राज्यको सुसमाचार च्याट रुम, भाग १२: भेनेजुएली विज्ञापन उद्यमी एलियाना गालार्डोसँगको विस्तृत अन्तर्वार्ता
7 सेप्टेम्बर 2026
एलियाना गालार्डो कुनै समय भेनेजुएलाकी एक सफल विज्ञापन र मिडिया उद्यमी थिइन्। बाल्यकालमा भोगेको गरिबी र अरूले हेयको नजरले हेरेको कारण उनले सानै उमेरदेखि आफ्नो जीवन बदल्ने र सम्पत्ति तथा हैसियत प्राप्त गर्ने अठोट गरिन्। यही दृढ विश्वासबाट प्रेरित भई, उनले सानैदेखि अथक परिश्रम गरिन्, र अन्ततः आफ्नै विज्ञापन एजेन्सी स्थापना गरिन्। उनको व्यवसाय फस्टायो, र उनी अन्ततः आफूले सधैँ प्रवेश गर्न चाहेको धनीहरूको सर्कलमा पुगिन्। तर, जब उनले साँच्चै सम्पत्ति र हैसियत प्राप्त गरिन्, उनले आफूले अपेक्षा गरेजस्तो खुसी पाइनन्, बरु झन्झन् गहिरिँदै गएको चिन्ता र बेचैनी पो महसुस गर्न थालिन्। पछि, उनको एजेन्सी बन्द भयो र उनको परिवार सङ्कटमा पर्यो, तैपनि उनी आफ्नो पतन स्वीकार गर्न तयार भइनन्। एक दशकभन्दा बढी समयसम्म, शारीरिक र मानसिक रूपमा लखतरान नहुन्जेल उनले वापसी गर्न सङ्घर्ष गरिरहिन्। सन् २०२० मा, अचानक सुरु भएको महामारीले उनलाई र उनको परिवारलाई निराशाको सँघारमा धकेल्यो। कुनै विकल्प नभएपछि, उनले परमेश्वरलाई पुकार्न थालिन्, र खोजीको एउटा बिलकुलै नयाँ यात्रा सुरु गरिन्। जीवनमा उनलाई कस्तो मोडले प्रतीक्षा गरिरहेको थियो त?
“राज्यको सुसमाचार च्याट रुम” को यस भागमा स्वागत छ। सम्पत्ति पछ्याउनेदेखि जीवनमा आफ्नो साँचो दिशा पुन: पत्ता लगाउने एलियानाको साँचो अनुभव सुन्न हामीसँग जोडिनुहोस्।
03:10 सानै उमेरदेखि धनी बन्ने सङ्कल्प
10:53 अरूले हेयको नजरले हेरिनुदेखि उद्यमशील सफलतासम्म
18:20 उनी उच्च वर्गमा आबद्ध हुन्छिन् तैपनि भित्री शान्ति गुमाउँछिन्
31:16 सबैभन्दा तल्लो बिन्दुमा पुगे पनि वापसी गर्ने आसक्ति
37:57 बन्द गल्लीमा पुगेपछि, उनी परमेश्वरलाई पुकार्न थाल्छिन्
42:27 अन्धकारमा खोज्दै गर्दा, उनले अन्ततः उज्यालो देख्छिन्
52:55 परमेश्वरका वचनहरूले उनलाई पैसाको बन्धनबाट ब्युँझाउँछन्
01:05:21 नियतिसँग लड्न छोडेर भित्री शान्तिको प्राप्ति
01:19:48 सम्पत्तिको पछ्याइलाई त्यागेर, उनले नयाँ जीवन फेला पार्छिन्
01:26:43 झगडालु घरमा शान्ति र न्यानोपन फर्कन्छ
01:31:57 उनका श्रीमान्ले उनमा आएका परिवर्तनहरू बताउँछन्
अन्य प्रकारका भिडियोहरू