परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २३

3 डिसेम्बर 2022

आदमलाई परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७ अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न राख्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

यी पदहरूबाट तिमीहरूले के बुझ्यौ? धर्मशास्त्रको यस खण्डले तिमीहरूलाई कस्तो महसुस गराउँछ? मैले किन आदमलाई परमेश्‍वरले दिनुभएको आज्ञाको बारेमा कुरा गर्ने निर्णय गरेँ? के अहिले तिमीहरू हरेकको मनमा परमेश्‍वर र आदमको बिम्ब छ? तिमीहरूले कल्पना गर्ने कोसिस गर्न सक्छौ: यदि त्यस दृष्यमा तिमीहरू भएको भए, तिमीहरूलाई भित्रबाट परमेश्‍वर कस्तो हुनुहुन्थ्यो होला जस्तो लाग्छ? यस बारेको सोचाइले तिमीहरूलाई कस्तो महसुस गराउँछ? यो हृदयस्पर्शी र हृदयलाई आनन्दित गराउने तस्वीर हो। यसभित्र परमेश्‍वर र मानिस मात्र भएता पनि, उहाँहरू बीचको घनिष्ठताले तिमीहरूमा श्रद्धाको भाव भर्दछ: परमेश्‍वरको भरिपूर्ण प्रेम मानिसलाई सित्तैँमा दिइएको छ र यसले मानिसलाई घेर्छ; मानिस निर्दोष र शुद्ध छ अनि भारमुक्त र निर्धक्क रूपमा परमेश्‍वरको नजरमुनि आनन्दपूर्वक जिइरहेको छ; परमेश्‍वरले मानिस परमेश्‍वरको सुरक्षा र आशिष्‌मा बस्दा मानिसप्रति चासो देखाउनुहुन्छ; मानिसले गर्ने र भन्‍ने हरेक कुरा परमेश्‍वरसँग छुटाउनै नमिल्‍ने गरी जोडिएका छन् र तिनलाई परमेश्‍वरबाट अलग गर्न सकिन्‍न।

यसलाई परमेश्‍वरले मानिसको सृष्टिपछि उसलाई दिनुभएको पहिलो आज्ञा भन्‍न सकिन्छ। यस आज्ञाले के व्यक्त गर्दछ? यसले परमेश्‍वरको इच्छाको बारेमा व्यक्त गर्दछ, यसले मानवजातिप्रति उहाँका चिन्ताहरूको बारेमा पनि व्यक्त गर्दछ। यो परमेश्‍वरको पहिलो आज्ञा हो र यो परमेश्‍वरले मानिसको निम्ति चिन्ता व्यक्त गर्नुभएको पहिलो पटक पनि हो। यसको अर्थ, परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको बेलादेखि नै ऊप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुभयो। उहाँको जिम्मेवारी के हो? उहाँले मानिसको सुरक्षा गर्नुपर्छ, मानिसको हेरचाह गर्नुपर्छ। मानिसले उहाँका वचनहरूमा भरोसा गर्न र तिनको आज्ञा पालन गर्न सक्छ भन्‍ने कुराको आशा उहाँ गर्नुहुन्छ। यो परमेश्‍वरले मानिसबाट आशा गर्नुभएको पहिलो कुरा पनि हो। यही आशामा परमेश्‍वर निम्न कुरा भन्‍नुहुन्छ: “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यी सरल वचनहरूले परमेश्‍वरको इच्छाको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले उहाँको हृदयमा मानिसप्रति चासो देखाउन थाल्‍नुभएको कुरालाई पनि यिनीहरूले प्रकट गर्छन्। सबै कुराहरूमध्ये, आदम मात्र परमेश्‍वरको प्रतिरूपमा बनाइएको थियो; परमेश्‍वरले जीवनको सास फुकिदिनुभएको जीवित प्राणी आदम मात्र थियो; ऊ परमेश्‍वरसँग हिँड्न र कुराकानी गर्न सक्थ्यो। यसैले परमेश्‍वरले उसलाई यो आज्ञा दिनुभयो। परमेश्‍वरले आफ्नो आज्ञामा मानिसले के गर्न सक्‍छ र के गर्न सक्दैन भन्‍ने कुराहरू एकदमै सरल तरिकाले बताउनुभयो।

यी केही सरल वचनहरूमा, हामीले परमेश्‍वरको हृदय देख्छौँ। तर कस्तो किसिमको हृदयले आफैँलाई देखाउँछ? के परमेश्‍वरको हृदयमा प्रेम छ? के त्यहाँ चासो छ? यी पदहरूमा, परमेश्‍वरको प्रेम र चासोलाई सराहना गर्न मात्र होइन तर घनिष्ठ रूपले महसुस पनि गर्न सकिन्छ। के तिमीहरू सहमत हुँदैनौ? मैले यसो भनेको सुनेर पनि, के तिमीहरू यिनीहरू सामान्य वचनहरू मात्र हुन् भन्‍ने सोच्छौ? जे भए पनि ती त्यति सामान्य पनि छैनन्, होइन र? के तिमीहरूलाई पहिले यसको बारेमा अवगत थियो? परमेश्‍वरले व्यक्तिगत रूपमा तँलाई यी वचनहरू भन्‍नुभयो भने, तैँले भित्री रूपमा कस्तो महसुस गर्ने थिइस्? यदि तँ मानव नभएको भए, यदि तेरो हृदय कठोर भएको भए, तैँले केही महसुस गर्न सक्‍ने थिइनस्, तैँले परमेश्‍वरको प्रेमलाई सराहना गर्न सक्‍ने थिइनस् र तैँले परमेश्‍वरको हृदय बुझ्‍ने कोसिस गर्ने थिइनस्। तर मानवीय चेत र विवेक भएको व्यक्ति भएको कारण तैँले फरक महसुस गर्ने थिइस्। तैँले न्यानोपन महसुस गर्ने थिइस्, तैँले वास्ता गरिएको र प्रेम गरिएको महसुस गर्ने थिइस् र तैँले सुख महसुस गर्ने थिइस्। के यो सही होइन? जब तैँले यी कुराहरूको अनुभव गर्छस्, तैँले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने छस्? के तैँले परमेश्‍वरमा जोडिएको महसुस गर्ने छस्? के तैँले हृदयको गहिराइबाट परमेश्‍वरलाई प्रेम र सम्मान गर्ने छस्? के तेरो हृदय परमेश्‍वरको नजिक जाने छ? यसबाट तैँले मानिसको निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ भ‍न्‍ने देख्‍न सक्छस्। तर मानिसले परमेश्‍वरको प्रेमको सराहना गर्नु र त्यसलाई बुझ्‍नु अझ जरुरी छ? वास्तवमा, परमेश्‍वरले आफ्नो कामको चरणमा उस्तै धेरै कुराहरू भन्‍नुहुन्‍न र? के आज परमेश्‍वरको हृदयको सराहना गर्ने मानिसहरू छन्? के तिमीहरूले मैले भर्खरै भनेका परमेश्‍वरका इच्छा बुझ्‍न सक्छौ? वास्तवमा यो यति ठोस, मूर्त र वास्तविक हुँदा पनि तिमीहरूले परमेश्‍वरको इच्छाको सराहना गर्न सक्दैनौ। त्यसैले तिमीहरूमा परमेश्‍वरको वास्तविक ज्ञान र समझ छैन भनेर म भन्छु। के यो साँचो होइन?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्