परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५

12 अप्रिल 2021

सृष्‍टि गरिएको साँचो प्राणीले सृष्‍टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्‍टि केका लागि गरिएको हो, सृष्‍टि गरिएको प्राणीका जिम्मेवारीहरू कसरी पूरा गर्न सकिन्छ, र सारा सृष्‍टिका प्रभुलाई कसरी आराधना गर्नुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ, सृष्‍टिकर्ताका अभिप्राय, चाहना, र आवश्यक शर्तहरू बुझ्‍नुपर्छ, बोध गर्नुपर्छ, थाहा पाउनुपर्छ र वास्ता गर्नुपर्छ, र सृष्‍टिकर्ताको मार्गको नियमबमोजिम काम गर्नुपर्छ—परमेश्‍वरको डर मान्‍नुपर्छ र दुष्‍टताबाट अलग बस्‍नुपर्छ।

परमेश्‍वरको डर मान्नु के हो? अनि व्यक्ति कसरी दुष्‍टताबाट अलग बस्‍न सक्छ?

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अज्ञात डर र त्रास होइन, न त उम्कनु हो, न त टाढा राख्‍नु हो, न त यो आदर्शीकरण वा अन्धविश्‍वास नै हो। बरु, यो त प्रशंसा, आत्म-विश्‍वास, भरोसा, बुझाइ, वास्ता, आज्ञापालन, पवित्रीकरण, प्रेम, साथै निःसर्त र गनगनविनाको आराधना, प्रत्युपकार र समर्पण हो। परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो प्रशंसा, साँचो भरोसा, साँचो बुझाइ, साँचो वास्ता वा आज्ञापालन हुनेछैन, बरु केवल डर र असहजपन, शङ्‍का, गलत बुझाइ, छल र बेवास्ता मात्र हुन्छ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो पवित्रीकरण र प्रत्युपकार हुनेछैन; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो आराधना र समर्पणता हुनेछैन, केवल अन्ध-आदर्शीकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिले परमेश्‍वरको मार्गको नियमबमोजिम काम गर्न असम्भव हुन्छ, वा परमेश्‍वरको डर मान्‍ने, वा दुष्‍टताबाट अलग बस्‍ने कुरा असम्भव हुन्छ। यसको विपरीत, मानिस सहभागी हुने हरेक क्रियाकपाल र आचरण विद्रोह र अवज्ञाले भरिएको हुनेछ, उहाँको बारेमा निन्दनीय आरोप र द्वेषपूर्ण मूल्यांकनले भरिएको हुनेछ, अनि सत्यता र परमेश्‍वरका वचनहरूको साँचो अर्थ विपरीतका दुष्‍ट आचरणले भरिएको हुनेछ।

जब मानवजातिको परमेश्‍वरमा साँचो भरोसा हुन्छ, तब तिनीहरू उहाँलाई पछ्याउने र उहाँमा भर पर्ने कुरामा सच्‍चा हुन्छन्; परमेश्‍वरमा साँचो भरोसा र निर्भरताको कारण मात्र मानवजातिले साँचो बुझाइ र बोध प्राप्त गर्न सक्छ; परमेश्‍वरको साँचो बोधसँगै उहाँप्रतिको साँचो वास्ता आउँछ; परमेश्‍वरप्रतिको साँचो वास्ताले मात्र मानवजातिमा साँचो आज्ञापालन आउन सक्छ; परमेश्‍वरको साँचो आज्ञापालनले मात्र मानवजातिमा साँचो पवित्रीकरण आउन सक्छ; परमेश्‍वरप्रतिको साँचो पवित्रीकरणले मात्र मानवजातिमा निःसर्त र गनगनविनाको प्रत्युपकार आउन सक्छ; साँचो भरोसा र निर्भरता, साँचो बुझाइ र वास्ता, साँचो आज्ञापालन, साँचो पवित्रीकरण र प्रत्युपकारद्वारा मात्र मावनजातिले परमेश्‍वरको स्वभाव र सारको बारेमा साँचो रूपले थाहा पाउन सक्छ, र सृष्‍टिकर्ताको पहिचान थाहा पाउन सक्छ; तिनीहरूले जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न थाल्छन्, तब मात्र मानवजातिले आफूभित्र साँचो आराधना र समर्पणता जगाउन सक्छन्; जब तिनीहरूसँग सृष्‍टिकर्ताको निम्ति साँचो आराधना र समर्पणता हुन्छ, तब मात्र मानवजाति आफ्ना दुष्‍टतालाई साँच्‍चिकै पन्छाउन सक्षम हुनेछन्, अर्थात्, तिनीहरू दुष्‍टताबाट अलग बस्‍न सक्‍नेछन्।

यो भनेको “परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने” सम्पूर्ण प्रक्रिया हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने कार्यको समष्टिगत विषयवस्तु पनि हो। परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने आचरण प्राप्‍त गर्नको लागि यात्रा गर्नुपर्ने मार्ग यही हो।

“परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्‍ने” कार्य र परमेश्‍वरलाई चिन्ने कार्य एउटै धागोमा अविभाज्य रूपमा गाँसिएका छन्, र तिनीहरूबीचको सम्बन्ध स्वःप्रमाणित छ। यदि कसैले दुष्‍टताबाट अलग बस्‍ने चाहना गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरको साँचो डर मान्‍नुपर्छ; यदि कसैले परमेश्‍वरको साँचो डर मान्‍ने इच्छा गर्छ भने ऊसँग सबैभन्दा पहिला परमेश्‍वरको साँचो ज्ञान हुनुपर्छ; यदि कसैले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्ने इच्छा गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ, परमेश्‍वरको ताडना र अनुशासन कार्यवाही अनुभव गर्नुपर्छ, उहाँको सजाय र उहाँको न्याय अनुभव गर्नुपर्छ; यदि कसैले परमेश्‍वरका वचनहरू अनुभव गर्ने इच्छा गर्छ भने, ऊ पहिला परमेश्‍वरका वचनहरूको आमनेसामने आउनुपर्छ, परमेश्‍वरको आमनेसामने आउनुपर्छ, र मानिस, घटना र वस्तुहरू समावेश भएको सबै किसिमका वातावरणको रूपमा परमेश्‍वरका वचनहरू अनुभव गर्ने अवसर प्रदान गर्नुहोस् भनी परमेश्‍वरसँग अनुरोध गर्नुपर्छ। यदि कसैले परमेश्‍वर र उहाँका वचनहरूको आमनेसामने आउने इच्छा गर्छ भने ऊसँग पहिला सरल र इमानदार हृदय हुनुपर्छ, सत्यता स्वीकार गर्ने तत्परता हुनुपर्छ, दुःखकष्‍ट सहने इच्छा हुनुपर्छ, दुष्‍टताबाट अलग बस्‍ने सङ्‍कल्प र साहस हुनुपर्छ, र सृष्‍टि गरिएको साँचो प्राणी बन्‍ने आकांक्षा हुनुपर्छ…। यसरी तँ चरणबद्ध तरिकाले अघि बढ्दै परमेश्‍वरको नजिक जानेछस्, तेरो हृदय अझ शुद्ध हुँदै जानेछ, र परमेश्‍वरको बारेमा तेरो ज्ञान वृद्धि भएपछि तेरो जीवन र जीवित रहनुको महत्व अझ बढी अर्थपूर्ण र बत्ती अझ धेरै उज्‍ज्‍वल हुँदै जानेछ। एक दिन आउनेछ जुन दिन तैँले महसुस गर्नेछस कि सृष्‍टिकर्ता अबउप्रान्त प्रहेलिका हुनुहुन्न, सृष्‍टिकर्ता तँबाट कहिल्यै लुक्‍नुभएको छैन, सृष्‍टिकर्ताले आफ्नो मुहार तँबाट कहिल्यै लुकाउनुभएको छैन, सृष्‍टिकर्ता तँबाट बिलकुलै टाढा हुनुहुन्न, सृष्‍टिकर्ता तैँले आफ्नो विचारमा परिकल्पना गरी पर्खिरहेको एउटै उहाँ हुनुहुन्‍न बरु उहाँ त तेरा भावनाहरूद्वारा पुग्‍न नसकिने हुनुहुन्छ, उहाँ त तेरो दाहिने र देब्रेतिर साँच्‍चिकै र वास्तविक रूपमा तेरो पहरेदारी गर्न खडा हुनुहुन्छ, उहाँले त तेरो जीवनलाई आपूर्ति दिँदै हुनुहुन्छ र तेरो नियतिलाई निन्त्रण गर्दै हुनुहुन्छ। उहाँ टाढा क्षितिजमा हुनुहुन्‍न, न त उहाँले आफैलाई उच्‍च बादलहरूमा नै लुकाउनुभएको छ। उहाँ तँ नजिकै हुनुहुन्छ, उहाँले तेरा सबै कुरा सञ्‍चालन गरिरहनुभएको छ, उहाँ नै तँसँग भएका सबै कुरा हुनुहुन्छ, र उहाँ नै तँसँग भएको केवल एउटै कुरा हुनुहुन्छ। यस किसिमको परमेश्‍वरले तँलाई हृदयदेखि उहाँलाई प्रेम गर्न, उहाँमा झुन्डिरहन, उहाँलाई नजिकबाट समात्‍न, उहाँको प्रशंसा गर्न, उहाँलाई गुमाउने डर मान्‍न, र उहाँलाई अबउप्रान्त इन्कार गर्न, उहाँको अवज्ञा गर्न वा उहाँलाई छल्‍न वा टाढा राख्‍न अनिच्छुक हुन लगाउनुहुन्छ। तैँले चाहने सबै कुरा भनेको उहाँलाई वास्ता गर्नु, उहाँको आज्ञापालन गर्नु, उहाँले दिनुभएका सबै थोकको सही पैँचो तिर्नु, उहाँको प्रभुत्वमा आफैलाई समर्पित गर्नु हुन्छ। तैँले फैरि कहिल्यै उहाँद्वारा मार्गदर्शन, बन्दोबस्त, हेरचाह प्राप्त गर्न, उहाँद्वारा सुरक्षित हुन इन्कार गर्दैनस्, तैँले फैरि कहिल्यै उहाँले तँलाई दिनुभएको हुकुम र आदेश इन्कार गर्दैनस्। तैँले चाहने सबै कुरा भनेको उहाँलाई पछ्याउनु, उहाँकै साथमा उहाँवरिपरि रहनु हुन्छ, तैँले चाहने सबै कुरा भनेको उहाँलाई तेरो एक मात्र जीवनको रूपमा स्वीकार गर्नु, उहाँलाई तेरो एक मात्र प्रभुको रूपमा ग्रहण गर्नु, तेरो एक मात्र परमेश्‍वरको रूपमा स्वीकार गर्नु हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्