राज्यको सुसमाचार च्याट रुम, भाग १३: चिलीका पूर्व व्यावसायिक फुटबल खेलाडी हुवान इग्नासियोसँगको विस्तृत अन्तर्वार्ता
18 सेप्टेम्बर 2026
हुवान इग्नासियो चिलीका एक पूर्व व्यावसायिक फुटबल खेलाडी हुनुहुन्छ। वर्षौँसम्म, उहाँले एक व्यावसायिक खेलाडीका रूपमा आफ्नो नाम कमाउने तृष्णा गर्नुभयो। त्यो सपना साकार पार्न, उहाँले पागलझैँ प्रशिक्षण गर्नुभयो, अनि निरन्तर च्याम्पियनसिप र गौरवको पछाडि कुदिरहनुभयो। अन्ततः, उहाँको सपना पूरा भयो—उहाँले एउटा व्यावसायिक क्लबसँग सम्झौता गर्नुभयो र व्यावसायिक मैदानमा उत्रिनुभयो। तर उहाँलाई आफू सफलताको शिखरको झन्झन् नजिक पुगिरहेजस्तो लागिरहेकै बेला, उहाँको व्यावसायिक फुटबलको सपना अचानक चकनाचुर भयो। हार स्वीकार गर्न नमानेर, उहाँ प्रख्यात बन्नमै तल्लीन रहिरहनुभयो। उहाँ फेरि व्यावसायिक मैदानमा फर्कन मरिहत्ते गरिरहनुभएको थियो, तर त्यो मौका कहिल्यै आएन। आफ्नो सपना बिस्तारै टाढिँदै जाँदा, उहाँको परिवार टुट्यो, उहाँलाई हातमुख जोड्नसमेत धौ-धौ पर्न थाल्यो, अनि उहाँ अन्ततः जीवनकै सबैभन्दा तल्लो बिन्दुमा पुग्नुभयो। आफ्नो पीडा र निराशामाझ, हुवानले परमेश्वरलाई प्रार्थना गर्न र आफूले त्यति धेरै मरिहत्ते गरेर पछ्याइरहेको जीवनबारे पुनर्विचार गर्न थाल्नुभयो। जुन सपनाका लागि उहाँले त्यति धेरै सङ्घर्ष गर्नुभयो, त्यसले अन्त्यमा किन उहाँलाई दुःख मात्र दियो? के मानिसले कडा मिहिनेत गरेर मात्र आफ्नो नियति साँच्चै बदल्न सक्छ त? अनि जीवनकै सबैभन्दा तल्लो बिन्दुमा पुगेपछि, उहाँलाई कस्तो किसिमको महत्त्वपूर्ण मोडले पर्खिरहेको थियो?
राज्यको सुसमाचार च्याट रुमको यस भागमा स्वागत छ। चिलीका पूर्व व्यावसायिक फुटबल खेलाडी हुवान इग्नासियोको ख्याति र प्राप्ति पछ्याउनेदेखि लिएर अन्ततः जीवनमा आफ्नो साँचो दिशा फेला पारेसम्मको वास्तविक अनुभव सुन्नका लागि हामीसँग जोडिनुहोस्।
00:29 परिचय: फुटबल खेल्ने बालकदेखि व्यावसायिक खेलाडीसम्म
02:57 व्यावसायिक खेलाडी बन्ने बाल्यकालको सपना
09:15 च्याम्पियनसिप जित्नका लागि जानीजानी लडेको नाटक गर्नु
16:14 लगातार पाँचवटा च्याम्पियनसिप जित्नेदेखि पाँच वर्षको प्रतिबन्धसम्म
21:25 जीवनको तल्लो बिन्दुदेखि व्यावसायिक मैदानसम्म
27:13 उहाँको व्यावसायिक खेलाडी बन्ने सपना किन अचानक टुङ्गियो?
34:36 सपनामा तल्लीन हुँदा, उहाँ आफ्नो परिवार गुमाउनुहुन्छ
43:42 सपना चकनाचुर भएपछि, उहाँ जीवनकै सबैभन्दा तल्लो बिन्दुमा पुग्नुहुन्छ
48:37 परमेश्वरका वचनहरूले उहाँको पीडाको मूल कारण खुलस्त पार्छन्
53:33 ख्याति र प्राप्तिको पछ्याइले उहाँको जीवन झन्डै बर्बाद गर्यो
01:01:32 उहाँले आफ्नो सम्पूर्ण बल लगाउनुभयो: उहाँले किन आफ्नो नियति बदल्न सक्नुभएन?
01:09:42 ख्याति र प्राप्ति त्यागेर शान्ति पाउनु
अन्य प्रकारका भिडियोहरू