Christian Dance | परमेश्वरसामु उठाइएकामा हामी साँच्चै आशिषित छौँ | Praise Song
19 फेब्रुअरी 2025
१
सात गर्जनहरू अघि आउँछन् र स्वर्गलाई हल्लाउँछन्,
र एउटै साँचो परमेश्वर देखा पर्नुभएको छ।
यो पवित्र आत्मा स्वयम्को वाणी हो,
र उहाँको वचनले अख्तियार र शक्ति बोक्छ।
हामी निश्चित छौँ कि परमेश्वर देहमा देखा पर्नुभएको छ,
र फर्केका मुक्तिदाता आइपुग्नुभएको छ।
हामी परमेश्वरको आवाज सुन्छौँ, उहाँसामु उठाइएका छौँ, र भोजमा सहभागी हुन्छौँ।
हामी हरदिन परमेश्वरको वचन खान्छौँ र पिउँछौँ,
र हामीले सत्यता बुझ्दै गर्दा, हाम्रो हृदय उज्यालो हुन्छ।
हामी परमेश्वरप्रति आफूलाई समर्पित गर्न सबथोक छोड्छौँ,
र हामी अबउप्रान्त सांसारिक जगत् र परिवारहरूद्वारा बाँधिएका छैनौँ।
२
परमेश्वरका चुनिएका मानिसहरू राज्यको युगमा प्रवेश गर्छन्,
र परमेश्वरको न्याय स्विकार्दै गर्दा तिनीहरू पखालिन्छन्।
परमेश्वरद्वारा मुक्ति दिइएका अनि शैतानबाट स्वतन्त्र गरिएका,
हामी परमेश्वरसामु जिउन पाउँदा साँच्चै आशिषित छौँ।
हामी आफ्ना कर्तव्य बफादारीसाथ पूरा गर्छौँ र परमेश्वरलाई पछ्याउँछौँ;
हामी पवित्र आत्माको काम प्राप्त गर्न पाउँदा साँच्चै खुसी छौँ।
हाम्रो निष्कपट हृदय परमेश्वरलाई पूर्णतः अर्पित गरिन्छ;
हामी आफ्ना परीक्षामार्फत परमेश्वरको गवाही दिन्छौँ।
राज्यको भविष्य असीम रूपमा उज्यालो छ,
र परमेश्वरलाई प्रेम गर्नेहरू ज्योतिमा जिउँछन्।
परमेश्वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ,
र ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू