Nepali Christian Song | न्यायको काम मानिसको भ्रष्टता शुद्ध पार्नु हो | with lyrics

17 अप्रिल 2022

पद १

मानिसलाई छुटकारा दिनु अघि,

शैतानको धेरैजसो विष उस भित्र रोपिएको थियो।

हजारौं वर्षसम्म

भ्रष्ट पारिएपछि, उसको प्रकृतिले

परमेश्‍वरको विरोध गर्छ।

यसकारण छुटकारामा उसलाई,

ठूलो मूल्यमा फिर्ता किनिएको हुन्छ,

तर उसको प्रकृतिको विष हटेको हुँदैन।

भ्रष्टित मानव उहाँको सेवा-योग्य हुनु अघि

परिवर्तित हुनै पर्छ।

कोरस

न्याय र सजायको माध्यमबाट

मानिसले आफै भित्रको

फोहोर र भ्रष्टताको सारलाई

चिन्नेछ, अनि ऊ पूर्ण रूपमा

परिवर्तन र शुद्ध हुन सक्नेछ।

यसरी मात्र मानिस

परमेश्‍वरको सिंहासनको अघि आउन योग्य हुन सक्छ।

पद २

आजको, न्याय र सजाय, साथै शोधनको

कामको माध्यमबाट,

मानिसलाई परिवर्तन गराई,

सबै भ्रष्टता हटाउन सक्षम बनाई

शुद्ध पारिने छ।

कामको वर्तमान चरण

मुक्ति भन्दा पनि शुद्धीकरण हो।

विजयको काम पनि हो,

मुक्तिको कामको दोस्रो चरण,

जहाँ न्यायद्वारा उहाँले मानिसलाई पाउनुहुन्छ।

शोधन, न्याय, खुलासा गर्न वचनको प्रयोगले

उसको हृदयका सबै अशुद्धता, धारणा र आकांक्षालाई

पूर्ण रूपमा प्रकट गरिएका छन्।

कोरस

न्याय र सजायको माध्यमबाट

मानिसले आफै भित्रको

फोहोर र भ्रष्टताको सारलाई

चिन्नेछ, अनि ऊ पूर्ण रूपमा

परिवर्तन र शुद्ध हुन सक्नेछ।

यसरी मात्र मानिस

परमेश्‍वरको सिंहासनको अघि आउन योग्य हुन सक्छ।

पद ३

उसले छुटकारा र पापबाट

क्षमा पाएको, उहाँले बेवास्ता गरेकोले मात्र

हो मान्न सकिन्छ,

तापनि, शरीररुपी मानिस पापमा फसेकोले,

उसले पाप गर्न रोक्न सक्दैन।

यसरी अटुट रूपमा

मानिसले आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गरिरहन्छ।

अधिकांश मानवजातिले दिनमा पाप गर्छन्,

अनि राति मात्र स्वीकार गर्छन्।

ब्रिज

यद्यपि पापबलिले

मानिसका लागि सधैं काम गरेपनि,

उसलाई पापबाट मुक्ति दिन सक्तैन।

मुक्ति आधा मात्र सम्पन्न भएको छ,

किनकि मानिस अझै पनि भ्रष्ट छ।

कोरस

न्याय र सजायको माध्यमबाट

मानिसले आफै भित्रको

फोहोर र भ्रष्टताको सारलाई

चिन्नेछ, अनि ऊ पूर्ण रूपमा

परिवर्तन र शुद्ध हुन सक्नेछ।

यसरी मात्र मानिस

परमेश्‍वरको सिंहासनको अघि आउन योग्य हुन सक्छ।

अन्त्य

मानिसलाई आफ्नो पाप महसुस गर्न गाह्रो हुन्छ,

आफ्‍नो प्रकृतिको गहिरो जरा देख्दैन।

यो नतिजा प्राप्त गर्न,

ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ।

केवल यस तरिकाले मात्र मानिसलाई,

यहाँभन्दा अगाडि परिवर्तन गर्न सकिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्