Nepali Sermon Series: Seeking True Faith | के धर्मगुरुहरूलाई पछ्याउनु परमेश्‍वरलाई पछ्याउनु हो?

8 मे 2022

२,००० वर्ष पहिले, हाम्रा मुक्तिदाता प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो। धेरैजसो यहूदीहरूले आफ्‍नो धर्मका धर्मगुरु र फरिसीहरूलाई प्रिय ठान्‍ने भएकाले, प्रभु येशूलाई दोष दिने र इन्कार गर्ने क्रममा तिनीहरू पनि ख्रीष्ट-विरोधीहरूसँगै लागे, र अन्तिममा उहाँलाई क्रूसमा टाँग्‍न हात उठाए। यसले परमेश्‍वरको दण्डाज्ञा र दण्ड ल्यायो, र यसले इस्राएलको राज्यलाई २,००० वर्षसम्‍म बरबाद गर्यो। आखिरी दिनहरूमा प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ, मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सत्यता व्यक्त गर्दैहुनुहुन्छ। उहाँले धार्मिक संसारले पागलले झैँ गरेको दोषारोपण र विरोध पनि सहनुहुन्छ। धार्मिक संसारका धेरै जना मानिसहरूले आज अन्धाधुन्ध आफ्‍ना पादरीवर्गको उपासना गर्ने हुनाले, तिनीहरूका धर्मगुरुहरूलाई परमेश्‍वरले ती स्थानमा राख्‍नुभएको हो, र तिनीहरूको आज्ञापालन गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। परिणाम स्वरूप, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, ती शक्तिशाली, अख्तियारपूर्ण छन्, र ती परमेश्‍वरबाट आएका हुन् भन्‍ने स्पष्‍ट रूपमा देखेका भए पनि यसलाई अनुसन्धान गर्न र स्वीकार गर्न डराउँछन्। बरु, तिनीहरू पनि फर्कनुभएका प्रभु येशूलाई इन्कार गर्ने र दोष दिने कार्यमा ती ख्रीष्ट-विरोधीहरूसँगै लाग्छन्, जसले गर्दा तिनीहरूले प्रभुलाई स्वागत गर्ने मौका गुमाइरहेका छन् र तिनीहरू विपत्तिहरूमा परिरहेका छन्। यो साँच्‍चै नै लाजको कुरा हो! त्यसो भए, के धर्मगुरुहरूलाई साँच्‍चै नै परमेश्‍वरले नै त्यो ठाउँमा राख्‍नुभएको हो त? के तिनीहरूमा समर्पित हुनु परमेश्‍वरलाई पछ्याउनु जस्तै हो? साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई सत्यताको खोजी गर्न र उत्तर पत्ता लगाउन अगुवाइ गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्