परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९१

28 अक्टोबर 2022

इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्‍नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र न्याय थिएन, किनकि त्यसबेला मानिसहरूले संसारलाई थोरै मात्र बुझेका थिए र उनीहरूका भ्रष्ट स्वभावहरू थोरै थिए। त्यसबेला, इस्राएलीहरूले यहोवाको पूर्ण आज्ञापालन गर्थे। जब उहाँले तिनीहरूलाई वेदी बनाउनू भनी भन्‍नुभयो, तब तिनीहरूले तुरुन्तै वेदीहरू निर्माण गरे; जब उहाँले तिनीहरूलाई पूजाहारीको पोसाक लगाउनू भनी भन्‍नुभयो, तिनीहरूले आज्ञापालन गरे। ती दिनहरूमा, यहोवा भेडाको बगाललाई हेरचाह गर्ने गोठालोझैं हुनुहुन्थ्यो, भेडाहरू गोठालोको अगुवाइमा हिँड्थे र चरनका घाँसहरू खान्थे; के खाने, के लगाउने, कसरी बस्‍ने र कसरी यात्रा गर्ने भनी बताउँदै यहोवाले तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो। त्यो परमेश्‍वरको स्वभाव स्पष्ट पार्ने समय थिएन, किनकि त्यस समयको मानवजाति भर्खर जन्मेको थियो; त्यहाँ विद्रोही र विरोधीहरू थोरै थिए, मानवजातिमाझ त्यति फोहोर थिएन, यसैले मानिसहरूले परमेश्‍वरको स्वभावको प्रतिभारको रूपमा काम गर्न सक्दैनथे। फोहोरको देशबाट आएका मानिसहरूमार्फत नै परमेश्‍वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोरको देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायमाझ उहाँ जे हुनुहुन्छ सो प्रकटीकरण हुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्‍नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथ्यो भने उहाँ कसरी त्यत्ति रिसाउन सक्‍नुहुन्थ्यो र? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार हुँदैनथ्यो भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिनुहुन्‍नथ्यो भने, त्यसले उहाँलाई मानिसजस्तै फोहोर साबित गर्नेथ्यो। उहाँले मानिसलाई न्याय र सजाय गर्न सक्‍नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र जुन कुरालाई उहाँ घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदै छैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्‍नुहुनेथिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुनेथिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्‍वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्‍वरको कामका लागि हो। आज मात्र तिमीहरूले परमेश्‍वर स्वर्गबाट तिमीहरूमाझ खडा हुन तल आउनुभएको छ, तिमीहरूको फोहोरीपन र विद्रोहीपन देखाउनुभएको छ भन्‍ने थाहा पायौ, र अहिले मात्र तिमीहरूले परमेश्‍वरलाई चिन्यौ। के यो सबैभन्दा ठूलो उत्थान होइन र? वास्तवमा, तिमीहरू चीनका मानिसहरूको त्यो समूह हौ जसलाई चुनिएको थियो। तिमीहरू चुनिएकाले र तिमीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द पाएकाले, र तिमीहरू त्यत्ति ठूलो अनुग्रहको आनन्द लिन योग्य नभएकाले, यसले यी सबै तिमीहरूको सर्वोच्‍च उत्थान हो भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वर तिमीहरूको सामु देखा पर्नुभएको छ, र तिमीहरूलाई उहाँको सम्पूर्ण पवित्र स्वभाव देखाउनुभएको छ, र उहाँले त्यो सबै नै तिमीहरूलाई दिनुभएको छ, र तिमीहरूले आनन्द लिन सक्‍ने सबै आशिष्‌हरू दिनुभएको छ। तिमीहरूले परमेश्‍वरको धर्मी स्वभावको स्वाद मात्र पाएका नभई परमेश्‍वरको मुक्ति, परमेश्‍वरको छुटकारा र परमेश्‍वरको असीमित, अनन्त प्रेमको स्वाद पनि पाएका छौ। सबैभन्दा फोहोरी तिमीहरूले त्यत्ति ठूलो अनुग्रह उपभोग गरेका छौ, के तिमीहरू आशिषित छैनौ र? के यो तिमीहरूलाई परमेश्‍वरले उचाल्नुभएको होइन र? तिमीहरूको हैसियत सबैभन्दा नीच छ; तँ अन्तर्निहित रूपमै त्यस्तो ठूलो आशिष्‌ पाउन अयोग्य छस्, तैपनि परमेश्‍वरले अपवादको रूपमा तँलाई उचाल्नुभयो। के तँलाई लाज लाग्दैन? यदि तँ आफ्नो कर्तव्य पूरा गर्न असमर्थ छस् भने, तँ अन्त्यमा आफैदेखि लज्‍जित हुनेछस्, र तैँले आफैलाई दण्ड दिनेछस्। आज, तँ अनुशासनमा परेको छैनस्, न त तैँले दण्ड नै पाएको छस्; तेरो देह सुरक्षित र स्वस्थ छ—तर अन्त्यमा, यी वचनहरूले तँलाई लज्‍जित पार्नेछन्। आजको दिनसम्म मैले कसैलाई खुल्लमखुल्ला सजाय दिएको छैनँ; मेरा वचनहरू कठोर होलान्, तर मैले मानिसहरूसित कसरी व्यवहार गर्छु? म तिनीहरूलाई सान्त्वना दिन्छु, तिनीहरूलाई प्रोत्साहित गर्छु, र तिनीहरूलाई स्मरण गराउँछु। तिमीहरूलाई मुक्ति दिनुबाहेक अरू कुनै पनि कारणले म यो गर्दिनँ। के तिमीहरू साँच्‍चै मेरो इच्छा बुझ्दैनौ? मैले जे भन्छु त्यो तिमीहरूले बुझ्नुपर्छ र त्यसबाट उत्प्रेरित हुनुपर्छ। अहिले मात्र बुझ्‍ने मानिसहरू धेरै छन्। के यो प्रतिभार हुनुको आशिष् होइन र? के प्रतिभार हुनु सबैभन्दा ठूलो आशिषको कुरा होइन र? अन्त्यमा, जब तिमीहरू सुसमाचार फैलाउन जान्छौ, तिमीहरू भन्‍नेछौ: “हामीहरू खास प्रतिभारहरू हौँ।” तिनीहरूले तँलाई सोध्‍नेछन्, “तिमीहरू खास प्रतिभारहरू हौ भन्‍नुको अर्थ के हो?” अनि तैँले भन्‍नेछस्: “हामी परमेश्‍वरको काम र उहाँको महान् शक्तिको प्रतिभार हौं। हाम्रो विद्रोहीपनद्वारा परमेश्‍वरको सम्पूर्ण धर्मी स्वभाव प्रकाशमा आउँछ; हामी आखिरी दिनहरूको परमेश्‍वरको काममा सेवा गर्ने वस्तुहरू हौं, हामी उहाँका कामका अतिरिक्त भागहरू हौँ र यसका साधनहरू पनि हौं।” त्यो सुन्दा, तिनीहरू छक्‍क पर्नेछन्। अनि तैँले भन्‍नेछस्: “हामी परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डको काम पूरा गर्नुभएको र उहाँले सारा मानवजातिलाई जित्‍नुभएको तथ्यका नमुना र उदाहरणहरू हौं। हामी पवित्र वा फोहोरी जे भए पनि, समग्रमा, हामी तिमीहरूभन्दा बढी आशिषित् छौं, किनकि हामीले परमेश्‍वरलाई देखेका छौं, र उहाँले हामीमाथि विजय हासिल गर्ने अवसरको माध्यमद्वारा परमेश्‍वरको महान् शक्तिलाई देखाइएको छ; हामी फोहोरी र भ्रष्ट भएकाले गर्दा मात्रै उहाँको धर्मी स्वभाव प्रकट भएको छ। के तिमीहरूले त्यसरी नै परमेश्‍वरको आखिरी दिनहरूको कामको साक्षी दिन सक्छौ? तिमीहरू योग्यका छैनौ! यो अरू केही नभएर परमेश्‍वरले हामीलाई उच्‍च पार्नुभएको तथ्य हो! हामी अहङ्कारी नभए पनि, हामीले गर्वसाथ परमेश्‍वरको प्रशंसा गर्न सक्छौं, किनकि त्यस्तो महान् प्रतिज्ञाको हकदार कोही पनि हुन सक्दैन र कसैले पनि त्यस्तो ठूलो आशिष्‌ उपभोग गर्न सक्दैन। हामी असाध्यै कृतज्ञ छौं किनभने हामी यति फोहोरी भएर पनि परमेश्‍वरको व्यवस्थापन अवधिमा प्रतिभारको रूपमा काम गर्न सक्छौं।” अनि जब तिनीहरूले सोध्छन्, “नमुना र उदाहरणहरू के-के हुन्?” तैँले भन्‍नेछस्, “हामी सबैभन्दा विद्रोही र फोहोरी मानवजाति हौं; हामी शैतानद्वारा गहन रूपले भ्रष्ट पारिएका छौं, देहमा हामी सबैभन्दा पछौटे र तुच्छ छौं। हामी शैतानद्वारा प्रयोग गरिएकाहरूको उत्कृष्ट उदाहरण हौं। आज, हामी परमेश्‍वरद्वारा जितिने मानवजातिमाझ पहिलो मानिसहरूको रूपमा चुनिएका छौं र हामीले परमेश्‍वरको धर्मी स्वभावलाई देखेका छौं र उहाँको प्रतिज्ञा पाएका छौं; हामी धेरै मानिसलाई जित्‍न प्रयोग भइरहेका छौं, त्यसैले हामी मानवजातिमा जितिएका मानिसहरूको नमूना र उदाहरण हौं।” यी वचनहरूभन्दा राम्रो साक्षी अरू छैन, र यो तेरो सर्वोत्तम अनुभव हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्