परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८९

29 जुलाई 2022

अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्‍न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। मानिसले जति धेरै यस प्रकारको सजाय र न्याय पाउँछ, त्यति नै धेरै उसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र निश्‍चय नै ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नर्कमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई जोडजोडले चिच्याउनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका वचनहरूको भजन

परमेश्‍वरको न्यायको कामको उद्देश्य

पद १

अहिलेको काम मानवलाई आफ्नो पुरानो

पुर्खा, शैतान त्याग्न लगाउनु हो।

वचनद्वारा न्यायले तिनको भ्रष्टता खुलासा गर्छन्,

ताकि तिनले जीवनको सार बुझ्नेछन्।

नियतिसँग सम्बन्धित यी न्यायले

मानव हृदय छेड्छन्,

त्यसमा चोट पुर्याउन हो,

ताकि उसले यी छोड्न सकोस्

र जीवन, परमेश्‍वरको बुद्धि,

शक्ति र शैतानद्वारा भ्रष्ट

तुल्याइएको मानवलाई जान्न सकोस्।

पूर्व कोरस १

जति न्याय र सजाय हुन्छ,

त्यति मानव हृदयमा चोट लाग्छ,

र त्यति उसको आत्मा जाग्न सक्छ।

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

पद २

मानव आत्मा धेरै अघि मर्यो,

ऊ स्वर्ग वा परमेश्‍वरलाई जान्दैन।

ऊ मृत्युको पातालमा छ वा पृथ्वीमा

नरकमा छ, उसको लास भ्रष्ट

तुल्याइएर मृत्युको पातालमा खसेको छ

वा उसले पृथ्वीलाई मर्मत बाहिर

ध्वस्त पारेको छ भनी कसरी जान्न सक्छ?

पूर्व कोरस २

उहाँले मुक्ति दिन सक्नुहुने

भ्रष्ट मानवलाई खोज्न आज

पृथ्वीमा आउनुभएको हो भनी

कसरी जान्न सक्छ?

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

पद ३

हरेक सम्भावित तरिकाले न्याय र

शोधन गरिसकेपछि पनि,

ऊ विरलै सचेत र प्रतिक्रिया रहित छ।

मानव कत्ति पतित छ!

र यो न्याय क्रूर असिना झैँ

वर्सिए पनि मानवको लागि निकै लाभदायी छ।

पूर्व कोरस ३

मानवलाई यसरी न्याय नगरिएको

भए, केही प्राप्त हुने थिएन;

उसलाई दुःखको पातालबाट बचाउन

असम्भव हुने थियो।

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

ब्रिज

यो काम नभएको भए

ऊ पातालबाट निस्कन सक्ने थिएन,

उसको हृदय धेरै अघि मृत र

आत्मा शैतानद्वारा कुल्चिएको छ।

निकै गहिराइमा डुबेका

तिमीहरूलाई मुक्ति दिने एउटै उपाय

न्याय गर्नु र कडा रूपमा बोलाउनु हो।

कोरस

सबभन्दा ठगिएका र

भ्रष्टका आत्मा जगाउनु यस

प्रकारको न्यायको लक्ष्य हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्