परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३०

7 डिसेम्बर 2022

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।

नोआको कथाको अन्त्यमा परमेश्‍वरले आफ्नो अनुभूतिलाई व्यक्त गर्न अनौठो विधिको प्रयोग गर्नुभएको हामी देख्छौँ। यो धेरै विशेष विधि थियो: यो संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने परमेश्‍वरको कार्यलाई अन्त गर्ने करार स्थापित गर्ने कार्य थियो। सतहमा करार स्थापित गर्नु सामान्य कुरा जस्तै लाग्छ। यो दुई पक्षका हितहरूको रक्षा गर्नको निम्ति दुवै पक्षलाई एकसाथ जोड्ने र सहमति तोड्नदेखि रोक्‍न वचनहरूको प्रयोग गर्नुभन्दा धेरै होइन। बनावटलाई हेर्दा, यो धेरै सामान्य कुरा हो, तर यसो गर्नुपछाडिको परमेश्‍वरको अभिप्रेरणा र इरादालाई हेर्ने हो भने यो परमेश्‍वरको स्वभाव र मनको स्थितिको वास्तविक प्रकटीकरण हो। यदि तैँले यी वचनहरूलाई पन्छाएर तिनीहरूलाई बेवास्ता गरिस् भने, यदि मैले तिमीहरूलाई सत्य कुरा कहिल्यै भनिनँ भने, मानवजातिले परमेश्‍वरको सोचलाई कहिल्यै जान्‍ने छैन। सायद तेरो कल्पनामा यो करार बाँध्दा परमेश्‍वर मुस्कुराइरहनुभएको थियो होला वा सायद उहाँको मुहारको भाव गम्भीर थियो होला, तर परमेश्‍वरको मुहारको भाव कस्तो थियो भनेर मानिसहरूले सामान्य भावहरूजस्तो कल्पना गरे तापनि उहाँको एकलोपनको त कुरै छोडौँ कसैले पनि परमेश्‍वरको हृदय वा उहाँका पीडा देख्‍न सक्दैनथियो। कसैले पनि आफूमाथि भरोसा गर्न परमेश्‍वरलाई बाध्य पार्न सक्दैन वा कसैले पनि आफूलाई परमेश्‍वरको भरोसायोग्य बनाउन सक्दैन वा उहाँले आफ्ना विचारहरू अभिव्यक्त गर्नुहुने वा उहाँका पीडाहरू गोप्य रूपमा सुनाउनुहुने व्यक्ति बनाउन सक्दैन। त्यसैले परमेश्‍वरसँग यसो गर्नुबाहेक कुनै विकल्प थिएन। सतही रूपमा, परमेश्‍वरले मानवजातिलाई सजिलै बिदाइ गर्ने सजिलो कार्य गर्नुभयो, संसारलाई जलप्रलयद्वारा अन्त गरेर उहाँले पुराना कुराहरूलाई समाधान र उचित अन्त्य गर्नुभयो। तथापि, परमेश्‍वरले यस बेलाको पीडालाई हृदयको गहिराइमा लुकाएर राख्‍नुभयो। परमेश्‍वरले आफ्ना व्यथाहरू सुनाउनको लागि कोही नभएको बेला, उहाँले संसारलाई फेरि जलप्रलयद्वारा नष्ट गर्नुहुनेछैन भनेर परमेश्‍वरले मानवजातिसँग करार स्थापित गर्नुभयो। जब इन्द्रेनी देखा पर्‍यो, यसको उद्देश्य मानिसहरूलाई यस्तो घटना पनि घटेको थियो भन्ने कुराको सम्झना दिलाउनु र तिनीहरू दुष्टताबाट अलग रहनुपर्छ भनी सावधान गराउनु थियो। त्यस्तो पीडादायी अवस्थामा पनि परमेश्‍वरले मानवजातिलाई बिर्सनुभएन र अझ पनि तिनीहरूको निम्ति चासो देखाउनुभयो। के यो परमेश्‍वरको प्रेम र निःस्वार्थीपन होइन र? तर मानिसहरूले कष्ट भोग्दा के सोच्छन् त? के यही बेला तिनीहरूलाई परमेश्‍वरको सबैभन्दा बढी आवश्यकता पर्दैन र? यस्तो समयमा, परमेश्‍वरबाट तिनीहरूलाई सान्त्वना मिलोस् भनेर मानिसहरूले परमेश्‍वरलाई निम्त्याउँछन्। जेसुकै भए पनि, परमेश्‍वरले मानिसहरूलाई कहिले पनि निराश पार्नुहुन्न, र उहाँले सधैँ मानिसहरूलाई तिनीहरूका कठिन परिस्थितिहरूबाट बाहिर निस्कन र ज्योतिमा हिँड्न सक्षम तुल्याउनुहुन्छ। परमेश्‍वरले मानवजातिको निम्ति यसरी प्रबन्ध गर्नुहुने भए तापनि मानिसको हृदयमा परमेश्‍वर शान्ति दिने चक्की वा सान्त्वना दिने औषधिभन्दा बढी हुनुहुन्‍न। परमेश्‍वर कष्टमा हुनुभएको बेला, उहाँको हृदय घायल भएको बेला, सृष्टि गरिएको प्राणी वा उहाँलाई साथ दिने वा उहाँलाई सान्त्वना दिने व्यक्ति पाउन चाहनु परमेश्‍वरको असाधारण इच्छा हो। मानिसले कहिले पनि परमेश्‍वरको अनुभूतिहरूप्रति ध्यान दिँदैन, यसैले परमेश्‍वरले उहाँलाई सान्त्वना दिने व्यक्ति न त माग्नुहुन्छ न त आशा गर्नुहुन्छ। उहाँले आफ्नो भाव व्यक्त गर्नको निम्ति आफ्नै विधिहरूको प्रयोग गर्नुहुन्छ। केही कष्टहरू भोग्नु परमेश्‍वरको निम्ति ठूलो कठिनाइको कुरा होइन भनेर मानिसहरूले सोच्छन्, तर जब तैँले साँचो रूपमा परमेश्‍वरलाई बुझ्‍ने कोसिस गर्छस्, जब उहाँले गर्नुभएका हरेक कुराहरूप्रति परमेश्‍वरको इमान्दार इरादाहरूलाई सराहना गर्न सक्छस् तब मात्र तैँले परमेश्‍वरको महानता र उहाँको निःस्वार्थीपनलाई बुझ्‍न सक्छस्। परमेश्‍वरले इन्द्रेनीको प्रयोग गरेर मानवजातिसँग करार स्थापित गर्नुभए तापनि उहाँले किन यसो गर्नुभयो—उहाँले यो करार किन स्थापित गर्नुभयो—भनेर कसैलाई पनि भन्‍नुभएन, अर्थात् उहाँले आफ्ना वास्तविक विचारहरू कहिले पनि कसैलाई भन्‍नुभएन। किनकि परमेश्‍वरले आफ्नै हातहरूले सृष्टि गर्नुभएका मानवजातिप्रति उहाँको प्रेमको गहिराइलाई कसैले पनि बुझ्‍न सक्दैन, र मानवजातिको विनाश गर्दा उहाँको हृदयले भोगेको कष्टलाई पनि कसैले सराहना गर्न सक्दैन। यसैले, उहाँले कस्तो अनुभूति गर्नुभयो भनेर मानिसहरूलाई भन्‍नुहुन्थ्यो भने पनि तिनीहरूले उहाँको भरोसा लिन सक्‍ने थिएनन्। कष्टमा हुँदाहुँदै पनि उहाँले आफ्नो कामको अर्को चरणलाई अझ पनि निरन्तरता दिइरहनुभएको छ। सबै कष्टहरूलाई चुपचाप आफैँ सहँदै परमेश्‍वरले मानवजातिलाई सधैँ आफ्नो सर्वोत्तम पक्ष र सबैभन्दा असल थोकहरू दिनुहुन्छ। परमेश्‍वरले कहिले पनि ती कष्टहरूको खुलासा गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई सहनुहुन्छ र चुपचाप प्रतीक्षा गर्नुहुन्छ। परमेश्‍वरको सहनशीलता उदासीन, सुस्त वा असहाय छैन न त यो कमजोरीको सङ्केत नै हो। बरु उहाँको प्रेम र सार सधैँ निःस्वार्थ रहिआएको छ। यो उहाँको सार र स्वभावको स्वभाविक प्रकटीकरण र साँचो सृष्टिकर्ताको रूपमा परमेश्‍वरको पहिचानको वास्तविक मूर्तरूप हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्