राज्यको सुसमाचार च्याट रुम, भाग ६: अमेरिका-निवासी क्युबाली वरिष्ठ मनोचिकित्सक नोर्मा पेरेज, एमडीसँगको विस्तृत अन्तर्वार्ता

11 जुलाई 2026

नोर्मा पेरेज, एमडी, बालबालिका तथा किशोर मनोचिकित्सा क्षेत्रकी एक वरिष्ठ विशेषज्ञ हुनुहुन्छ। उहाँ लामो समयदेखि चिकित्सा अध्यापन र अनुसन्धानमा संलग्न एक विद्वान्‌ पनि हुनुहुन्छ। उहाँले दशकौँदेखि धेरै किशोर-किशोरीलाई उनीहरूको मनोवैज्ञानिक सङ्घर्षलाई जित्न मद्दत गर्नुभएको छ। तर, अरूलाई सघाउँदै गर्दा, उहाँले आफ्नो जीवनमा भने शृङ्खलाबद्ध रूपमा ठुल्ठुला आघातहरू भोग्नुभयो। उहाँले सानै उमेरमा आफ्नो छोरा गुमाउनुभयो, उहाँका आमाबुबा उहाँ तीस वर्ष कटेपछि बित्नुभयो, अनि उहाँ प्रौढ उमेरमा छँदा उहाँको श्रीमान्‌को मृत्यु भयो। यी भारी र बारम्बारका क्षतिहरूले गर्दा उहाँ लामो समयसम्म शोक र डिप्रेसनमा जिउनुभयो। मनोविज्ञान, चिकित्सा र विभिन्न उपचार विधि बुझ्ने एक मनोचिकित्सा विशेषज्ञ भए तापनि, उहाँ आफ्नो भित्री पीडा र डिप्रेसनबाट साँचो रूपमा अझै पनि मुक्त हुन सक्नुभएन। उहाँले दशकौँसम्म डिप्रेसनसँग सङ्घर्ष गर्नुभयो। त्यसपछि, उहाँको जीवन पूर्ण रूपमा मोडिन पुग्यो। आफूलाई लामो समयदेखि सताइरहेको डिप्रेसनबाट बिस्तारै बाहिर निस्कनुका साथै, उहाँले साँचो आन्तरिक शान्ति, आनन्द र आशा पनि पुनः प्राप्त गर्नुभयो। आज, ८१ वर्षको उमेरमा पनि, उहाँ जीवन्तताले भरिपूर्ण हुनुहुन्छ अनि उहाँको अनुहारमा प्रायः मुस्कान छाएको हुन्छ। यी आशावादी र शान्त स्वभावकी वृद्धा एक समय यति लामो अवधिसम्म डिप्रेसन र पीडामा जिउनुभएको थियो भनेर कल्पना गर्न पनि गाह्रो छ। आखिर कुन कुराले लामो समयदेखि डिप्रेसनले पिरोलिएकी एक मनोचिकित्सकलाई अन्ततः त्यसको छायाबाट एक-एक कदम गर्दै बाहिर आउन सक्षम बनायो त? राज्यको सुसमाचार च्याट रुमको यो अङ्कले तपाईँहरूका लागि डा. नोर्माको साँचो र गहन जीवनकथा लिएर आएको छ।

03:59 एक एमडी मनोचिकित्सकको करियर

08:25 २१ वर्षमा, आफ्नो छोरा गुमाउँदा उहाँको करियरमा परिवर्तन आउँछ

17:49 डिप्रेसनका लक्षण र उपचारहरू

36:32 श्रीमान्‌को मृत्युले उहाँलाई फेरि एकपटक पीडामा डुबाउँछ

44:27 अवकाशपछिको एक्लोपन र अलमल

49:07 उहाँको जीवनमा ज्योतिको एक किरण चम्किन्छ

55:25 जीवन र मृत्युबारे एउटा नयाँ बुझाइ

01:01:53 आमाबुबाले आफ्ना छोराछोरीहरूका लागि उनीहरूको जीवन छान्न सक्दैनन् भनी अन्ततः बुझ्दा

01:10:19 मूर्तिपूजक परिवेशमा चिन्ता र शान्ति

01:30:13 डिप्रेसनलाई जित्नका लागि ७ वटा अन्तर्बोध

01:42:28 औषधिले भित्री पीडा साँचो रूपमा निको पार्न सक्दैन

02:08:48 ८१ वर्षको उमेरमा, अन्ततः उहाँ डिप्रेसनबाट बाहिर निस्कनुभयो र शान्ति पुनः प्राप्त गर्नुभयो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्