Christian Dance | राज्यका सुन्दर दृश्यहरू सधैँ नयाँ जस्तै हुन्छन् | Praise Song

25 जुन 2024

पूर्वबाट बिहानीको किरण झुल्किन्छ, मुक्तिदाता मानवजातिमाझ फर्कनुभएको छ।

राज्य जीवन सुरु भएको छ, र सबै कुरामा जीवनको नयाँ चमक छ।

बिहानी आइपुगेको छ, हाम्रो आँखैअघि ज्योति फैलिन्छ,

सहस्राब्दीका आशाहरू अन्ततः पूरा भएका छन्।

ती सब पीडादायी दिन र रातहरू,

ती दुःखदायी वर्षहरू, उप्रान्त हामीमाझ छैनन्।

सुगन्ध फैलाउँदै, फूलहरू फुल्छन्, र गाइने चरीहरू गाउँछन्।

परमेश्‍वरका मानिसहरूले मानिसको पुत्रको आगमनको प्रचार गर्छन् र गवाही दिन्छन्,

आफ्ना भावनालाई आवाज दिन्छन्।

भक्तिसाथ प्रार्थना गर, ठूलो स्वरले गाऊ,

सिंहासनसामु लम्पसार पर, र परमेश्‍वरको प्रशंसा गर!

टाढा-टाढाका दाजुभाईहरू, र संसारभरका दिदीबहिनीहरू,

हामी सँगै उत्सव मानाऔँ!

सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट,

मानवजातिमाझ उहाँको काम गर्न देहमा देखा पर्नुभएको छ।

उहाँले मानवजातिलाई न्याय गर्न सत्यता व्यक्त गर्नुहुन्छ,

उहाँका वचनहरूले मानिसहरूको एउटा समूहलाई धुन्छ र सिद्ध पार्छ।

परमेश्‍वरका वचनहरूले हाम्रो हृदयलाई भरणपोषण गर्छन्;

ती वचन खानु र पिउनुले हाम्रो जीवनमा आपूर्ति ल्याउँछ।

तिमी निष्ठासाथ अर्पित हुन्छौ, म आफूले सक्दो प्रयास गर्छु;

सँगसँगै, एउटै हृदय र मनले, हामी परमेश्‍वरलाई प्रेम गर्छौँ।

राज्यको युगको जीवनमा प्रवेश गर्ने लालसा कसले गर्दैन र?

कसले त्यसको तृष्णा गर्दैन र?

न्यायमार्फत, हाम्रो भ्रष्टता धोइन्छ; हामी कृतज्ञ छौँ, र परमेश्‍वरको प्रशंसा गर्छौँ।

परमेश्‍वरका वचनले, अख्तियार र शक्ति बोक्दै,

हामीलाई शैतानमाथि विजय हासिल गर्न अगुवाइ गरेका छन्।

परमेश्‍वरका सबै मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न,

आफ्ना कर्तव्य वफादारीसाथ निर्वाह गरिरहेका छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्