍वरको हृदयमा मानिसहरूलाई सम्बोधन गर्ने विशेष उपाधिहरूका मापदण्डहरू छन्? उहाँसित निश्चय छ। परमेश्‍वरले मानिसहरूलाई धर्मी, सिद्ध, सोझो वा सेवकहरू जे भनेर सम्बोधन गर्नुभए पनि उहाँसित मापदण्डहरू हुन्छन्। जब उहाँले कसैलाई उहाँको सेवक भन्नुहुन्छ, तब उहाँले त्यो व्यक्ति उहाँका सन्देशहरू ग्रहण गर्न, उहाँका आज्ञाहरू पालन गर्न र सन्देशवाहकहरूबाट आज्ञा गरिएका काम पूरा गर्न सक्छ भन्‍ने दृढ विश्‍वास गर्नुहुन्छ। यस व्यक्तिले के काम गर्छ? तिनीहरूले ती कार्यहरू गर्छन् जुन कार्यहरू परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्न र अघि बढाउन लगाउनुहुन्छ। त्यस बेला, के परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्नू र अघि बढाउनू भनी भन्‍नुभएको कामलाई परमेश्‍वरको मार्ग भन्न सकिन्छ? सकिँदैन, यसलाई त्यसो भन्‍न सकिँदैन। किनकि त्यस समयमा, परमेश्‍वरले मानिसलाई केही साधारण कार्यहरू मात्र गर्न लगाउनुभएको थियो; उहाँले केही साधारण आज्ञाहरूमात्र गरेर, मानिसलाई यो वा त्यो गर्नू मात्र भन्‍नुभयो, त्योभन्दा बढी केही पनि गर्न लगाउनुभएन। परमेश्‍वरले आफ्नो योजनाअनुसार काम गर्दैहुनुहुन्थ्यो। किनकि, त्यस समयमा यसको लागि आवश्यक धेरै अवस्थाहरू छँदै थिएन, समय अझै आइपुगेको थिएन, र मानवजातिका लागि परमेश्‍वरको मार्ग वहन गर्नु गाह्रो थियो, यसरी परमेश्‍वरको मार्ग अझै पनि परमेश्‍वरको हृदयदेखि जारी हुन बाँकी नै थियो। परमेश्‍वरले जुन धार्मिक मानिसहरूको कुरा गर्नुभयो तिनीहरूलाई आफ्ना दासहरूका रूपमा देख्नुभयो—चाहे तीस होस् वा बीस जना। जब परमेश्‍वरका दूतहरू यी दासहरूकहाँ आए, तिनीहरूले उनीहरूलाई स्वीकार गर्न सके, र उनीहरूका आज्ञाहरू अनुसरण गरे, र उनीहरूका वचनहरू अनुसार कार्य गरे। परमेश्‍वरको नजरमा जो सेवकहरू थिए तिनीहरूले वास्तवमा यसै गर्नुपर्छ, र यही कुरा प्राप्त गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूसँग विवेकशील रूपमा अपील गर्नुहुन्छ। तिनीहरू तिमीहरूजस्‍तै भएको कारणले—तिनीहरूले धेरै प्रचार सुनेका, परमेश्‍वरले के गर्नुहुन्छ भनी तिनीहरू जानेका, परमेश्‍वरको धेरै इच्छा बुझेका, उहाँको व्यवस्थापनलाई बुजेका कारणले—होइन तर तिनीहरू आफ्नो मानवतामा इमानदार भएको र परमेश्‍वरका वचनहरू पालन गर्न सक्‍ने भएकाले उहाँले तिनीहरूलाई आफ्‍ना सेवकहरू भनी भन्‍नुभयो। जब परमेश्‍वरले उनीहरूलाई आदेश दिनुभयो, उनीहरू आफूले जे गरिरहेका हुन्थे, ती सबैलाई पन्छ्याएर परमेश्‍वरले अह्राउनुभएको आदेश पूरा गर्न सक्थे। त्यसैले परमेश्‍वरका लागि, सेवकको पदवीको अर्थको अर्को तह के हो भने, उनीहरूले पृथ्वीमा उहाँको काममा सहकार्य गरे, र तिनीहरू परमेश्‍वरका सन्देशवाहकहरू थिएनन्, तैपनि पृथ्वीमा तिनीहरू परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्ने र लागू गर्नेहरू थिए। त्यसैले तँ देख्छस्, कि यी सेवकहरू वा धर्मी मानिसहरूले परमेश्‍वरको हृदयको ठूलो बोझ बोके। परमेश्‍वरले पृथ्वीमा सुरु गर्नुहुने काम मानिसहरूले उहाँसँग सहकार्य नगरी हुन सक्दैन थियो, र परमेश्‍वरका सेवकहरूले लिएका भूमिका परमेश्‍वरका सन्देशवाहकहरूले पूरा गर्न सक्दैनथिए। परमेश्‍वरले यी सेवकहरूलाई अह्राउनुभएका प्रत्येक काम उहाँका लागि ठूलो महत्त्वका थिए, र उहाँले तिनीहरूलाई गुमाउन सक्‍नुहुन्‍नथियो। परमेश्‍वरसँग यी सेवकहरूको सहकार्य नभएको भए, मानवजातिको बीचमा उहाँको कार्य ठप्प हुनेथियो, जसको परिणाम स्वरूप परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको आशा व्यर्थ हुनेथियो।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्