Christian Dance | राज्यका सुन्दर दृश्यहरू सधैँ नयाँ जस्तै हुन्छन् | Praise Song
25 जुन 2024
१
पूर्वबाट बिहानीको किरण झुल्किन्छ, मुक्तिदाता मानवजातिमाझ फर्कनुभएको छ।
राज्य जीवन सुरु भएको छ, र सबै कुरामा जीवनको नयाँ चमक छ।
बिहानी आइपुगेको छ, हाम्रो आँखैअघि ज्योति फैलिन्छ,
सहस्राब्दीका आशाहरू अन्ततः पूरा भएका छन्।
ती सब पीडादायी दिन र रातहरू,
ती दुःखदायी वर्षहरू, उप्रान्त हामीमाझ छैनन्।
२
सुगन्ध फैलाउँदै, फूलहरू फुल्छन्, र गाइने चरीहरू गाउँछन्।
परमेश्वरका मानिसहरूले मानिसको पुत्रको आगमनको प्रचार गर्छन् र गवाही दिन्छन्,
आफ्ना भावनालाई आवाज दिन्छन्।
भक्तिसाथ प्रार्थना गर, ठूलो स्वरले गाऊ,
सिंहासनसामु लम्पसार पर, र परमेश्वरको प्रशंसा गर!
टाढा-टाढाका दाजुभाईहरू, र संसारभरका दिदीबहिनीहरू,
हामी सँगै उत्सव मानाऔँ!
३
सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट,
मानवजातिमाझ उहाँको काम गर्न देहमा देखा पर्नुभएको छ।
उहाँले मानवजातिलाई न्याय गर्न सत्यता व्यक्त गर्नुहुन्छ,
उहाँका वचनहरूले मानिसहरूको एउटा समूहलाई धुन्छ र सिद्ध पार्छ।
परमेश्वरका वचनहरूले हाम्रो हृदयलाई भरणपोषण गर्छन्;
ती वचन खानु र पिउनुले हाम्रो जीवनमा आपूर्ति ल्याउँछ।
तिमी निष्ठासाथ अर्पित हुन्छौ, म आफूले सक्दो प्रयास गर्छु;
सँगसँगै, एउटै हृदय र मनले, हामी परमेश्वरलाई प्रेम गर्छौँ।
४
राज्यको युगको जीवनमा प्रवेश गर्ने लालसा कसले गर्दैन र?
कसले त्यसको तृष्णा गर्दैन र?
न्यायमार्फत, हाम्रो भ्रष्टता धोइन्छ; हामी कृतज्ञ छौँ, र परमेश्वरको प्रशंसा गर्छौँ।
परमेश्वरका वचनले, अख्तियार र शक्ति बोक्दै,
हामीलाई शैतानमाथि विजय हासिल गर्न अगुवाइ गरेका छन्।
परमेश्वरका सबै मानिसहरूले परमेश्वरका अभिप्रायहरू पूरा गर्न,
आफ्ना कर्तव्य वफादारीसाथ निर्वाह गरिरहेका छन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू