परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २७

16 जुलाई 2021

जलप्रलयपछि नोआलाई परमेश्‍वरको आशिष्

उत्पत्ति ९:१-६ अनि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, फलवन्त र वृद्धि भएर पृथ्वीलाई फेरि भर। र पृथ्वीका हरेक पशुमाथि, आकाशका हरेक पंक्षीमाथि, पृथ्वीमा चहलपहल गर्ने सबैमाथि र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको डर र भय रहनेछ; तिनीहरू तेरा हातमा सुम्पिएका छन्। हरेक सजीव प्राणी तेरो निम्ति मासु हुनेछन्; मैले हरिया वनस्पतिझैँ तिमीहरूलाई सबै कुरा दिएको छु। तर रगतसँगको मासु, जुन रगत हो, तिमीहरूले खानेछैनौ। र म निश्‍चय नै तिमीहरूका जीवनका रगत लिनेछु; म हरेक पशुको साटो, र हरेक मानिसको साटो त्यो लिनेछु; हरेको मानिसको भाइको साटो म मानिसको जीवन लिनेछु। जसले मानिसको रगत बगाउँछ, मानिसबाटै त्यसको रगत बगाइनेछ: किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो।

नोआले परमेश्‍वरको निर्देशनहरूको पालना गर्दै जहाज बनाएर परमेश्‍वरले संसारलाई नष्ट गर्नको निम्ति प्रयोग गर्नुभएका जलप्रलयको दिनहरूमा जिएपछि, तिनका आठ जनाको सारा परिवार बाँचे। नोआका आठ जनाको परिवार बाहेकका सबै मानवजाति नष्ट पारिए, र पृथ्वीका सारा जीवित प्राणीहरू नष्ट पारिए। नोआलाई परमेश्‍वरले आशिष्‌ दिनुभयो र उसलाई र उसका छोराहरूलाई केही कुराहरू भन्‍नुभयो। ती कुराहरू परमेश्‍वरले उसलाई प्रदान गर्नुहुने कुराहरू र उसमाथि परमेश्‍वरको आशिष् थिए। यो आशिष् र प्रतिज्ञा परमेश्‍वरले उहाँलाई सुन्‍ने र उहाँका निर्देशनहरू स्वीकार गर्नेलाई दिनुहुन्छ र यो परमेश्‍वरले मानिसहरूलाई इनाम दिने तरिका पनि हो। यसको अर्थ, परमेश्‍वरको नजरमा नोआ सिद्ध वा धर्मी मानिस भएता पनि र उसले परमेश्‍वरको बारेमा जति धेरै जानेको भएता पनि, छोटकरीमा भन्‍नुपर्दा, नोआ र उसका तीन छोराहरू सबैले परमेश्‍वरको वचनहरू सुने, परमेश्‍वरको काममा सहकार्य गरे र परमेश्‍वरका निर्देशनहरूबमोजिम तिनीहरूले गर्नुपर्ने काम गरे। फलस्वरूप, तिनीहरूले जलप्रलयबाट संसारको विनाशको क्रममा परमेश्‍वरको निम्ति मानव र विभिन्‍न किसिमका जीवित प्राणीहरूको रक्षा गरे र तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको नयाँ चरणको निम्ति ठूलो योगदान गरे। उसले गरेका सबै कुराहरूको निम्ति, परमेश्‍वरले उसलाई आशिष् दिनुभयो। आजका मानिसहरूका निम्ति, नोआले गरेको काम उल्लेखनीय नहुन सक्छ। केहीले यस्तो पनि सोच्‍न सक्छन्: नोआले केही पनि गरेनन्; परमेश्‍वरले तिनलाई बचाउने निर्णय गर्नुभएको थियो, यसैले तिनी निश्‍चय नै बाँच्‍ने थिए। ऊ जीवित रहनु उसको आफ्नै उपलब्धिहरूका कारणले थिएन। यो परमेश्‍वरले होओस् भनेर चाहनुभयो किनकि मानिस निष्क्रिय छ। तर परमेश्‍वरले त्यस्तो सोचिरहनुभएको थिएन। परमेश्‍वरको निम्ति, कुनै व्यक्ति महान् होस् कि तुच्छ होस् उहाँको इच्छा र उहाँको योजना सहज तरिकाले हासिल होस् भनेर यदि तिनीहरूले उहाँलाई सुन्‍न, उहाँका निर्देशनहरू र उहाँले सुम्पेका कुराहरूको पालना गर्न सक्छन्, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनामा सहकार्य गर्न सक्छन् भने, त्यो व्यवहार उहाँको सम्झना र उहाँको आशिष्‌ प्राप्त गर्न योग्य ठहरिन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मूल्यवान् ठान्नुहुन्छ र उहाँका निम्ति गरिएका तिनीहरूका कामहरू, तिनीहरूको प्रेम र स्‍नेहलाई उहाँले कदर गर्नुहुन्छ। यो परमेश्‍वरको मनोवृत्ति हो। त्यसो भए परमेश्‍वरले नोआलाई किन आशिष् दिनुभयो? किनकि मानिसका त्यस्ता कार्यहरू र आज्ञाकारिताप्रति परमेश्‍वरले यसरी व्यवहार गर्नुहुन्छ।

परमेश्‍वरले नोआलाई दिनुभएको आशिष्‌को बारेमा, केही मानिसहरूले भ‍न्‍नेछन्: “यदि मानिसले परमेश्‍वरलाई सुन्यो र परमेश्‍वरलाई सन्तुष्ट पार्‍यो भने, परमेश्‍वरले मानिसलाई आशिष्‌ दिनुहुन्छ। यो भन्‍नुपर्ने कुरा नै होइन?” के हामी त्यसो भन्‍न सक्छौँ? कतिपय मानिसहरू भन्छन्: “सक्दैनौँ।” किन हामीले त्यसो भन्‍न सक्दैनौँ? केही मानिसहरू भन्छन्: “मानिस परमेश्‍वरको आशिष्‌मा आनन्द लिने योग्यको छैन।” त्यो पूर्ण रूपमा सही छैन। किनभने कुनै एक व्यक्तिले परमेश्‍वरले सुम्पिनुभएको कुरालाई स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले आज्ञा पालना गर्‍यो कि गरेन र त्यस व्यक्तिले परमेश्‍वरको इच्छालाई सन्तुष्ट गर्‍यो कि गरेन र तिनीहरूले गरेको कामले मापदण्ड पूरा गर्छ कि गर्दैन भन्‍ने कुराको निर्णय गर्नको निम्ति परमेश्‍वरसँग मापदण्ड छ। परमेश्‍वरले मानिसको हृदयको वास्ता राख्‍नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि, जबसम्‍म तिनीहरूले केही न केही गर्छन्, परमेश्‍वरले त्यसलाई आशिष् दिनुपर्छ भन्‍ने छैन। परमेश्‍वरको बारेमा मानिसहरूमा यही गलत बुझाइ छ। परमेश्‍वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्‍न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकास क्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको आज्ञाकारिता, ध्यान र तिनीहरूको हृदयमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ। नोआले त्यस समयमा परमेश्‍वरको बारेमा कति जानेका थिए? के त्यो तिमीहरूले अहिले जानेका धर्मसिद्धान्तहरू जति नै थियो? परमेश्‍वर बारेका धारणा र ज्ञान जस्ता सत्यताका पक्षहरूको आधारमा हेर्दा, के उसले तिमीहरूले जत्तिकै मलजल र हेरचाह प्राप्त गर्‍यो? होइन, गरेन! तर नकार्नै नसकिने एउटा तथ्य छ: आजका मानिसहरूको चेतना, मन र हृदयहरूको गहिराइमा, परमेश्‍वरप्रति तिनीहरूका धारणा र मनोवृत्तिहरू अस्पष्ट र अनेकार्थी छन्। मानिसहरूका एक भागसँग परमेश्‍वरको अस्तित्व प्रति नकारात्मक मनोवृत्ति छ पनि भन्‍न सकिन्छ। तर नोआको हृदय र चेतनामा, परमेश्‍वरको उपस्थिति पूर्ण र शङ्कारहित थियो र त्यसैले परमेश्‍वरप्रति उसको आज्ञाकारिता विशुद्ध र जाँचको सामना गर्न सक्‍ने किसिमको थियो। परमेश्‍वरप्रति उसको हृदय शुद्ध र खुला थियो। परमेश्‍वरको हरेक वचनलाई पछ्याउनको निम्ति उसलाई मनाउन धर्मसिद्धान्तहरूको धेरै ज्ञानको आवश्यकता परेन, न त उसलाई परमेश्‍वरले सुम्पनुभएको कुरालाई स्वीकार गर्न र परमेश्‍वरले उसलाई गर्न लगाउनुभएका कुराहरू गर्न सक्षम हुनको निम्ति परमेश्‍वरको अस्तित्वलाई प्रमाणित गर्ने धेरै तथ्यहरूको आवश्यकता नै उसलाई पर्‍यो। नोआ र आजका मानिसहरू बीचको आधारभूत फरक यही नै हो। परमेश्‍वरको नजरमा सिद्ध मानिसको वास्तविक परिभाषा पनि यही हो। परमेश्‍वरले नोआ जस्ता मानिसहरूको चाहना गर्नुहुन्छ। ऊ जस्तै मानिसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्छ र ऊ पनि परमेश्‍वरले आशिष् दिने ठीकै प्रकारको व्यक्ति हो। के यसबाट तिमीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्‍यौ? मानिसहरूले मानिसहरूलाई बाहिरबाट हेर्छन्, जबकि परमेश्‍वरले मानिसहरूको हृदय र तिनीहरूको सारहरू हेर्नुहुन्छ। परमेश्‍वरले कसैलाई पनि उहाँप्रति उत्साह विहीन वा शङ्का हुने अनुमति दिनुहुन्‍न, न त उहाँले मानिसहरूलाई उहाँप्रति शङ्का गर्ने वा कुनै पनि प्रकारले उहाँको जाँच गर्ने अनुमति नै दिनुहुन्छ। यसर्थ, आजका मानिसहरू परमेश्‍वरको वचनसँग आमनेसामने भएता पनि—परमेश्‍वरसँग आमनेसामने भएता पनि—तिनीहरूको हृदयका गहिराइमा भएको केही कुरा, तिनीहरूको भ्रष्टतापूर्ण तत्वको अस्तित्व र उहाँप्रति तिनीहरूको शत्रुतापूर्ण मनोवृत्तिको कारणले, परमेश्‍वरप्रति साँचो विश्‍वास गर्नबाट तिनीहरूलाई अवरोध गरेको छ र उहाँप्रति आज्ञाकारी हुनबाट रोकेको छ। यसैले परमेश्‍वरले नोआलाई दिनुभएको जस्तै आशिष् प्राप्त गर्न तिनीहरूलाई धेरै कठिन छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्