Christian Dance | परमेश्‍वरको मुक्तिमा हाम्रो आनन्द | Praise Song

9 फेब्रुअरी 2025

हामी गाउँछौँ र हामी नाच्छौँ, हामी जोसिलो हृदयका आनन्दित मानिसहरू।

परमेश्‍वरको मुक्ति पाएर, हामी हाम्रो हृदय अर्पण गर्छौँ।

हामी चर्को स्वरमा परमेश्‍वरको प्रशंसा गर्छौँ र उहाँको लागि खुसीसाथ नाच्छौँ।

हामी आफैलाई प्रोत्साहित गर्छौँ अनि सत्यता पछ्याउँछौँ।

हामी उपरान्त नकारात्मक छैनौँ, र हाम्रो आत्माले रिहाइ पाउँछ।

हामी आफ्नो हृदय खोल्छौँ, लय पछ्याउँछौँ,

र हातमा हात जोडेर, हृदयमा हृदय मिलाउँछौँ।

हामी आफ्नो हृदय खोल्छौँ, लय पछ्याउँछौँ,

परमेश्‍वरले हाम्रो खुसी अनुभूत गर्नुहोस् भन्ने हामी चाहन्छौँ।

हामी परमेश्‍वरलाई थप पीडा पार्न वा उहाँको हृदयलाई थप तोड्न चाहँदैनौँ।

हामी आफ्ना हृदय खोल्छौँ, हात फैलाएर नाच्छौँ।

हाम्रा हृदय कसले उत्प्रेरित गर्छ? कसको निम्ति आँसु झार्छौँ?

परमेश्‍वरको न्यायले हामीलाई पखाल्छ र हामी आँसु झर्ने गरी उत्प्रेरित हुन्छौँ।

हामी आशालाई खुला हातले स्वागत गर्छौँ।

हामी सत्यता अभ्यास गर्छौँ, परमेश्‍वरलाई प्रेम गर्न खोज्छौँ, र परमेश्‍वरको निम्ति जिउँछौँ।

दु:ख विस्तारै हट्दै जान्छ।

परमेश्‍वर कृपालु हुनुहुन्छ, उहाँ प्रेमका बिउहरू छर्नुहुन्छ।

हामी, जो धुलो हौँ, असल फल बन्छौँ।

परमेश्‍वर कृपालु हुनुहुन्छ, उहाँ प्रेमका बिउहरू छर्नुहुन्छ।

भ्रष्ट मानवजातिले यति धेरै निगाह पाउँछ र उसले यति महान् मुक्तिको आनन्द लिन्छ।

हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईं हामीलाई यसरी प्रेम गर्नुहुन्छ!

यो जुनीमा, हामी तपाईँकै निम्ति मात्र जिउँछौँ।

परीक्षामा कष्ट भोगे नि, तपाईँको प्रेम हामीसँगै हुन्छ।

हामी अन्त्यसम्मै तपाईंलाई पछ्याउनेछौँ।

म सत्यता अभ्यास गर्छु, र म बफादार र समर्पित छु।

म तपाईँलाई उपरान्त मबारे चिन्तित तुल्याउन चाहँदिनँ।

यो जुनीमा, हामी तपाईँकै निम्ति मात्र जिउँछौँ।

हामी अन्तिम सास रहुन्जेल आफूलाई तपाईंप्रति समर्पित गर्नेछौँ।

यो जुनीमा, हामी तपाईँकै निम्ति मात्र जिउँछौँ।

हामी अद्भुत गीतहरू गाउँछौँ, र यति हर्षपूर्ण नृत्यहरू नाच्छौँ,

केवल तपाईँको निम्ति, केवल तपाईँको निम्ति।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्