Christian Song | देहधारी परमेश्‍वर मानवीय र ईश्‍वरीय दुवै हुनुहुन्छ

24 जुन 2021

त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटनाहो;

परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ।

त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह,

सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो।

वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ,

परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो।

मानवताविना कुनै देह हुन सक्दैन,

र मानवता विनाको व्यक्ति मानव होइन।

यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो।

“जब परमेश्‍वर देह बन्‍नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ,

र कुनै पनि हालतमा मानव हुनुहुन्‍न” भनी भन्‍नु भनेको ईश्‍वरनिन्दा हो,

किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन, र यसले देहधारणको सिद्धान्तलाई उल्‍लङ्घन गर्छ।

परमेश्‍वर देह बन्‍नुहुने भएकोले,

उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो।

यस संयोजनलाई परमेश्‍वर स्वयम्,

पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो।

उहाँको मानवताभित्र लुकेको हुन्छ;

वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ।

तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्‍न सकिन्छ,

परमेश्‍वर सारसहित देहमा जिउने मानिस बन्‍नुहुन्छ

त्यसैले सामान्य सारा मानिसहरूभन्दा माथि हुनुहुन्छ।

अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये,

मानवता सहितका सबैमध्ये,

उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—

अरू सबै सृष्टि गरिएका मानव हुन्।

परमेश्‍वर देह बन्‍नुहुने भएकोले,

उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो।

यस संयोजनलाई परमेश्‍वर स्वयम्,

पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन,

जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ:

उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्