Christian Dance | म बस परमेश्वरलाई पछ्याउनेछु | Praise Song
5 मे 2025
१
म उबडखाबड मार्गमा ख्रीष्टलाई पछ्याउँछु।
कष्ट र शोधन अनुभव गरेर, म परमेश्वरको प्रेम चाख्छु।
सत्यता प्राप्त गर्दा, मेरो स्वभाव परिवर्तन हुन्छ,
र न्याय गरिएर, मलाई मुक्ति दिइएको छ।
परमेश्वरका वचन मेरो भ्रष्टता खुलासा गर्ने धारिलो तरबार हुन्,
तिनले मलाई न्याय र शुद्धिकरण गर्छन्, मेरो जीवन परिवर्तन गर्छन्।
परमेश्वरको प्रेमिलो स्वभाव देखेको भएर, म उहाँलाई प्रेम गर्न लागिपर्छु,
र मेरा बाँकी रहेका दिनहरू परमेश्वरलाई पछ्याउन जीवनको शपथ लिन्छु।
भोलि म चाहे बाँचे पनि वा मरे पनि, आकाश खसिआए वा पृथ्वी चर्किगए पनि,
म बस परमेश्वरलाई पछ्याउने छु र आफ्नो कर्तव्य पूरा गर्नेछु,
परमेश्वरको गवाही दिन सत्यता अभ्यास गर्नेछु।
म हिँड्दै गर्दा, मेरो जीवनको मार्ग झन्-झन् उज्यालो हुँदै जान्छ।
२
म उबडखाबड मार्गमा ख्रीष्टलाई पछ्याउँछु।
म ख्रीष्ट व्यावहारिक परमेश्वर हुनुहुन्छ भनेर चिन्न पुगेको छु।
परीक्षा र सङ्कष्टहरू अनुभव गरेर, परमेश्वरले मलाई मार्गदर्शन गर्नुहुन्छ,
र उहाँको वचनमा, म सामर्थ्य पाउँछु।
परमेश्वरका वचन वास्तविक ज्योति हुन्, जसले अगाडिको मार्ग उज्यालो पार्छन्।
म आस्थाले भरिएको छु, र परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्प पक्का छ।
परमेश्वर मेरो आड हुनुहुन्छ, र मेरो जीवन र मृत्यु उहाँकै हातमा छन्,
म कसरी दियाबलसहरू र शैतानसामु झुक्न सक्छु?
भोलि म चाहे बाँचे पनि वा मरे पनि, आकाश खसिआए वा पृथ्वी चर्किगए पनि,
म बस परमेश्वरलाई पछ्याउने छु र आफ्नो कर्तव्य पूरा गर्नेछु,
परमेश्वरको गवाही दिन सत्यता अभ्यास गर्नेछु।
म हिँड्दै गर्दा, मेरो जीवनको मार्ग झन्-झन् उज्यालो हुँदै जान्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू