Christian Dance | परमेश्‍वरसामु उठाइएकामा हामी साँच्चै आशिषित छौँ | Praise Song

26 नोभेम्बर 2024

सात गर्जनहरू अघि आउँछन् र स्वर्गलाई हल्लाउँछन्,

र एउटै साँचो परमेश्‍वर देखा पर्नुभएको छ।

यो पवित्र आत्मा स्वयम्को वाणी हो,

र उहाँको वचनले अख्तियार र शक्ति बोक्छ।

हामी निश्चित छौँ कि परमेश्‍वर देहमा देखा पर्नुभएको छ,

र फर्केका मुक्तिदाता आइपुग्नुभएको छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ,

थुमालाई पछ्याउँछौ, र भोजमा सहभागी हुन्छौँ।

हामी हरदिन परमेश्‍वरको वचन खान्छौँ र पिउँछौँ,

र हामीले सत्यता बुझ्दै गर्दा, हाम्रो हृदय अझ उज्यालो हुन्छ।

हामी परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न सबथोक त्याग्छौँ,

र हामी अबउप्रान्त सांसारिक जगत् र परिवारहरूद्वारा बाँधिएका छैनौँ।

परमेश्‍वरका चुनिएका मानिसहरू राज्यको युगमा प्रवेश गर्छन्,

र परमेश्‍वरको न्याय स्विकार्दै गर्दा तिनीहरू पखालिन्छन्।

परमेश्‍वरद्वारा मुक्ति दिइएका अनि शैतानबाट स्वतन्त्र गरिएका,

हामी परमेश्‍वरसामु जिउन पाउँदा साँच्चै आशिषित छौँ।

हामी आफ्ना कर्तव्य बफादारीसाथ पूरा गर्छौँ र परमेश्‍वरलाई पछ्याउँछौँ;

हामी पवित्र आत्माको काम प्राप्त गर्न पाउँदा साँच्चै खुसी छौँ।

हाम्रो निष्कपट हृदय परमेश्‍वरलाई पूर्णतः अर्पित गरिन्छ;

हामी आफ्ना परीक्षामार्फत परमेश्‍वरको गवाही दिन्छौँ।

राज्यको भविष्य असीम रूपमा उज्यालो छ,

र परमेश्‍वरलाई प्रेम गर्नेहरू ज्योतिमा जिउँछन्।

परमेश्‍वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ,

र ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्