Nepali Christian Song | परमेश्वरको सजाय र न्याय मानिसको मुक्तिको ज्योति हो
16 जुन 2026
१
मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्वरको न्याय र सजायविना ऊ शैतानजस्तै फोहोरी छ। परमेश्वरद्वारा गरिने न्याय-सजाय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो। परमेश्वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट रिहा गर्छ, उसलाई आफ्नै सानो संसारबाट रिहा गर्छ र उसलाई परमेश्वरको मुहारको ज्योतिमा जिउने तुल्याउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन।
२
मानिस उसको जीवनमा, यदि पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा उत्तम आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा कुनै छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू